Notice Park
Office of the Provincial Head, Sudurpashchim Province
Gen Info

बडा दशैं २०८३ काे शुभकामना सन्देश

Summary

हिन्दु धर्मालम्बीहरुको महान पर्व बडा दशैं, २०८३ को शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सुदूरपश्चिम प्रदेशबासी एवं सम्पूर्ण नेपाली हिन्दु धर्माबलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु | आश्विन शुक्ल प्रतिपदाका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Office of the Provincial Head, Sudurpashchim Province
Industry
Province
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार छे हु प्रदेश प्रमुख oe सुदूरपश्चिम प्रदेश करले धनगढी, कैलाली ete ee ; हिन्दु धर्मालम्बीहरुको महान पर्व बडा दशैं, २०८३ को शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सुदूरपश्चिम प्रदेशबासी एवं सम्पूर्ण नेपाली हिन्दु धर्माबलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु | आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी नवमीसम्म शक्तिरुपी नवदुर्गा भवानीको पूजाआजा गर्दै बिजया दशमीको दिनमा मान्यजनबाट टिका जमरा र आर्शिवाद ग्रहण गरि यो पर्व मनाईन्छ। बडादशैं पर्वको अवसरमा पारिवारिक मिलन, खुशियाली तथा हार्दिकता साँटासाँट सहित समुदायमा आपसी रिस, राग र द्वेषलाई बिर्सदै आगामी दिनको सुखद कामना गर्ने गरिन्छ। यस पर्वले नेपाल लगायत विश्वका बिभिन्न स्थानमा छरिएर रहेका समस्त नेपाली एवं सुदूरपश्चिम प्रदेशबासी दिदीवहिनी तथा दाजुभाईहरुमा धार्मिक तथा सांस्कृतिक विविधता वीच आपसी war, सहिष्णुता, भातृत्व एवं पारस्पारिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने विश्वास गरेको छु। अन्त्यमा, यो पर्वले हामी सबैमा राष्ट्र र राष्ट्रियता प्रतिको प्रेम, भातृत्व, दिगौ शान्ति र सामाजिंक/ सांस्कृतिक सहिष्णुताको लागि थप प्रेरणा मिलोस भन्ने कामना सहित पुनः शुभकामना व्यक्त गर्दछु। धन्यवाद्‌ | क. २०८३ आश्विन २५ गते, आइतबार | । ई ) . नजिर मियाँ. ; प्रदेश प्रमुख नजिर frat प्रदेश प्रमुख

Like

0

Views

3

Comments

0

Share

0

Save

Report