Notice Park
Department of Transport Management
Guidelines

यातायात व्यवस्था विभाग सूचना २०८३/०५/३१

Summary

विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३ विभागबाट स्वीकृत मितिः:२०८३/०५/३१ प्रस्तावना: सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाहलाई थप सरल, छिटो, पारदर्शी, सुरक्षित तथा सेवाग्राहीमैत्री बनाई सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवाहरूलाई विद्युतीय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Transport Management
Industry
Department/Divisions
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३ विभागबाट स्वीकृत मितिः:२०८३/०५/३१ प्रस्तावना: सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाहलाई थप सरल, छिटो, पारदर्शी, सुरक्षित तथा सेवाग्राहीमैत्री बनाई सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवाहरूलाई विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्न वाञ्छनीय भएकोले सकारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६८ G, बमोजिम सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवाको विद्युत्तीय अभिलेख प्रणाली निर्माण गरी लागू गर्न सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी यातायात व्यवस्था विभागले यो निर्देशिका स्वीकृत गरी लागू गरेको छ । १. संक्षिप्त नाम र प्रारम्भ १.१ यस निर्देशिकाको नाम “विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३” रहेको छ। १.२ यो निर्देशिका विभागबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा, (क) “Application गा)” भन्नाले प्रणालीबाट प्रत्येक आवेदनका लागि प्रदान गरिने विशिष्ट आवेदन पहिचान नम्बर सम्झनु पर्दछ । (ख) "प्रणाली" भन्नाले सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा विद्यतीय माध्यमबाट सञ्चालन गर्न प्रयोगमा ल्याइएको Electronic Driving License and Vehicle Registration System (EDLVRS) सम्झनु पर्दछ। (ग) “Office Approval” भन्नाले सेवाग्राहीबाट विद्युतीय रूपमा पेश भएको आवेदन सम्बन्धित कार्यालयको अधिकार प्राप्त कर्मचारीबाट परीक्षण गरी स्वीकृत गरिएको अवस्था सम्झनु पर्दछ। (घ) “Retrial” भन्नाले प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका आवेदकले प्रचलित व्यवस्थाबमोजिम पुनः दिईने प्रयोगात्मक परीक्षा सम्झनु पर्दछ। (छ “Smart Card” भन्नाले प्रणालीमा रहेको अनुमतिपत्र विवरणका आधारमा छपाइ हुने सवारी चालक अनुमतिपत्र वा सम्झनु पर्दछ। (छ) @ (3) @) (ण) (त ड चु 000 ede “ऐन” भन्नाले सवारी तथा aa een ऐन, २०४९ सम्झनु पर्दछ। “कार्यालय” भन्नाले प्रदेश सरकार अन्तर्गत सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रदान गर्ने यातायात व्यवस्था कार्यालय वा यातायात व्यवस्था सेवा कार्यालय सम्झनु पर्दछ। ५चिकित्सक" भन्नाले प्रचलित कानूनबमोजिम सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्न अधिकार प्राप्त निकायबाट मान्यता प्राप्त गरेका चिकित्सक सम्झनु पर्दछ | "नियमावली" भन्नाले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ सम्झनु पर्दछ। “प्रदेश मन्त्रालय" भन्नाले सम्बन्धित प्रदेश सरकारको यातायात क्षेत्र हेर्ने मन्त्रालय सम्झनु पर्दछ। «प्रादेशिक पोर्टल" भन्नाले सम्बन्धित प्रदेशका सेवाग्राहीले प्रणालीबाट सेवा प्राप्त गर्न प्रयोग गर्ने प्रदेशगत वेव पोर्टल सम्झनु पर्दछ | “मन्त्रालय” भन्नाले नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय सम्झनु पर्दछ। “विद्युतीय माध्यमबाट भुक्तानी" भन्नाले Revenue Management Information System (RMIS) को Re बे प्रयोग गरी डिजिटल वालेट बा बैंक तथा वित्तीयसंस्थाबाट गरिने भुक्तानी सम्झनु पर्दछ। “Rane भन्नाले यातायात व्यवस्था विभाग सम्झनु पर्दछ। «सेवाग्राही वा सेवा" भन्नाले नयाँ सवारी चालक अनुमतिपत्र, वर्ग थप, नवीकरण, प्रतिलिपि, पुनःप्रयोगात्मक परीक्षा, विवरण अद्यावधिक वा अनुमतिपत्र सम्बन्धी आवश्यक सेवा लिन आवेदन गर्ने व्यक्ति वा सो सम्बन्धी सेवा सम्झनु पर्दछ | «स्वास्थ्य परीक्षण" भन्नाले ऐनको दफा ४८ को उपदफा (२) बमोजिम नयाँ सवारी चालक अनुमतिपत्र वा नवीकरण सम्बन्धी सेवा लिनका लागि नेपाल सरकारबाट मान्यता प्राप्त चिकित्सकबाट गरिने स्वास्थ्य परीक्षणलाई सम्झनु पर्दछ । ३. प्रदेशगतरुपमा EDLVRS प्रणालीमा प्रवेश तथा उपलब्ध सेवा ३.१ ३.२ ३.३ ३.४ सेवाग्राहीले आफूले सेवा लिन चाहेको विभाग वा प्रदेशको अनुसूची-१ बमोजिमको पोर्टलमा प्रवेश गर्नु पर्नेछ । दफा ३.१ बमोजिमको पोर्टलमा प्रवेश गरेपछि सेवाग्राहीले आवश्यकताअनुसार सेवा छनोट गर्न सक्नेछन्‌। प्रणाली प्रयोग गर्दा सेवाग्राहीले आफ्नो नाममा दर्ता भई हाल सक्रिय रहेको मोबाइल नम्बर प्रयोग गर्नुपर्नेछ। बायोमेट्रिक लगायात व्यक्तिगत प्रमाणीकरण आवश्यक पर्ने सेवामा नागरिक एपबाट QR Code Sean गरी वा राष्ट्रिय परिचयपत्रको आधारमा प्रमाणीकरण गर्न सकिनेछ । € Ta, ey 046 नैपाल Lehre Cre .

Like

0

Views

0

Comments

0

Share

0

Save

Report