Notice Park
Ministry of Internal Affairs and Law, Bagamati Province
Reports

ल्हेन्दे-भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय, भौतिक तथा सामाजिक क्षत्रिको एकीकृत प्रारम्भिक प्रतिवेदन

Summary

बिषयः बाढीबाट भएको क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन पेस गरिएको | ल्हेन्दे-भोटेकोशी-त्रिशूली नदी प्रणालीमा मिति २०८३ असोज १० गते आएको बाढीबाट भएको मानवीय, भौतिक तथा सामाजिक क्षति, त्यसपश्चात्‌ भएका प्रतिकार्य र पुनर्स्थापनाका आवश्यकतासम्बन्धी विवरण समेटिएको एकीकृत प्रारम्भिक प्रतिवेदन यसैसाथ पेस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Internal Affairs and Law, Bagamati Province
Industry
Province
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ल्हेन्दे-भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय, भौतिक तथा सामाजिक क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन बागमती प्रदेश सरकार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय हेटौंडा, मकवानपुर नेपाल २०८३ असोज २२ मितिः २०८३ असोज २२ गते माननीय मुख्यमन्त्री एवम्‌ आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीज्यू, बागमती प्रदेश सरकार | बिषयः बाढीबाट भएको क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन पेस गरिएको | ल्हेन्दे-भोटेकोशी-त्रिशूली नदी प्रणालीमा मिति २०८३ असोज १० गते आएको बाढीबाट भएको मानवीय, भौतिक तथा सामाजिक क्षति, त्यसपश्चात्‌ भएका प्रतिकार्य र पुनर्स्थापनाका आवश्यकतासम्बन्धी विवरण समेटिएको एकीकृत प्रारम्भिक प्रतिवेदन यसैसाथ पेस गरेको छु। यस मन्त्रालयबाट उपलब्ध गराइएको साझा ढाँचामा सम्बन्धित मन्त्रालय तथा निकायबाट प्राप्त विषयक्षेत्रगत विवरणलाई एकीकृत गरी प्रतिवेदन तयार गरिएको हो। प्रतिवेदनमा क्षति तथा सेवा अवरोधको अवस्था, खोज तथा उद्धार, उपचार, राहत र सेवा पुनः सञ्चालनका कार्यका साथै प्रमुख सिकाइ, आगामी कार्यका प्राथमिकता र प्रस्तावित कार्ययोजना समावेश गरिएको छ। केही विषयक्षेत्रको विवरण सङ्कलन, तथ्याङ्क मिलान तथा आर्थिक क्षतिको विस्तृत मूल्याङ्कन पूरा हुन बाँकी रहेकाले प्रतिवेदनलाई उपलब्ध सूचनामा आधारित प्रारम्भिक विवरणका रूपमा प्रस्तुत गरिएको छ। सम्बन्धित निकायबाट थप तथा प्रमाणित विवरण प्राप्त हुँदै जाँदा यसलाई अद्यावधिक गरिनेछ | प्रभावित नागरिकको सुरक्षा, आधारभूत सेवाको निरन्तरता, जीविकोपार्जन पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि प्रतिवेदनमा उल्लिखित प्राथमिकता र प्रस्तावित कार्ययोजनाका सम्बन्धमा आवश्यक निर्देशनका लागि अनुरोध गर्दछु। महेश भट्टराई प्रदेश सचिव एवम्‌ प्रतिवेदन तयारी संयोजक

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.