बैठकको निर्णयहरु
Files
- b7ffca4d-1c6b-485d-b507-691e9d646d9c.pdfPDF · 3 pages · 1.4 MBOpen
Key details
- Organization
- Department of Transport Management
- Industry
- Department/Divisions
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सूचना नेपाल 0 a ee ae वर्षको बडादशैं तिहार र छठ पर्वमा काठमाण्डौ उपत्यकाबाट बाहिर जाने र बाहिरका जन्साहिटबाट काठमाण्डौ उपत्यकामा प्रवेश गर्ने यात्रुहरुको यात्रालाई सहज र सुरक्षित बनाउनको लागि पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, ल्होत्से बहुउद्देशीय प्रा. लि., ।॥०॥८सिप्रदी, ५८०0 समेतका सरोकारवालहरुसंग मिति २०८३ असोज ०५ गते र् २०८३ असोज Yo गते बसेको बैठकबाट देहाय बमोजिमका निर्णयहरु भएकोले निर्णय कार्यान्वयनमा सहयोग गर्न एवं जानकारीका लागि सबै सरोकारवालाहरुसँग यातायात व्यवस्था विभाग अनुरोध एवं अपेक्षा गर्दछ। र्म मितिः-२०८३।०६।२३ मितिः- २०८३।०६।०५ गते सोमबार बैठकको निर्णयहरु:- १. चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनको लागि सार्वजनिक यातायात सेवा प्रदायकहरुले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ्गको व्यवस्थालाई निरन्तरता दिने। २. यातायात व्यवसायीहरूले टिकट बिक्रीमा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने । यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने | ३. उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रा. लि., उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने/गराउने | ४. यातायात व्यवसायी, कम्पनी तथा संस्थाहरुले टिकट जारी गर्नेलगायतका कर्मचारीहरुका लागि अनिवार्य परिचय पत्र उपलब्ध/ व्यवस्था ५. अनधिकृत काउन्टर, परिचय पत्र, पोशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतः नियन्त्रण गर्ने/गराउने | ६, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिएर मात्र यात्रा गर्ने, मादक पदार्थ सेवन गरी यात्रा नगर्ने, आधिकारिक काउन्टर तथा परिचय पत्रबाहक कर्मचारी वा व्यक्तिबाट मात्र टिकट लिने। ७. सवारी चालकले वा कर्मचारीले नेपाल सरकारबाट तोकिएको मापदण्ड पुगेको स्थानमा यात्रुलाई खाना/खाजा खुवाउने सो स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्ने/गराउने । ८. यात्रुहरुको आवागमन हुने मुख्य सडक तथा राजमार्गहरुको निरन्तर निरीक्षण गरी आवश्यक मर्मत/संभार गर्न, पहिरो नियन्त्रण तथा सडक जाम नहुने व्यवस्था मिलाउन तथा सो को जानकारी आम उपभोक्ताले पाउने गरी निरन्तर सूचनाहरु प्रवाह गरी यातायात सञ्चालनलाई सहज बनाउन यातायात व्यवस्था विभागमार्फत् सडक विभागलाई अनुरोध गर्ने। ९, सो अवधिमा आवश्यक पर्ने सवारी साधनहरुको व्यवस्था यातायात व्यवसायीले गर्ने/गराउने | १०. यात्रुवाहक सवारी रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारी साधनहरुको आवतजावत सम्बन्धमा सरोकारवाला पक्षहरुसँग थप छलफल तथा परामर्श गरी यातायात व्यवस्था विभागले मिति र समयावधि तोकी सूचना जारी गर्ने | ११. उपत्यकामा भित्रिने र वाहिरिने प्रमुख स्थान लगायत देशभर मा.प.से र ला.प.से गर्ने सवारी चालकको स्वास्थ्य अवस्थाको बारेमा चेक जाँच गर्ने/गराउने। सवारी चालकले मा.प.से र ला.प.से गरेको पाईएमा निजको सट्टा व्यवसायीले अर्को चालकको व्यवस्था गर्ने । १२. १३. १४, १५. १६. १७. १८. 1९, २०. Rs लामो दूरीका यात्रीवाहक सवारी साधनहरु गन्तव्यतर्फ प्रस्थान गर्नु अघि अनिवार्यरुपमा सवारीको यान्त्रिक अवस्था लगायतको चेकजाँच गर्ने। लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुई जना चालक अनिवार्य रुपमा राखी आलो पालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले मिलाउने र सो को अनुगमन सम्बन्धित निकायले गर्ने | १८ वर्ष उमेर पुरा नभएका नाबालकलाई परिचालक तथा अन्य काममा नलगाउने । चाडपर्वको समय नजिकिदै गरेको अवस्थामा यात्रुवाहक सवारी यातायातको चाप अत्याधिक बढ्न गई सडक दुर्घटनासमेत बढ्न सक्ने जोखिमलाई मध्यनजर गरी प्रभावकारी अनुगमन एवं निगरानीको व्यवस्था मिलाउने | दशैं, तिहार र छठ पर्वमा काठमाण्डौं उपत्यकाबाट बाहिर जाने र उपत्यका भित्रिने यात्रुहरुलाई सहजिकरण गर्न उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भु, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चावहिल, तिलगंगा, कोटेश्वर, जगति, सात दोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगालगायत कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको बर्दिबास, बागमती प्रदेशको नारायाणघाट र लुम्बिनी प्रदेशको कोहलपुरमा सिप्रदी/ नाडाको सहयोग र उपत्यकाभित्रको हकमा काठमाडौं महानगरपालिका समेतको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्ने। प्रदेशस्तरमा स्थापना हुने सहयता कक्षहरुको अनुगमन तथा व्यवस्थापनको कार्यमा सहजिकरण सवारी परीक्षण कार्यालयहरुमार्फत् गर्ने गराउने | यातायात तथा सवारी आवागमनका सम्बन्धमा आवश्यक जनचेतनामूलक सन्देश तथा सामग्रीहरुको निर्माण तथा प्रसारणमा NAIMA को आवश्यक सहयोग प्राप्त गर्ने र सो अनुरुप आवश्यक क्रियाकलाप सञ्चालन र व्यवस्थापन गर्ने। चाडपर्व अवधिभर अनुगमन कार्यको लागि यातायात व्यवस्था विभागले सरोकारवाला निकाय सम्मिलित अनुगमन टोली गठन गर्ने। उक्त कार्यका लागि प्रदेशको यातायात मन्त्रालयको समेत सहयोग लिने। चाडपर्वको समयमा आवश्यक पर्ने इन्धनहरुको उपलब्धता तथा मूल्य वृद्धि भएको हकमा यथासक्य मूल्य स्थीर राख मन्त्रालयमार्फत् सम्बन्धित मन्त्रालय वा निकायमा अनुरोध गरी पत्राचार गर्ने गराउने | चाडपर्व लक्षित सवारी साधन व्यवस्थापन गर्ने सिलसिलामा सडकको अवस्था र प्राकृतिक प्रकोप जस्ता कारणले कावु बाहिरको परिस्थिति सिर्जना भई समयमा सवारी साधन पुग्न नसकेको अवस्थामा विकल्पको रुपमा सम्बन्धित यातायात कम्पनी (व्यवसायी) ले अर्को सवारी साधन उपल्बध गराउने र यस विषयलाई सहजिकरण गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, ल्होत्से बहुउद्देश्य प्रा. लि. सम्मिलित सहजिकरण समिति गठन गर्ने तथा उक्त समितिमा रहने पदाधिकारीको नाम र सम्पर्क नम्बर नेपाल प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरमा उपलब्ध गराउने । चाडपर्वको समयमा बाटो जाम तथा सडकमा अवरोध हुन नदिन, यात्रुहरुको लागि गुणस्तरिय खाना, खाजा उपलब्ध हुने स्थान, आवश्यक शौचालयहरुको उपलब्धता गर्न गराउन तथा उपरोक्त निर्णयहरु कार्यान्वयनमा आवश्यक सहयोग गर्न गराउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी/जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयमार्फत् पत्राचार गरी गराई अनुरोध गर्ने। 93. पाल ae <<. x Ope विकास “ee यात ब्यवरस्ष मीनभवन, क्र