Notice Park
Ministry of Industry, Commerce and Supplies
Gen Info

उद्योगहरुवाट निष्काशन हुने फोहोर पानी नदीमा नमिसाउने सम्बन्धमा उद्योग विभागको अत्यन्त जरुरी सूचना !!!

Summary

उच्चोगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीतको फोहोर पानी नदी, खोलामा सिधै विसर्जन गरी खोला प्रदूषण गरेको सम्बन्धमा विभिन्न माध्यमबाट जनगुनासो तथा उजुरी प्राप्त भएको र पछिल्लो समय विरगञ्ज पथलैया कोरिडोरको सिर्सिया नदी आसपासका उद्योगहरुले निष्कासन गरेको प्रदुषित पानीले दिपावली तथा छठ जस्ता…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Industry, Commerce and Supplies
Industry
Ministry
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय त्रिप्रेश्वर, काठमाडौं Ter EAT sal उगिललाट ति क हा <a निष्काशन हुने फोहोरा नमिसाउने सम्बन्धमा उधोग बिभागको अत्यन्त 11! उच्चोगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीतको फोहोर पानी नदी, खोलामा सिधै विसर्जन गरी खोला प्रदूषण गरेको सम्बन्धमा विभिन्न माध्यमबाट जनगुनासो तथा उजुरी प्राप्त भएको र पछिल्लो समय विरगञ्ज पथलैया कोरिडोरको सिर्सिया नदी आसपासका उद्योगहरुले निष्कासन गरेको प्रदुषित पानीले दिपावली तथा छठ जस्ता चाडपर्व मनाउन समेत कठिनाई भएको स्थानीय बासिन्दाहरुको गुनासोको विषयमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ। दीपावली तथा छठ पर्वको अवसरमा नदीको स्वच्छता कायम राख्ने कार्यमा विशेष संवेदनशील हुन सम्बन्धित सबै उद्योगहरुलाई अनुरोध गरिन्छ। उच्चोगहरुबाट निष्कासन हुने फोहोर पानी नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्ड अनुरूपको भएको निश्चित गरेर मात्र उद्योगबाट बाहिर पठाउने व्यवस्था मिलाउन र चाडपर्वको अवसरमा उद्योगहरुले डिप बोरिङ (Deep Boring) वा अन्य श्रोतहरुबाट स्वच्छ पानी पठाएर नदी स्वच्छ बनाउने कार्यमा थप सहयोगका लागि समेत सम्बन्धित सबै उच्योगहरुलाई अनुरोध गरिन्छ। उल्लिखित व्यवस्थाको प्रभावकारी कार्यान्वयन भए/नभएको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेश अन्तर्गतका उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह लगायत अन्य सरोकारवाला निकाय समेतको उपस्थितिमा संयुक्त अनुगमन तथा निरीक्षण गरिनेछ। कानूनको परिपालना गर्नु सबैको साझा दयित्व भएकोले प्रचलित वातावरणीय कानुन तथा मापदण्डको परिधिभित्र रही नदी प्रदूषण नियन्त्रण तथा नदीको स्वच्छता कायम राख सम्बन्धित सबै उद्योगहरूले आवश्यक व्यवस्था मिलाउनका लागि यो सूचना जारी गरिएको छ। मितिः २०८३/०७/१२ a wh do ei एक्सचेन्ज: ४२६११०१, ४२६१२०३, ४२६११६८, ४२६११६४, फ्याक्स: ४७७-१-४२६१११२, इमेल: [email protected], वेबसाइट: http://www.doind.gov.np (कृपया पत्राचार गर्दा पत्र संख्या र मिति उल्लेख गर्नुहोला ।)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.