सवारी साधन सुविधा प्रयोग गर्ने पदाधिकारी र कर्मचारीहरुलाई इन्धन वापत नगद प्रदान गर्ने मापदण्ड २०८३
Summary
मितव्ययितता, प्रभावकारीता कायम गर्न इन्धन सुविधा सम्बन्धी मापदण्ड बनाउनुपर्ने वान्छनीय देखिएकोले उमाकुण्ड गाउँपालिकाको प्रशासकीय कार्यविधी ऐन (नियमित गर्ने), २०७४ को दफा ४ बमोजिम गाउँ कार्यपालिकाले यो मापदण्ड जारी गरि सबैको जानकारीको लागि प्रकाशन गरेको छ। सवारी साधन सुविधा प्रयोग गर्ने पदाधिकारी र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 20c993ca-514f-4b67-99e5-65ed107f2db9.pdfPDF · 4 pages · 319 KBOpen
Key details
- Organization
- Umakunda Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उमाकुण्ड गाउँपालिका स्थानीय राजपत्र (उमाकुण्ड गाउँपालिकाद्वारा प्रकाशित) खण्डः १० संख्याः १० मिति २०८३/०५/२५ भाग-२ सवारी साधन सुविधा प्रयोग गर्ने पदाधिकारी र कर्मचारीहरुलाई इन्धन वापत नगद प्रदान गर्ने मापदण्ड २०८३ उमाकुण्ड गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउदै प्रशासनिक खर्चमा मितव्ययितता, प्रभावकारीता कायम गर्न इन्धन सुविधा सम्बन्धी मापदण्ड बनाउनुपर्ने वान्छनीय देखिएकोले उमाकुण्ड गाउँपालिकाको प्रशासकीय कार्यविधी ऐन (नियमित गर्ने), २०७४ को दफा ४ बमोजिम गाउँ कार्यपालिकाले यो मापदण्ड जारी गरि सबैको जानकारीको लागि प्रकाशन गरेको छ। सवारी साधन सुविधा प्रयोग गर्ने पदाधिकारी र कर्मचारीहरुलाई इन्धन वापत नगद प्रदान गर्ने मापदण्ड, २०८३ गाउँ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३। ५। २५ प्रस्तावना : उमाकुण्ड गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउदै प्रशासनिक खर्चमा मितव्ययितता, प्रभावकारीता कायम गर्न इन्धन सुविधा सम्बन्धी मापदण्ड बनाउनुपर्ने वान्छनीय देखिएकोले उमाकुण्ड गाउँपालिकाको प्रशासकीय कार्यविधी (नियमित गर्ने) ऐन, २०७४ को दफा ४ बमोजिम कार्यपालिकाले यो मापदण्ड बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस मापदण्डको नाम "सवारी साधन सुविधा प्रयोग गर्ने पदाधिकारी र कर्मचारीहरुलाई इन्धन वापत नगद प्रदान गर्ने मापदण्ड, २०८३" रहेको छ | २. यो मापदण्ड उमाकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ। २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा : (१) “इन्धन” भन्नाले डिजेल, पेट्रोल र मोबिल सम्झनुपर्दछ । (२) “पदाधिकारी” भन्नाले यस पालिकाको वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य समेतलाई सम्झनुपर्दछ । (३) “कर्मचारी” भन्नाले उमाकुण्ड गाउँपालिका र अन्तर्गतका वडा कार्यालयमा कार्यरत स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु सम्झनु पर्दछ । (४) “प्राविधिक” कर्मचारी भन्नाले सेवा इन्जिनियरिङ, समूह सिभिल र सर्भेका अधिकृतस्तर, सहायक स्तर तथा नियमित रुपमा फिल्डमा खटिई कामकाज गर्ने प्राविधिक कर्मचारीहरुलाई सम्झनुपर्दछ । ३. इन्धन सुविधा : (१) यस गाउँपालिकाको पदाधिकारीलाई बागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा BH बमोजिम इन्धन सुविधा प्रदान गरिनेछ | क) वडा अध्यक्ष - २० लिटर पेट्रोल/डिजल र मोबिल १ लिटर (त्रैमासिक) ग) कार्यपालिका सदस्य — रु. २,५००। - (दुई हजार पाँच सय) मासिक घ) वडा सदस्य - रु. २,०००। - (दुई हजार) मासिक (सवारी साधन भए/नभएमा) (२) यस गाउँपालिकामा कार्यरत अधिकृतस्तर आठौँ/सातौं/छैटौं तहका कर्मचारीलाई मासिक १२ लिटर, सहायक स्तरका कर्मचारी र श्रेणी विहिन कर्मचारीलाई मासिक ९ लिटर लिटर इन्धन सुविधा उपलब्ध गराइने छ । ४. इन्धन वापत रकम उपलब्ध गराउने : (१) दफा ३ (१) र (२) बमोजिमको इन्धन वापत सम्बन्धित पदाधिकारी र कर्मचारीलाई कार्यालयको इन्धनको मूल्य बराबरको रकम मासिक रुपमा उपलब्ध गराइने छ । (२) उपदफा (१) बमोजिम रकम उपलब्ध गराउँदा नेपाल आयल निगमबाट इन्धनको मूल्य फेरबदल भैरहने हुँदा पदाधिकारी तथा कर्मचारीको तह/श्रेणी अनुसार मापदण्ड जारी गर्दाको समयमा चलिरहेको मूल्यलाई आधार मानी देहाय बमोजिमको इन्धन वापतको सुविधा निर्धारण गरिएको छ | वडाअध्यक्षलाई मासिक रु.४,०००। -, अधिकृतस्तर