Notice Park
Ministry of Internal Affairs and Law, Bagamati Province
Gen Info

भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउने सम्बन्धमा

Deadline 31 Oct 2026The deadline has passed.

Summary

नेपाल मौसम विज्ञान विभागले मिति २०८३ कार्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्णब' को प्रभावले कात्तिक १२ गते बिहीबारदेखि नेपालको मौसममा परिवर्तन हुने सम्भावना रहेको छ। विशेषगरी कार्तिक १३ गते शुक्रबार र १४ गते शनिबार बागमती प्रदेशका धेरै स्थानमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Internal Affairs and Law, Bagamati Province
Industry
Province
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बागमती प्रदेश सरकार आन्तरिक मामिला, व i pear मन्त्रालय BE : हेटौँडा, नेपाल भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउने सम्बन्धमा नेपाल मौसम विज्ञान विभागले मिति २०८३ कार्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्णब' को प्रभावले कात्तिक १२ गते बिहीबारदेखि नेपालको मौसममा परिवर्तन हुने सम्भावना रहेको छ। विशेषगरी कार्तिक १३ गते शुक्रबार र १४ गते शनिबार बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उक्त अवधिमा नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबान हुन सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जोखिम रहेको छ। सम्भावित जनधनको क्षति तथा कृषि र पर्यटनलगायतका क्षेत्रमा पर्न सक्ने असरलाई कम गर्न आमनागरिक तथा सम्बन्धित सबै निकायलाई देहायबमोजिम सावधानी र पूर्वतयारी अपनाउन आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय अनुरोध गर्दछः ० काट्न तयार भएका धानलगायतका बाली सम्भव भएसम्म कार्तिक १२ गतेअगावै भित्र्याउने र्‌ काटिसकेको बाली सुरक्षित तथा ओभानो स्थानमा राख्ने। पशुचौपाया, बीउबिजन र खाद्यान्नसमेत सुरक्षित राख्ने । ० उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जाने कार्यक्रम मौसम अनुकूल नभएसम्म स्थगित गर्ने। यात्रामा रहेका पर्यटक तथा सहयोगीहरू सुरक्षित स्थानमा बस्ने र सम्बन्धित निकायको सल्लाहअनुसार मात्र यात्रा अघि बढाउने | ० नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा विशेष सतर्कता अपनाउने। बाढी आएको खोला तथा डुबान भएको सडक पार नगर्ने। चट्याङ तथा हावाहुरीका बेला खुला स्थान, एक्लो रूख र विद्युत्‌ पोलको नजिक नबस्ने तथा सुरक्षित भवनभित्र आश्रय लिने। ० अत्यावश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्ने। यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिने तथा जोखिमयुक्त सडकमा सवारी नचलाउने | ० जल तथा मौसम विज्ञान विभाग, सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे नियमित जानकारी लिने तथा निर्देशनको पालना गर्ने । अपुष्ट सूचना प्रसार नगर्ने। प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला सबैलाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न अनुरोध गरिन्छ। मौसमसम्बन्धी जानकारीका लागि: ११५५, बिपद्‌ सहायताः १२३४, नेपाल प्रहरीः १००, सशस्त्र प्रहरी बल, नेपालः १११४ विपद्‌ पूर्वसूचनाको पालना गरौं, जनधनको सुरक्षा गरौं। प्रकाशित मितिः २०८३ कार्तिक १० गते, मङ्गलबार फोन नं.:०५७-५ २७५१२, ०५७-५ २७५ १३ , ईमेल: [email protected], [email protected] वेभ साईट: moial.bagamati.gov.np, mocpa.bagamati.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 31 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.