Notice Park
Ministry of Industry, Agriculture and Cooperatives, Koshi Province
Guidelines

सहकारी शिक्षा तालिम कार्यक्रम सञ्चालन कार्याविधि, २०८३

Summary

सहकारी संघ-संस्थालाई सवल, सक्षम T सुशासनयुक्त बनाउने उद्देश्यले कोशी प्रदेश सरकार an, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीबाट सहकारी सम्बन्धी शिक्षा तालिम कार्यक्रम प्रभावकारी रुपमा व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयन गर्न बाञ्छनीय भएकोले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Industry, Agriculture and Cooperatives, Koshi Province
Industry
Province
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सहकारी शिक्षा तालिम कार्यक्रम सञ्चालन "कार्यविधि, २०८३ सहकारी संघ-संस्थालाई सवल, सक्षम T सुशासनयुक्त बनाउने उद्देश्यले कोशी प्रदेश सरकार an, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीबाट सहकारी सम्बन्धी शिक्षा तालिम कार्यक्रम प्रभावकारी रुपमा व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयन गर्न बाञ्छनीय भएकोले, प्रदेश सहकारी ऐन, २०७६ को दफा १३२ ले दिएको अधिकार प्रयोग गरी कोशी प्रदेश, उच्चोग, कृषि तथा सहकारी मन्त्रालयले देहायको कार्यविधि बनाई लागू गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "सहकारी शिक्षा तालिम कार्यक्रम सञ्चालन कार्यविधि २०८३" रहेको छ। (२) यो कार्यविधि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले स्वीकृत गरेको मिति देखि लागू हुनेछ। २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,- (क) “अधिकृतस्तर तालिम" भन्नाले मन्त्रालय र कार्यालयबाट सहकारी संघसस्थालाई दिइने तालिमलाई सम्झनु पर्दछ। (a) "कार्यालय" भन्नाले प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सम्झनु पर्दछ। (at) 'मन्त्रालय" भन्नाले कोशी प्रदेश सरकारको सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय | सम्झनु पर्दछ। , (घ) "शिक्षा तालिम" भन्नाले मन्त्रालय र कार्यालयले बार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गर्ने सहकारी सम्बन्धी तालिम, प्रशिक्षण, प्रशिक्षक प्रशिक्षण लगायतका तालिम सम्झनु पर्दछ। ३. शिक्षा तालिमको उद्देश्य: यस कार्यविधि बमोजिम सञ्चालन गरिने शिक्षा तालिमको उद्देश्य निम्न बमोजिम हुनेछः- (क) सहकारी क्षेत्रमा आवद् जनशक्तिको क्षमता अभिवृद्ि गर्ने, (ख) सहकारीको संस्थागत क्षमता अभिवृद्धि, विकास तथा प्रबर्द्धन गर्ने, (ग) सहकारी व्यवसायिकताको विकास गर्ने, (a) सहकारी क्षेत्रको समग्र विकासमा टेवा पुन्याउने । ४. शिक्षा तालिम सञ्चालन गर्नेः (१) कार्यालयले सञ्चालन गर्ने शिक्षा तालिम कार्यक्रम, सहभागी संख्या, विषयवस्तु, समयावधि लगायतका विषयहरु अनुसूची-१ बमोजिम हुनेछ। (२) मन्त्रालय र कार्यालयले शिक्षा तालिम कार्यक्रम सञ्चालन गर्दा मन्त्रालय र कार्यालयको बार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिमका कार्यक्रमको प्रकृति अनुसार कार्यालयका लागि स्वीकृत पाठ्यक्रमसँग सामञ्जस्य हुने गरी सञ्चालन गरिनेछ। ae गी फी (३) शिक्षा तालिम सञ्चालन गर्ने निकायले आफ्नो बार्षिक बजेट तथालक्रार्यक्रेस अनुसार शिक्षा तालिमको प्रकृति अनुसार लागत, सहभागी, सञ्चालन गर्ने स्थान, विषयवस्तु लगायतका प्रत्येक तालिमका लागि अख्तियार प्राप्त अधिकारीबाट निर्णय गराई सोही बमोजिम सञ्चालन गर्नु पर्नेछ। (४) कार्यालय तथा मन्त्रालयबाट सहकारी संघसस्थाका लागि सञ्चालन हुने तालिम अधिकृतस्तरका तालिम हुनेछन्‌। ५, तालिमका सहभागीः मन्त्रालय वा अन्तगर्तका निकायमा कार्यरत कर्मचारी, कोशी प्रदेशमा कार्यरत संघीय निजामती सेवा तथा प्रदेश निजामती सेवा तथा स्थानीय तहमा कार्यरत सहकारीसँग सम्बन्धित कामकाज गर्ने कर्मचारीहरु, सहकारी संघ/संस्थाका संचालक, पदाधिकारी, कर्मचारी, सदस्य तथा सहकारीकर्मी तालिममा सहभागी बन्न सक्नेछन। ६. सहभागी छनौट विधिः (१) शिक्षा तालिम सञ्चालन गर्ने निकायले निर्धारित संख्यामा स्थानीय तह र प्रदेशस्तरका सरकारी निकाय, सहकारी संघ/संस्थालाई तालिममा सहभागी छनौट गरी पठाउन तालिम सञ्चालन हुनु भन्दा सात (७) दिन अगाडि पत्र लेखी पठाउनु पर्नेछ र छनोट भई आएका व्यक्तिलाई तालिममा सहभागी गराउन पर्नेछ। (२) तालिमका लागि सहभागी छनौट गर्दा भौगोलिक अवस्था, जनसंख्या एवं सहकारी संघ संस्थाको संख्या समेतको आधारमा समानुपातिक र समावेशी हुने गरी छनोट गर्नु पर्नेछ। (३) उपदफा (२) बमोजिम सहभागीको छनोट गर्दा देहाय बमोजिमका विषयलाई समेत आधार लिई छनोट गर्नु पर्नेछः- (क) विभिन्न समयमा सञ्चालन गरिएका तालिमगोष्ठी कार्यक्रममा विकट भौगोलिक क्षेत्रका सहकारी संघसंस्थाहरुलाई समेटिने, (ख) विषयबस्तुसँग सम्बन्धित प्रशिक्षार्थी सहभागीलाई प्राथमिकता दिईने, (ग) प्रशिक्षार्थीलाई सहभागिताको लागि आवेदन गर्ने सहभागीलाई प्राथमिकता "क्रममा राखिने, (घ) सोही विषयमा तालिम नलिएका व्यक्ति तथा संस्थालाई प्राथमिकता दिईने। (४) मन्त्रालय/कार्यालयमा अनलाईन आवेदन दिएका व्यक्तिलाई समेत तालिममा सहभागि गराउन सकिनेछ। ७. प्रशिक्षक वा सहजकर्ता सम्बन्धी व्यवस्था: मन्त्रालय तथा कार्यालयबाट सञ्चालन गरिने सहकारी शिक्षा तालिम कार्यक्रममा देहाय बमोजिम सहजकर्ता एवं स्रोत व्यक्तिहरु रहनेछनः- (क) कार्यालयका रजिष्ट्रार र प्रशिक्षक, (ख) प्रशिक्षक EE लिम प्राप्त गरेका अधिकृतस्तरको कर्मचारी, _—- Kae ८. ९. १०. ११. १२. १३. १४. (ग) सहकारी सञ्चालनमा लामो अनुभव भएका पूर्व कर्मचारीहरु, सञ्चालक, व्यवस्थापक, सहकारी व्यवसायी तथा अभियान्ताहरु मध्येबाट मन्त्रालय/कार्यालयले सूचीकृत गरेका व्यक्तिहरु | तालिम सञ्चालन हुने स्थानः (१) तालिम सञ्चालन गर्ने निकायले सामान्यतया आफ्नो कार्यालय रहेको स्थानमा TA | तर तालिमको पहुँच, सहभागी संख्या, बजेटको अवस्था समेतलाई मध्यनजर गरी कोशी प्रदेश भित्रका जुनसुकै जिल्लामा सञ्चालन गर्न बाधा पर्ने छैन। (२) कार्यालयबाट उपदफा (१) बमोजिमको तालिम सञ्चालन हुने स्थान र समयको बारेमा तालिम सञ्चालन हुनु भन्दा अगावै मन्त्रालयलाई जानकारी गराउनु wig | (३) माथी जुनसुकै कुरा लेखिएको भएतापनि मन्त्रालय तथा कार्यालयले कोशी प्रदेश भित्रका सबै जिल्लाबाट सहभागिता हुनेगरी अनलाइन (00:०0) माध्यमबाट पनि तालिम सञ्चालन गर्न सक्नेछ। (४) कार्यालयले तालिम सञ्चालन गर्दा सकेसम्म गैर-आवासीय रुपमा सञ्चालन गर्ने र सकेसम्म सरकारी हलको प्रयोग गर्नु पर्नेछ। शिक्षा तालिम सञ्चालन खर्च र पारिश्रमिकः शिक्षा तालिम सञ्चालन गर्दा लाग्ने खर्च तथा पारिश्रमिक स्वीकृत बजेटको परिधि भित्र रही wu सरकारबाट स्वीकृत सार्वजनिक खर्चको मापदण्ड तथा मितव्यिता सम्बन्धी निर्देशिका बमोजिम बमोजिम हुनेछ। सुपरिवेक्षण,अनुगमन तथा मूल्याङ्कन: शिक्षा तालिमको सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन मन्त्रालयले गर्नेछ। शिक्षा तालिमको आवश्यकता पहिचान तथा प्रभावकारिता अध्ययन: कार्यालयले समय समयमा तालिम आवश्यकताको पहिचान गर्ने तथा अघिल्ला तालिमको प्रभावकारिता अध्ययन गरी आगामी तालिमको ढाँचा र रुपरेखा परिमार्जन गर्नुपर्ने भएमा परिमार्जित भएको विषय स्वीकृतिको लागि मन्त्रालयमा पेश गर्नु पर्नेछ। प्रतिवेदन पेश गर्नुपर्नेः यो कार्यविधि बमोजिम तालिम तथा कार्यक्रम कार्यान्वयन गर्ने निकायले तालिम तथा कार्यक्रम कार्यान्वयनको चौमासिक प्रगति प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ। विशेषज्ञ उपलब्ध गराउन सकिने: स्थानीय तह, सहकारी संघ संस्थाले तालिम, छलफल, गोष्ठी सञ्चालनका लागि विशेषज्ञ माग गरेमा आवश्यक्तानुसार उपलब्ध गराउन सकिनेछ। सहकारी सम्बन्धी समाग्री प्रकाशन र वितरण: (१) कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अनुसार सहकारिताको प्रवर्द्धन तथा सहकारी संघ संस्थामा शिक्षा तथा जागरण पुच्याउने गरी अध्ययन सामग्री तयार गरी सहकारी शिक्षा तालिममा वितरण गर्न सक्नेछ। (२) उपदफा (१) बमोजिमको poe सकेसम्म डिजिटल/विद्युतिय माध्यमबाट वितरण Tee पर्नेछ, ८ गी Ve १५, कार्यविधि बमोजिम हुनेः तालिमको पाठ्यक्रम, पाठयोजना र प्रशिक्षण सम्बन्धमा यस कार्यविधिमा भएका व्यवस्थाहरु यसै कार्यविधि बमोजिम र अन्य बिषयहरुको हकमा प्रचलित कानून बमोजिम हुनेछ। qe. बाधा अड्काउ फुकाउनेः यस कार्यविधिको कार्यान्वयनलाई थप व्यवस्थीत र प्रभावकारी बनाउन मन्त्रालयले आवश्यकता अनुसार बाधा अड्काउ फुकाउने छ। १७. खारेजी र' बचाउः सहकारी शिक्षा, तालिम कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ लाई खारेज गरिएको छ। यस अघि भए गरेका eo कारवाही बमोजिम भए गरेको मानिनेछ। = yy टु

Like

0

Views

4

Comments

0

Share

0

Save

Report