Notice Park
Nepal Telecom
Press Release

PR 2083-07-01 NT CAN Partner Agreement PDF Pictures(1)

Deadline 25 Oct 2026The deadline has passed.

Summary

आगामी २०८३ कार्तिक ९ गते देखि मंसिर ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हने नेपाल प्रिमियर लिग सिजन-३ (NPL-3) प्रतियोगितामा नेपाल टेलिकम Official Telecom Partner रहने भएको छ। यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Telecom
Industry
Company/Private/Business
Category
Press Release
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

राष्ट्र निर्माण हाम्रो लक्ष्य नेपाल टेलिकम NEPAL TELECOM Ta 05३८४ To) मिति- २००३०७०१ च.नं. प्रे.वि.नं. २६ NPL-3 को Official Telecom Partner सम्बन्धमा प्रेस विज्ञप्ति आगामी २०८३ कार्तिक ९ गते देखि मंसिर ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हने नेपाल प्रिमियर लिग सिजन-३ (NPL-3) प्रतियोगितामा नेपाल टेलिकम Official Telecom Partner रहने भएको छ। यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन-३ को आयोजक नेपाल क्रिकेट संघ (CAN) को तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गर्नुभएको छ नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्राण्ड इमेज बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रुपमा थप प्रवर्द्धन गर्नका लागि समेत यो सहकार्य उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । यसले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत व्यवहारमा लागु गर्न र दुई संस्था बिचको सहकार्यलाई बलियो बनाउन भूमिका खेल्ने उहाँले बताउनु भयो । नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकम जस्तो प्रतिष्ठित ब्राण्डसँग जोडिएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेट खेललाई अझै अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सहकार्यले भविष्यमा नेपालमा क्रिकेट खेललाई मात्र नभई खेलाडीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गर्नुभयो । नेपाली खेलकुद क्षेत्रको संवर्द्धन एवम्‌ प्रवर्द्धन गर्ने नेपाल सरकारको नीतिलाई यस सहकार्यले थप टेवा Genes विश्वास कम्पनीले लिएको छ । एनपीएलले हालै इन्टरनेसनल क्रिकेट काउन्सिल (ICC) बाट मान्यता पाएकोमा नेपाल टेलिकम नेपाल क्रिकेट संघ (CAN) लाई बधाई ज्ञापन गर्दछ | en ov| 04 ००४१ डा. कर्मल लामिछाने प्रवक्ता

Like

0

Views

7

Comments

0

Share

0

Save

Report