वार्षिक योजना किताव
Summary
नेपाल राज्यको पुनः संरचना सँगै मुलुकले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको छ । संघ प्रदेश र स्थानीय सरकार गरी तीन तहको सरकारको रूपमा समृद्ध देश निर्माणमा जुटेको अवस्था छ । जनताले प्रत्यक्ष देख र भेट्न सक्ने आशा र भरोसाको केन्द्र विन्दु स्थानीय सरकार नै भएको र जनताका दैनिक सेवा प्रवाहका कामहरुसँगै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 09919332-3ce8-4a07-beae-8ef532776023.pdfPDF · 91 pages · 4.6 MBOpen
Key details
- Organization
- Rohini Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“स्वच्छ रोहिणी समृद्ध रोहिणी” रोहिणी गाउँपालिका वार्षिक विकास योजना आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम वजेट रोहिणी गाउँपालिका गाउँ कार्यप्रालिकाको कार्यालय धकधई, रुपन्देही लुस्बिनी प्रदेश, नेपाल Email: [email protected] रोहिणी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धकधई, रुपन्देही लुम्बिनी प्रदेश, नेपाल नेपाल राज्यको पुनः संरचना सँगै मुलुकले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको छ । संघ प्रदेश र स्थानीय सरकार गरी तीन तहको सरकारको रूपमा समृद्ध देश निर्माणमा जुटेको अवस्था छ । जनताले प्रत्यक्ष देख र भेट्न सक्ने आशा र भरोसाको केन्द्र विन्दु स्थानीय सरकार नै भएको र जनताका दैनिक सेवा प्रवाहका कामहरुसँगै विकास निर्माणका कामहरु स्थानीय सरकारले सम्पादन गर्दै आएको छ । यस रोहिणी गाउँपालिकावासीहरूको अमूल्य मतबाट निर्वाचित भई म लगायत सम्पूर्ण निर्वाचित पदाधिकारीहरु सुरवात देखि नै स्थानीय जनताहरुको सहभागितामा जनप्रतिनिधिहरुबाट स्थानीय तहको योजना छनौट, तर्जमा र कार्यान्वयन, अनुगमन गर्दै आएका छौँ । सोही अनुसार स्थानीय तहको दोस्रो निर्वाचन पश्चात् यो अन्तिम आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा छौं । म लगायत समग्र गाउँपालिकाको टिमले विगत वर्षहरुमा गरेका कामको मल्यांकन र सकारात्मक सुझाव सल्लाहको लागि रोहिणी गाउँपालिका निवासीहरूमा अन्रोध गर्दै आगामी दिनमा अझ राम्रोसंग काम हुने विश्वास व्यक्त गर्दछु । रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम योजना तर्जमा गर्ने कार्य वडा भेला गरी विभिन्न समुदाय, राजनीतिज्ञ, समाजसेवी लगायत सरोकारवालाको राय सुझाव समेतका आधारमा वडा सीमित, बजेट तर्जुमा समिति, गाउँ कार्यपालिका हुँदै योजना तथा कार्यक्रमहरु १९ औं गाउँसभाबाट पारित गरिएको छ । यो वार्षिक कार्यक्रमको पुस्तिका तयार पारिएकोमा मलाई अत्यन्त खुशी लागेको छ । यसको प्रभावकारी कार्यान्वयन म हुना रोक मात्र त्यसको सार्थकता हाँसिल गर्न सकिन्छ । रोहिणी गाउँपालिकाबाट तयार गरिएको वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बजेट कार्यान्वयनमा निर्वाचित सम्पूर्ण पदाधिकारी, रोहिणी गाउँपालिकावासी, प्रमुख प्रशासकीय अधिकत, सबै बिषयगत शाखाका प्रमुखहरू, कर्मचारीहरू टोल विकास संस्थाहरु, शिक्षक, बुद्धिजिवी समाज सेवी लगायत सरोकारवालाहरूबाट सहयोगको अपेक्षा गर्दछु । अन्तयमा, यस गाउँपालिकाको आ.व. २०८३/०८४ को योजना तर्जुमा नीति तथा कार्यक्रम र बजेट निर्माण कार्यमा रातदिन खटिनु हुने उपाध्यक्ष, वडाध्यक्षहरू, अन्य जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकत लगायत कर्मचारी, टोल र गाउँपालिकावासीमा यस गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै रोहिणी गाउँपालिका रुपन्देहीले अगाडि सारेका विकास योजना तथा कार्यक्रमहरू प्रभावकारी रुपमा कार्यान्वयन हुन सकुन भनि शुभकामना व्यक्त गर्दछु । Ag. रोहिणी गाउँपालिका, रूपन्देही रोहिणी गाउँपालिका गाउँ कार्यप्रालिकाको कार्यालय धकधई, रुपन्देही लुस्बिनी प्रदेश, नेपाल संघीय शासन प्रणालिको सुन्दर पक्ष भनेको स्थानीय तहको विकासका लागि आफ्नो आवश्यकता आफै पहिचान गर्ने स्रोत साधन जुटाउने र समस्याको सामाधान आफै गर्ने परिपाटीको हो । तिन तहको सरकारको महत्तपूर्ण र जनताको नजिकको सरकारको रुपमा स्थानीय सरकार रहेको त्यही अन्तर्गत हामी जनप्रतिनिधीहरू रहेका छौं । नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागिताम्लक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प प्रस्तावना गरेको छ । नेपाली महिलाहरूको सहभागीताको अधिकार को सुनिश्चितताका निमित्त अवश्य नै संवैधानिक र कानूनी रुपमा विशेष अर्थ राख्छ | यसै सँग सम्बन्धित रही हरेक क्रियाकलापमा महिला सहभागीताको सुनिश्चितता र प्रतिनिधित्वको आवश्यकता छ । स्थानीय सरकारप्रति जनताका असिमित आवश्यकता र चाहना छन् । त्यो हुनु पनि स्वभाविक हो । सीमित स्रोत साधनका बीच स्थानीय तहका बिकासका नयाँ सम्भावनाहरूलाई उजागर गर्दै स्थानीय तहको विकासमा जोड दिदै जान, समाजलाई परिवर्तन विकासमुखी बनाउँदै जान् अहिलेको मख्य आवश्यकता हो | सोही अनुरूप जनपरिचालन, जनसहभागीतामा अभिवृद्धि, जनतामा विकास प्रतिको अपनत्व र जिम्मेवारी बोध गराउने गरी यस आर्थिक वर्ष २०८३ /०८४ को बजेटमा महिला, आदिवासी जनजाती, दलित, अपाङ्ग, पिछडावर्ग, सिमान्तकृत समुदाय, कषक जस्ता वर्ग समुदायलाई सिपमूलक तालिम, आयमूलक कार्यक्रम र प्रोत्साहनम्लक कार्यक्रमलाई समेट्ने प्रयत्न गरेका छौं गाँउसभाबाट स्वीकृत गरेको बजेटले जनताका अधिकतम आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ । यो बजेट तथा कार्यक्रमले यस गाउँपालिकाका सबै क्षेत्र वर्ग र समुदायको विकास निर्माणको अपेक्षालाई धेरै हदसम्म सम्बोधन गर्न सक्नेछ भन्ने विश्वास गरेको छु । अन्त्यमा बजेट कार्यान्वयनमा गाउँपालिकावासीले Ua हामीलाई सकारात्मक सहयोग र खबरदारी गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै बजेट निर्माणमा अहोरात्र खटिनुहुने गा. पा. अध्यक्ष, प्रमुख प्रशासकीय आँधैकत, वडाध्यक्षहरू, जनप्रतिनिधी तथा कर्मचारीहरु लगायत सम्पूर्ण गाउँपालिकावासी प्रति कतज्ञता ज्ञापन गर्दछु । (०००० शिवकान्ती हरिजन 1 रोहिणी गाउँपालिका, रूपन्देही रोहिणी गाउँपालिको परिचय रोहिणी गाउँपालिका रुपन्देही जिल्लाको पूर्वी दक्षिण भागमा अवस्थित छ । साबिकका ६ गाउँ बिकास समितिहरु (धकधई, बगाहा, पजरकट्टी, पोखरभिण्डी, छिपागढ र बोदबार) लाई मिलाएर बनाईएको यस गाउँपालिका पूर्वीपश्चिम हुलाकि सडक अन्तर्गत भैरहवा धकधई खण्डको उत्तरदक्षिण, ८३.५४९७४२ पूर्वी देशान्तर र २७.५१२१३० उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समून्द्र सतहदेखि करिब ९२.१ मिटरको उचाइमा छ | कुल क्षेत्रफल ६४.६२ बर्ग किलोमिटर रहेको यस गाउँपालिको पूर्वमा नवलपरासी जिल्लाको सिमाना पश्चिममा सिद्धार्थनगर नगरपालिका उत्तरमा ओमसतिया गाउँपालिका र दक्षिणमा छिमेकि राष्ट्र भारत अवस्थित छन् । उत्तरबाट बग्ने रोहिणी नदीसंग प्राकृतिक, भौगोलिक, सांस्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । ७५२६ घरपरिवार बसोबास गर्ने यस गाउँपालिको कुल जनसंख्या ४३,३२७ रहेको छ । यस गाउँपालिका अधिकांश मानिस पशु पालन र कृषि पेशामा संलग्न रहेको छन् ।