Notice Park
Ichchhakamana Rural Municipality
Call for Proposals

चमेना गृह सञ्चालन सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको सूचना।

चमेना गृह सञ्चालन सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको सूचना।

Summary

यस इच्छाकामना आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८३/०५/२४ गतेको निर्णयानुसार अस्पताल परिसरमा उपलब्ध गराएको भवनमा अस्पतालमा कार्यरत कर्मचारी, बिरामी, कुरुवा तथा सेवाग्राहीहरूलाई स्वच्छ, गुणस्तरीय तथा उचित मूल्यमा खाना/खाजा उपलब्ध गराउने उद्देश्यले क्यान्टिन (चमेना गृह) सञ्चालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ichchhakamana Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छे डच्छाकामना गाउँपालिका फोन: ९८४०२४३७७३ हक. गाउँ कार्यप्रालिकाको कार्यालय 0000 । शकक इच्छाकामना आघारभूत अस्पताल en —— कुरिनटार चितवन बागमती प्रदेश, नेपाल ae २०८३/८४ मिति: २०८३ /०६/१५ प्रथम पटक सूचना प्रकाशित मिति: २०८३ /०६/१५ यस इच्छाकामना आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८३/०५/२४ गतेको निर्णयानुसार अस्पताल परिसरमा उपलब्ध गराएको भवनमा अस्पतालमा कार्यरत कर्मचारी, बिरामी, कुरुवा तथा सेवाग्राहीहरूलाई स्वच्छ, गुणस्तरीय तथा उचित मूल्यमा खाना/खाजा उपलब्ध गराउने उद्देश्यले क्यान्टिन (चमेना गृह) सञ्चालन गर्न इच्छुक तथा योग्य फर्म/संस्था/कम्पनीहरूबाट शिलबन्दी प्रस्ताव आह्वान गरिएको छ। इच्छुक प्रस्तावदाताले देहायका शर्त तथा कागजातसहित तोकिएको समयभित्र प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १. आगश्यक योग्यता तथा कागजात: फर्म/कम्पनी दर्ता तथा नवीकरण प्रमाणपत्र, PAN/VAT दर्ता प्रमाणपत्र, आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्र, प्रोप्राइटर/अधिकारप्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि, क्यान्टिन/होटल/खाद्य सेवा सञ्चालन अनुभवको प्रमाण (भएमा), प्रस्तावित खाद्य पदार्थ तथा मूल्यसूची र संक्षिप्त कार्ययोजना | : २. प्रस्ताव फारामः रु. १,०००/- (एक हजार रुपैयाँ मात्र) दस्तुर तिरी अस्पतालको प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ। फाराम खरिद तथा प्रस्ताव पेश गर्ने अन्तिम मिति २०८३/०६/२१ गते कार्यालय समयभित्र हुनेछ। ३. न्यूनतम मासिक भाडा, विद्युत्‌ तथा खानेपानी महसुलः इच्छाकामना गाउँपालिकाको वार्षिक विकास कार्यक्रम बमोजिम क्यान्टिन (चमेना गृह) सञ्चालनका लागि न्यूनतम मासिक भाडा रु. ६,०००/- (wet छ हजार रुपैयाँ मात्र) निर्धारण गरिएको छ। उक्त रकमभन्दा कम रकम कबोल गरी प्रस्ताव पेश गर्न पाइने छैन। विद्युत्‌ तथा खानेपानीको महसुल सम्बन्धित मिटरको रिडिङअनुसार स्वीकृत प्रस्तावदाताले स्वयं व्यहोर्नुपर्नेछ। ४. क्यान्टिनभाडा : स्वीकृत शिलबन्दी प्रस्तावमा कबोल गरिएको मासिक भाडा रकम बराबरको ३ (तीन) महिनाको भाडा रकम अग्रिम रूपमा जम्मा गरेको सक्कल बैंक भौचर प्रस्तावसँगै अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। ५. मुख्य शर्तहरू: अस्पतालले तोकेको दररेटमा क्यान्टिनमा स्वच्छ, ताजा तथा गुणस्तरीय खाना/खाजा उपलब्ध गराउनुपर्नेछ। मूल्यसूची स्पष्ट रूपमा राखी अस्पतालको स्वीकृतिबिना मूल्य वृद्धि गर्न पाइने छैन। खाद्य स्वच्छता, व्यक्तिगत सरसफाइ तथा फोहोर व्यवस्थापनसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। मदिरा, सुर्तीजन्य तथा निषेधित वस्तु बिक्री गर्न पाइने छैन। बिरामीका लागि चिकित्सक/स्वास्थ्यकर्मीले तोकेको आहार आवश्यकताअनुसार उपलब्ध गराउनुपर्नेछ। अस्पताल प्रशासनले क्यान्टिनको गुणस्तर, मूल्य तथा सरसफाइ निरीक्षण/अनुगमन गर्न सक्नेछ | ६. प्रस्ताव खोल्ने: प्राप्त प्रस्तावहरू २०८३/०६/२२ गते दिउँसो १:०० बजे अस्पताल कार्यालयमा प्रस्तावदाता वा निजका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ। ७. अन्यः तोकिएको समयपछि प्राप्त, अपूर्ण वा आवश्यक कागजात नपुगेका प्रस्ताव अस्वीकृत हुन सक्नेछन्‌। प्रस्तावदाताले क्यान्टिन सञ्चालन स्थलको अवस्था स्वयं बुझ्न सक्नेछ। कुनै वा सबै प्रस्ताव स्वीकृत/अस्वीकृत गर्ने अधिकार अस्पतालमा सुरक्षित रहनेछ। यस सूचनामा उल्लेख नभएका विषय प्रचलित कानून तथा सम्झौता बमोजिम हुनेछ। डा. ae मेडिकल अधिकृत (आठौँ) अस्पताल प्रमुख

Like

0

Views

2

Comments

0

Share

0

Save

Report