बेपत्ता व्यक्ति यकिन गर्ने सम्बन्धी सूचना |
Summary
प्रस्तुत विषयमा रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरुको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया २०८३ को (क ) को १ र २ बमोजिम बेपत्ता व्यक्ति यकिन गर्नका लागि सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र बेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्यहरुले बेपत्ता व्यक्तिको नाम/थर, ठेगाना, उमेर खुल्ने सरकारी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f606a7a8-fd93-4655-bde5-f25a7773ca8f.pdfPDF · 4 pages · 5.9 MBOpen
Key details
- Organization
- Barbardiya Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“कृषि, gant र पर्यटनमा वृद्धि : बारबर्दिया नगरको समृद्धि" “INCREASE AGRICULTURE NPLSTY AND TOURSALEROSPEREY OFRARBARONAMENHALIN: स्थायी लेखा नं. २०१३१०९३७ बारबर्दिया नगरपालिका कार्यालय कोड नं. ८०१०५५८०४ BARBARDIYA MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE Google Plus Code: जयनगर् बूर्दिय लुम्बिनी प्रदेश, नेपाल 898P+MP Jaynagar JAYN. R DIVYA LUMBINI PROVINCE, NEPAL R पत्र संख्या:- २०८३/०८४ 20 ose चलानी नं. - Yam, बिषयः- बेपत्ता व्यक्ति यकिन गर्ने सम्बन्धी सूचना | मितिः:- २०८३/०६/२७ गते प्रस्तुत विषयमा रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरुको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया २०८३ को (क ) को १ र २ बमोजिम बेपत्ता व्यक्ति यकिन गर्नका लागि सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र बेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्यहरुले बेपत्ता व्यक्तिको नाम/थर, ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, निज र बेपत्ता व्यक्तीको नाता प्रमाणित हुने कागजात र सोही बाढीमा बेपत्ता भएको हो भन्ने स्वघोषणासहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । gaia भण्डारी प्रमुख प्रशासकीय अधिकृत ES प्रशसकीय अधिकृत S 084-404100, 404107 ईमेल: [email protected], [email protected] वेवसाईट : www.barbardiyamun.gov.np फेसबुक पेज: httpsy/www.facebook.com/Barbardiyamunicipality/ रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ बिपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन कार्यकारी समितिको भिति २०5३।०६। १४ गतेको ३७ औं बैठकको निर्णय नं. ३ मा बाढीमा परी बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने सम्बन्धमा बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना रहेका सम्बन्धित स्थानीय तहको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले प्रमाणित गरी सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण 'तया व्यवस्थापन समितिमा पेश गर्ने, उक्त समितिले सिफारिस गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र सो सम्बन्धी, आवश्यक प्रकृया प्राधिकरणले निर्धारण गरे बमोजिम हुने निर्णय भएकोले सो को विस्तृत प्रक्रिया देहाय बमोजिम निर्धारण गरिएको छ। (क) नेपाली नागरिकको हकमा १. सम्बन्धित स्थानीय तहले बेपत्ता व्यक्ति यकिन गर्नका लागि सम्बन्धित वडा कार्यालयमा निबेदन पेश गर्न आह्वान गरी बढीमा पाँच दिन समयावधी तोकी सार्वजनिक सूचना प्रकाशन गर्ने । २, प्रकाशित सूचना बमोजिम बेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्यले बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, निज र बेपत्ता व्यक्तिको नाता प्रमाणित हुने कागजात र सोही बाढीमा बेपत्ता भएको हो भन्ने स्वघोषणासहित सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निबेदन दिने । . बेपत्ता भएका व्यक्तिको एकाघर परिवारका सदस्य नभएकाको हकमा सम्बन्धित बडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सोही बाढीबाट बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित सम्बन्धित बडा कार्यालयमा निवेदन पेश गर्ने | ४, बडा समितिले प्राप्त निवेदनको जाँचबुझ गरी बेपत्ता यकिन गर्न स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा तुरुन्त सिफारिस गर्ने । ५. बडा समितिबाट सिफारिससाथ प्राप्त भएका बेपत्ता टंयक्तिहरुको बिवरण जाँचबुझ गरी सम्बन्धित स्थानीय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बेपत्ता यकिन गर्ने। . यकिन भएका बेपत्ता व्यक्तिको विवरण सम्बन्धित स्थानीय तहले दाबी बिरोधका लागि तीन दिनको म्याद दिई सार्वजनिक गर्ने | ७. सार्वजनिक गरिएको बिवरणमा कसैको दावी विरोध परेमा सम्बन्धित स्थानीय तहले तीन दिनभित्र जाँचबुझ गरी अन्तिम यकिन विव्ररण सम्बन्धित वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पठाउने | / त ००७ a Reece, FF