कृषि विभाग तथा मातहतका कार्यालयको कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२(पहिलो संशोधन)
Summary
कृषि विभाग तथा मातहतका कार्यालयहरुको वार्षिक स्वीकृत कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रुपमा कार्यान्वयन गरी प्रतिफलमा आधारित बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी कृषि, वन तथा पर्यावरण मन्त्रालयले यो कार्यविधि बनाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 16265b1b-cfee-44ca-a239-acc1e15c317c.pdfPDF · 80 pages · 24.3 MBOpen
Key details
- Organization
- Department of Agriculture
- Industry
- Department/Divisions
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कृषि विभाग तथा मातहतका कार्यालयको कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ १. प्रत्यायोजित विधायन जारी गर्ने मन्त्रालय: कृषि, वन तथा पर्यावरण मन्त्रालय २. निर्णय गर्ने अधिकारी: मा. कृषि तथा पशुपन्छी विकास मन्त्री ३. निर्णय मितिः २०८२/०८ /२३ ४, प्रहिलो संशोधन निर्णय मितिः २०८३/०६/०६ कृषि विभाग तथा मातहतका कार्यालयहरुको वार्षिक स्वीकृत कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रुपमा कार्यान्वयन गरी प्रतिफलमा आधारित बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी कृषि, वन तथा पर्यावरण मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ। परिच्छेद -१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "कृषि विभाग तथा मातहतका कार्यालयको कार्यक्रम कार्यान्वयन कार्यबिधि, २०८२" रहेको छ। (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि लागु हुनेछ। २. परिभाषाः विषय वा प्रसँगले अर्को अर्थ नलागेमा, यस कार्यविधिमा; (क) “अनुदानग्राही” भन्नाले यस कार्यविधि बमोजिम सञ्चालन हुने कार्यक्रममा लाभग्राहीको रुपमा छनौट भई अनुदान प्राप्त गर्ने व्यक्ति, कृषक समूह, कृषि सहकारी, सङ्घ संस्था, निजी वा साझेदारी फर्म वा कम्पनीलाई सम्झनु पर्छ। (ख) “आवेदक” भन्नाले यस कार्यविधि बमोजिमको कार्यक्रममा सहभागी हुन योग्यता पुगेका व्यक्ति, कृषक समूह, कृषि सहकारी, सङ्घ संस्था, निजी वा साझेदारी फर्म वा कम्पनीलाई सम्झनु पर्छ। (ग) “कष्टम हायरिङ्ग सेन्टर” भन्नाले कृषकले कृषि प्रयोजनमा प्रयोग गर्ने कृषि यन्त्र भाडामा उपलब्ध गराउन सकिने गरी स्थापना गरेको संरचना सम्झनु पर्छ। (घ) “कार्यक्रम” भन्नाले यस कार्यविधि बमोजिम कृषि विभाग तथा मातहतका कार्यालयबाट सञ्चालन हुने गरी वार्षिक बजेट विनियोजन भएका एवम् यस कार्यविधिमा समावेश भएका कार्यक्रम तथा क्रियाकलापलाई सम्झनु पर्छ। (ङ) “कृषि यन्त्र” भन्नाले कृषि कर्ममा प्रयोग हुने यन्त्र, औजार वा उपकरण सम्झनु पर्छ। (च) “कृषि वस्तु” भन्नाले परिच्छेद- ५ सँग सम्बन्धित तरकारी, फलफूल, आलु, मसलावाली, खाद्यान्न, दलहन, तेलहन, मह, च्याउ र रेशम लगायतका निर्यातजन्य बाली र सो को उपज सम्झनु पर्छ। (छ) “केन्द्र” भन्नाले यस कार्यविधि बमोजिम सञ्चालन हुने कार्यक्रमका लागि बजेट विनियोजन भएका कृषि विभाग एवम् मातहतका सम्बन्धित केन्द्रीय निकाय र फार्म केन्द्रलाई सम्झनु पर्छ। पद 2 4 » प्रहिलो संशोधनद्धारा संशोधित "प्रहिलो संशोधनद्धारा थप we ही i २ Pes «प्रहिलो १७ गोधनद्वारा संशोधित 5 & प्रहिलो संशोधनद्वारा संशोधित bY & & + Weel संशोधनद्धारा थप & & (ज) “गुणस्तरीय मह” भन्नाले नेपाल सरकारले तोकेको न्यूनतम अनिवार्य खाद्य गुणस्तर मापदण्ड बमोजिमको गुणस्तर भएको मह सम्झनु पर्छ। (झ) “च्याउ उत्पादन” भन्नाले ताजा च्याउ उत्पादन, प्रशोधन तथा विक्री वितरण सम्बन्धी काम गर्ने र च्याउको बीउ उत्पादन तथा बिक्री वितरण गर्ने कार्य सम्झनु पर्छ। (ज) “निर्यातकर्ता” भन्नाले यस कार्यविधिको परिच्छेद- ५ सँग सम्बन्धित कार्यक्रम अनुसार प्रमाणीकरण शुल्कमा अनुदान प्राप्त गर्न चाहने प्राङ्गारिक कृषि उत्पादन निर्यात गर्ने व्यक्ति, कृषक समूह, कृषि सहकारी, सङ्घ संस्था, निजी वा साझेदारी फर्म वा कम्पनीलाई सम्झनु पर्छ। (ट) “प्रदेश मन्त्रालय” भन्नाले प्रदेश स्थित कृषि विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ । (ठ) “प्रमाणीकरण निकाय” भन्नाले राष्ट्रिय प्राङ्गारिक कृषि सम्बन्धन प्रदायक निकायको सम्बन्धन प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधी, २०६९ बमोजिम प्राङ्गारिक कृपि उपजको उत्पादन, प्रशोधन, परिचालन, लेवलिङ्ग र आयात कार्यको मूल्याड्गन गर्ने अधिकार प्राप्त निकाय सम्झनु पर्छ । (ड) “प्रमाणीकरण शुल्क” भन्नाले प्रमाणीकरण निकायले प्राङ्गारिक प्रमाणीकरण गरे वापत लिने शुल्क सम्झनु पर्छ । (ढ) «प्राङ्गारिक कृषि उत्पादन” भन्नाले नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा जारी गरिएको प्राङ्गारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्ड सम्बन्धी निर्देशिका, २०६४ बमोजिम उत्पादन भएको कृषि वस्तु सम्झनु पर्छ । (ण) “प्राङ्गारिक कृषि उत्पादनकर्ता” भन्नाले नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा जारी गरिएको प्राङ्गारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्ड सम्बन्धी निर्देशिका, २०६४ बमोजिम प्राङ्गारिक कृषि उत्पादन गर्ने व्यक्ति, कृषक समूह, कृषि सहकारी, सङ्घ संस्था, निजी वा साझेदारी फर्म वा कम्पनीलाई सम्झनु पर्छ। (त) «प्राङ्गारिक प्रमाणीकरण” भन्नाले प्रमाणीकरण निकायले कुनै प्राइ्रारिक कृषि उत्पादनको निर्धारित गुणस्तर कायम गर्नका लागि पुरा गर्नुपर्ने शर्तहरु पुरा गरिएको छ भनी दिएको लिखित सुनिश्चितताको प्रमाण सम्झनु पर्छ। (थ) “भौतिक संरचना” भन्नाले परिच्छेद- ४ सँग सम्बन्धित कष्टम हायरिङ्ग सेन्टर स्थापनाका लागि आवश्यक मेशिनरी सेड, वासिङ्ग सेन्टर, वर्कशप, कर्मचारी कक्ष सम्झनु पर्छ। (द) “मन्त्रालय” भन्नाले नेपाल सरकारको कृषि विषय क्षेत्र हेर्ने मन्त्रालय सम्झनु पर्छ। ध) “बिभाग” भन्नाले मन्त्रालय मातहतको कृषि विभाग सम्झनु पर्छ।