बालविवाह मुक्त क्षेत्र घोषणा कार्यविधि, २०८१
Summary
[विल विवाह मुक्त क्षेत्र घोषणा | गोडैता नगरपालिका गोडैता, सर्लाही बालविवाह मुक्त Aa घोषणा कार्यविधि, ३००१ गोडैता नगरपालिकामा बालविवाह मुक्त अभियान सञ्चालन गरी बालविवाह मुक्त बडा तथा पालिका निर्मीण गरी बालअधिकारको संरक्षण र प्रबर्धन गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- be95f0ac-557f-4534-8bcc-ebc8a58fbcd2.pdfPDF · 7 pages · 1.4 MBOpen
Key details
- Organization
- Godaita Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
[विल विवाह मुक्त क्षेत्र घोषणा | २०६१ गोडैता नगरपालिका ‘a कार्यपालिकाको कार्यालय | गोडैता, सर्लाही १ FAT प्रदेश, नेपाल sat <1 ( Cony. ee ey बालविवाह मुक्त Aa घोषणा कार्यविधि, ३००१ गोडैता नगरपालिकामा बालविवाह मुक्त अभियान सञ्चालन गरी बालविवाह मुक्त बडा तथा पालिका निर्मीण गरी बालअधिकारको संरक्षण र प्रबर्धन गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) को (१) र गोडैता नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐनले दिएको अधिकार प्रयोग गरी गौडैता नगरपालिकाले यो कार्यविधि जारी गरेको छ | परिच्छेढ-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: यस कार्यविधिको नाम “बालविवाह मुक्त क्षेत्र घोषणा कार्यविधि, २०८१” रहेको छ। २. यो कार्यविधि गोडैता नगरपालिकाको बैंठकले स्वीकृत वा अनुमोदन गरेको मितिदेखि लागू हुनेछ | ३. विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: (क) “बालबालिका” भन्नाले अठार वर्ष उमेर पूरा नगरेका व्यक्ति सम्झनु पर्छ | (ख) “कार्यविधि” भन्नाले गोडैता नगरपालिकाको “बालविवाह मुक्त क्षेत्र घोषणा कार्यविधि, २०८१” सम्झनु Ww | (ग) “कार्यपालिका” भन्नाले गोडैता नगरपालिकाको नगर कार्यपालिका सम्झनु पर्छ | (घ) “प्रमुख” भन्नाले गोडैता नगरपालिकाको “प्रमुख” सम्झनु पर्छ । (ङ) “उपप्रमुख” भन्नाले गोडैता नगरपालिकाको “उपप्रमुख” सम्झनु पर्छ | (च) “कार्यपालिका सदस्य” भन्नाले गोडैता नगरपालिकाको सदस्यलाई सम्झनु पर्छ | (छ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गोडैता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ | (ज) “पीडित” भन्नाले बालविवाह भएका वा हुन सक्ने जोखिममा रहेका व्यक्ति सम्झनु पर्दछ | (झ) “समिति” भन्नाले यस पालिकाको कार्यविधि अनुसार गठन भएको समिति सम्झनु Ww | (ज) “बालविवाह” भन्नाले नेपालको प्रचलित कानुन बमोजिम तोकिएको उमेरभन्दा अगाडि गरिने सबै किसिमका विवाहलाई सम्झनु पर्छ | (ट) “वडा अध्यक्ष” भन्नाले गोडैता नगरपालिकाका अन्तर्गतका वडा अध्यक्षलाई सम्झनु पर्दछ। EE बालबिबाह मुक्त क्षेत्र घोषणा कार्यविविध, २०८१ १ (8) “वडा सदस्य” भन्नाले Wea नगरपालिकाको अन्तर्गतका बडा समितिका बडा सदस्यहरुलाई सम्झनु पर्दछ | (ड) “सामाजिक संस्था” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भई स्थापना भएको गैर नाफामूलक संस्थालाई सम्झनु पर्छ र सो शब्दले यस्तै प्रकृतिका अन्य गैरसरकारी संस्था समेतलाई जनाउँछ । (ढ) “निजी संस्था” भन्नाले कानून बमोजिम दर्ता भई स्थापना भएको नाफामूलक संस्थालाई सम्झनु पर्छ र सो शब्दले यस्तै प्रकृतिका अन्य फर्म वा कम्पनी समेतलाई जनाउँछ | (ण) “रणनीति” भन्नाले गोडैता नगरपालिका बाल विवाह मुक्त क्षेत्र घोषणा पश्चात् त्यसलाई कायम राख्न लिने “बालविवाह मुक्त वडा तथा पालिका घोषणा दिगौपनाको रणनीति” सम्झनु पर्दछ | परिच्छेद - Q बालविवाह मुक्त पालिका र वडा घोषणा गर्दा अपनाइने प्रक्रिया - पालिका तहमा विभिन्न उमेर, लिंग, जातजाति, वर्ग, धर्म, आस्था र समुदायका बालबालिका, किशोरकिशोरी, शिक्षक, स्थानीय बाल अधिकार समिति, वडा बालअधिकार समिति, समाजसेवी, नागरिक समाज, धार्मिक अगुवा, जातीय अगुवा, प्रहरी, सेवा निवृत्त कर्मचारी, अभिभावकसँग बाल बिवाहका विद्यमान कारणहरु र सोको समाधानका उपायहरुका बारेमा छलफल गरी गोडैता नगरपालिका स्तरीय बालविवाह अन्त्य सम्बन्धी कार्य योजना निर्माण गर्ने । २. वडा तथा पालिकाको वार्षिकरुपमा जम्मा विवाहको तथ्यांक र त्यसमा पनि बालविवाहको अवस्थाको तथ्यांक संकलन तथा अध्यावधिक गर्ने । ३. बालविवाहको तथ्यांकको आधारमा बालविवाह बढी हुने वस्ती, टोल, समुदाय तथा वडा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने । ४. पालिका तथा वडास्तरमा बालविवाह मुक्त घोषणाका लागि स्थानीय सरोकारवालाहरु समावेश गरी सर्वपक्षीय प्रारम्भिक बैंठक आयोजना गर्ने र विद्यालय केन्द्रित अभियान सञ्चालन गर्ने । पू. बालबिवाह विरुद्ध बालबालिकाहरुमा सचेतना अभिवृद्धि गर्न बाल अभियन्ताहरु तयार गरी बालबालिकाको नेतृत्वमा विभिन्न अभियान एवस् क्रियाकलाप सञ्चालन गर्ने । ६. पालिका/वडास्तरीय सरोकारवालाहरुबीचको बैंठकमा बालविवाह मुक्त नगरपालिका र बडा घोषणा गर्न आधारभूत सूचक माथि छलफल गर्ने । ७. पालिका, वडा कार्यालय तथा सरोकारवाला संघ-संस्थाहरुबाट विनियोजित बजेटलाई मध्यनजर गरी पालिका तथा वडास्तरीय बालअधिकार समितिमार्फत बालविवाह मुक्त वडा र पालिकाको लागि कार्य योजना अन्तर्गत केन्द्रित कार्ययोजना निर्माण गरी बिभिन्न वस्ती, टोल, विद्यालय तथा समुदायस्तरमा तालिम, घरदैलो, हस्ताक्षर eee. बालविवाह मुक्त क्षेत्र घोषणा कार्यविविध, २०८१ 1) 4 प्रे 1. 29 १२. १३. १४. ५. १६. १७. अभियान, याली, अभिमुखीकरण, सडक नाटक तथा अन्तक्रिया आदि जस्ता कार्यक्रम सञ्चालन गर्ने | - पालिका तथा बडा बालअधिकार समिति, विभिन्न राजनैतिक दल, स्थानीय प्रहरी, स्थानीय संघ संस्था, बालक्लब, बालक्लब संजाल, किशौरी क्लब, युवा क्लब, विद्यालय, स्थानीय धामीभझाँक्री, महिला समुह, सिलाईकर्मी, बाद्यवाधक, सिंगारकर्मी, सेवा निवृत्त कर्मचारी, संचारकर्मी, निगरानी समुह, आमा समुह, धार्मिक गुरुहरु र स्थानीय राजनीतिक दलमार्फत घरदैलो अभियान एवं हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने । - पालिकास्तरमा बालविवाहको अवस्था विषयक राजनैतिक दल, बालअधिकार समिति, बालक्लब, किशोरी क्लब, सेवा निवृत्त कर्मचारी, धार्मिक गुरु, धामीझाँक्री, महिला सञ्जाललगायतका सरोकारवालाहरु बीच सार्वजनिक अन्तरक्रियात्मक संवाद एवम् सुनुवाई कार्यक्रम सञ्चालन गर्ने | १0. पालिकालाई बालविवाह मुक्त घोषणाका लागि स्थानीय बालअधिकार समितिको सिफारिसमा कार्यपालिकाबाट निर्णय गर्ने र वडालाई बालविवाह मुक्त घोषणाका लागि वडास्तरीय बालअधिकार समितिको निर्णयअनुसार स्थानीय बालअधिकार समितिको सिफारिसमा नगर कार्यपालिकाको बैठकबाट निर्णयानुसार बालविवाह मुक्त वडा / पालिका घोषणाका लागि मिति, स्थान तय गरी विभिन्न तयारी उपसमितिहरु निर्माण गर्ने | बालविवाह मुक्त पालिका घोषणाका लागि स्थानीय रेडियो, अनलाइन मिडिया र पत्रिकाहरुसँगको समन्वय, सहयोग तथा साभेदारीमा प्रचार प्रसार गर्ने | स्थानीय धार्मिक गुरु, जातीय अगुवा, धामीभाँक्री, पुरोहित, पण्डित, मौलाना, पाष्टर, लामा तथा ज्योतिषहरुमार्फत आजको दिनदेखि २० वर्षभन्दा मुनिका व्यक्तिहरुको विवाहको लगन नजुराउने तथा विवाह नगराउने प्रतिबद्धता गराउने | पालिकाले स्थानीय प्रहरीसँग समन्वय गर्ने र बालविवाह नगराउनका लागि सामुदायिक जागरण तथा अन्तरक्रियाका साथै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गराउने । बालविवाह मुक्त वडा र पालिकालाई घोषणा कार्यक्रमका लागि विभिन्न स्थानीय सांस्कृतिक झलक, स्थानीय पहिरन र बाजागाजाहरु तथा अन्य सचेतनामूलक विभिन्न कला प्रस्तुतिहरुको तयारी गराउने । बालविवाह मुक्त बडा र पालिका घोषणा सभाको आयोजना गर्ने र बालविवाह मुक्त पालिका /वडामा सहयोग पुन्याउने व्यक्ति, संघ/संस्था तथा निकायहरुलाई सम्मान गर्ने। बालविवाह मुक्त वडा घोषणाका लागि वडाको बालअधिकार समितिले तथा पालिकालाई बाल विवाह मुक्त घोषणाका लागि स्थानीय बालअधिकार समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्ने । पालिका तथा वडास्तरमा सञ्चालन भएका बिभिन्न बालुविवाह मुक्त अभियानहरुको प्रभावकारिता तथा असल सिकाईहरुको प्रचार प्रसार गर्ने | बालविवाह मुक्त क्षेत्र घोषणा कार्यविविध, २०८१ 3