सार्वजनिक सूचना
Summary
नयाँ तथा पुराना सवारी साधनहरूको खरिदमा खरिदकर्ताहरू यातायात व्यवस्था कार्यालय अनिवार्य रूपमा जान नपर्ने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा केही प्रावधानहरू माननीय मन्त्रीस्तरको मिति २०८३/०६/२६ को निर्णय अनुसार संशोधन गरिएकोले सोही अनुरुप गर्नु/ गराउनु हुन सम्बन्धित सबैलाई सूचित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4001edf3-87a9-41de-8dc5-d40dcacf28ab.pdfPDF · 1 page · 508 KBOpen
Key details
- Organization
- Department of Transport Management
- Industry
- Department/Divisions
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार फोन ४४७४९२१ ee) पूर्वाधार विकास मन्त्रालय WNT OE महानिर्देशक Se”) यातायात व्यवस्था विभाग नक Emall: [email protected] मीनभवन, काठमाण्डौ। Website : www.dotm.gov.np Eh, (YY. TOY a G aye free wot की व्यवस्था र भवन, क। मितिः:- २०८३।०६।२६ सार्वजनिक सूचना नयाँ तथा पुराना सवारी साधनहरूको खरिदमा खरिदकर्ताहरू यातायात व्यवस्था कार्यालय अनिवार्य रूपमा जान नपर्ने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा केही प्रावधानहरू माननीय मन्त्रीस्तरको मिति २०८३/०६/२६ को निर्णय अनुसार संशोधन गरिएकोले सोही अनुरुप गर्नु/ गराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ। १) निजी तथा सार्वजनिक सवारी साधनहरु दर्ताका बखत प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेकजाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेकजाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। २) निजी तथा सार्वजनिक सवारी साधनहरु बिक्री गर्ने डिलरहरूले सवारी साधन खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी साधन खरिदकर्तासँग वारेसनामा, वारेसनामा दिइएको व्यक्तिको नेपाल सरकारबाट जारी भएको सक्कल परिचय पत्र, खरिदकर्ताको फोटो र सक्कल परिचय पत्रसँगै वारेसनामा प्राप्त व्यक्ति यातायात व्यवस्था कार्यालय उपस्थित भएमा पनि दर्ता तथा नामसारीको कार्य सम्पन्न गर्नु/ गराउनुपर्नेछ। ३) सवारी साधनहरुको बीमा गर्न वा वीमा नवीकरण गर्न यातायात व्यवस्था कार्यालयमा सबारी धनी उपस्थित नभए पनि हुने व्यवस्था छ । ४) निजी तथा सार्वजनिक सवारी साधनहरुको नामसारी गर्दा विभागद्वारा vas प्रणालीमा प्राविधिक व्यवस्था गरिएको सूचना जारी भएपछि सवारी विक्रेता, वितरक वा कम्पनीले ४१५ प्रणालीसँग आबद्ध गर्न मिल्ने व्यवस्था गरी यातायात व्यवस्था कार्यालयसँग माग गर्नुपर्ने र यातायात व्यवस्था कार्यालयले एकद्वार पहुँच हुने गरी बायोमेट्रिक लिन मिल्ने तवरले सम्बन्धित सवारी विक्रेता, वितरक वा कम्पनीलाई प्राविधिक पहुँच उपलब्ध गराउनुपर्ने छ। मणि राम भुसाल निर्देशक (प्रा.)