इनर्जी ड्रिंक्स (Energy Drinks) सम्बन्धमा उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी
Summary
इनर्जी डिक्स (Energy drinks) सम्बन्धमा उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी | इनर्जी डक्सिको उत्पादन तथा बिक्रीवितरण सम्वन्धी विषयमा केहि संचार माध्यमले यस विभागसंग विभिन्न व्राण्डका इनर्जी ड्रिक्सलाई जोडेर समाचार प्रकाशन गरेको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको छ| विभाग सदैव मानव…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fcddd9f3-4fcf-4319-bcf6-a7f334e3ea15.pdfPDF · 1 page · 4.3 MBOpen
Key details
- Organization
- Department of Food Technology and Quality Control
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्राल र”: | तथा गुण नियन्त्रण विभाग | ०१-५३६२३६९ ०१-५९१२९७१ aoe jag Fe इमेल: [email protected] | rot: Nee वेभपेज: www.dftqc.gov.np ख. नं.:- . iS नेपा छु Le बबरमहल, काठमाडौं | संख्या र मिति:- ae प्राप्त पत्र 0 TS मिति: २०८३/०७/११ इनर्जी डिक्स (Energy drinks) सम्बन्धमा उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी | इनर्जी डक्सिको उत्पादन तथा बिक्रीवितरण सम्वन्धी विषयमा केहि संचार माध्यमले यस विभागसंग विभिन्न व्राण्डका इनर्जी ड्रिक्सलाई जोडेर समाचार प्रकाशन गरेको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको छ| विभाग सदैव मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि प्रतिवद्ध रहेको व्यहोरा समेत अनुरोध छ। इनर्जी Bee अल्कोहल-रहित (५01-41001010) क्याफिनेटेड THA (Caffeinated beverages) को समूहमा पर्ने पेय पदार्थ हो, जसमा मुख्य सम्मिश्रणका रूपमा Caffeine, Guarana, Glucuronolactone, Taurine, Inositol, Carnitine, B-vitamins, Sugar, Watert खाच्च योगशिलहरु प्रयोग गरिएको हुन्छ। यी सम्मिश्चित पदार्थहरुको बिभिन्न मुलुक लगायत अन्तर्राष्ट्रिय संस्थाहरुले निश्चित मात्रामा उपभोग गर्न सकिने गरी सुरक्षित मात्रा निर्धारण गरेका छन्। European Food Safety Authority (EFSA), United State Food and Drug Administration (US-FDA) लगायत अन्तर्राष्ट्रिय संस्थाहरुका अनुसार एक स्वस्थ र वयस्क उमेरको व्यक्तिले Caffeine FA सबै खाद्य पदार्थको (चिया, कफि, चकलेट, इनर्जी ड्रिक्स लगायतका क्याफिनेटेड वेभरेज) उपभोग गर्दा एक दिनमा कूल Caffeine को मात्रा ४०० मिलिग्राममा नवढने गरी उपभोग गर्न सकिने भनी वैज्ञानिक तथ्यका आधारमा दैनिक सुरक्षित उपभोगको मात्रा निर्धारण गरेको पाईन्छ। हाल, नेपालमा इनर्जी ड्रिक्स उत्पादन तथा विक्रीवितरण a उद्देश्यले १७ वटा उद्योगहरुले नेपाल सरकारका विभिन्न निकायबाट अनुमति लिई उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन् र सबै उत्पादनहरुमा Caffeine को मात्रा मानव उपभोगको लागि तोकिएको सुरक्षित मात्राको जम्मा २५ प्रतिशत भन्दा कम मात्रा प्रति क्यान (१०० मिलिग्राम) मात्र प्रयोग गरेको लेवल विवरण र प्रयोगशालाको विश्लेषण प्रतिवेदनबाट समेत पाईएको हुदा इनर्जी ड्रिक्स उत्पादकहरुले प्रयोग गरेको Caffeine को मात्रा मानव उपभोगको लागि सुरक्षित मात्रा भित्र रहेको | देखिन्छ। | aad आम उपभोक्ताले इनर्जी ड्रिक्सको लेवलमा उल्लेख भएको सचेतना (Waring) सन्देश अनुसार बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेह लगायतका बिरामी र क्याफिनले असर गर्ने व्यक्ति वा समूह (Caffeine sensitive personnel) ले | उपभोग नगर्ने साथै उपभोग गर्न मिल्ने व्यक्तिले एक दिनमा दुई क्यान (३३० मि.लि. सम्मका) भन्दा बढी उपभोग नगर्नु हुन अनुरोध छ। साथै, इनर्जी ड्रिक्सलाई पानी, जुस, दूध, मोही लगायतका पौष्टिक पेय पदार्थको सट्टामा सेवन नगर्न र अन्य पेय पदार्थमा मिसाएर उपभोग नगर्न समेत अनुरोध छ। इनर्जी ड्रिक्सको उत्पादक एवं बिक्रेताले आफ्नो उत्पादनको कुनै पनि माध्यमबाट विज्ञापन गर्दा सो को व्यहोरा लगायत अन्य अनुमति लिनु पर्ने निकायबाट प्रचलित कानून बमोजिम अनुमति लिएर मात्र कार्य संचालन गर्न तथा लेवलमा उल्लेख गरिएका सचेतना सन्देश एवं उपभोगको लागि सुरक्षित मात्रा समेत प्रसारण गर्न सम्वन्धित खाद्य व्यवसायीलाई जानकारी गराईन्छ। यस विभागद्वारा खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्ड एवं अभ्यासको आधारमा गरिएका कार्यहरुका विषयमा सर्वसाधारणलाई भ्रम श्रृजना तथा त्रास नहुने गरी वैज्ञानिक अध्ययनमा आधारित तथ्यहरु प्रसारण एव सम्प्रेषण गरिदिनु हुन र खाध स्वच्छता तथा गुणस्तर कायम गर्ने विषयलाई प्राथमिकता दिनुहुन सम्बद्ध सबैमा अनुरोध गरिन्छ। इनर्जी ड्रिक्सको उत्पादक तथा विक्रीवितरण गर्ने खाद्य व्यवसायीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रतिकूल कार्य गरेमा ऐनको व्यवस्था अनुसार कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ। यु ors ८ oem Go 2 Ae