उपभोक्ता समिती दर्ता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३
Summary
परियोजना, योजना तथा कार्यक्रमहरू उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत कार्यान्वयन गर्दा त्यस्ता उपभोक्ता समितिको गठन, दर्ता, नवीकरण, अभिलेखीकरण, परिचालन, अनुगमन तथा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- adb2e4ec-5e5f-4654-9fab-55ebb886d7d7.pdfPDF · 12 pages · 427 KBOpen
Key details
- Organization
- Sandhikharka Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सन्धिखर्क नगरपालिका स्थानीय राजपत्र खण्ड १० संख्या ५ २०८३ असोज १३ गते भाग २ सन्धिखर्क नगरपालिका स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (३) बमोजिम 'नगरकार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधी सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरीएकोछ। सन्धिखर्क नगरपालिकाको उपभोक्ता समिति दर्ता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३ स्विकृत मितिः २०८३/०६/१४ प्रस्तावना सन्धिखर्क नगरपालिकाबाट सञ्चालन हुने सार्वजनिक निर्माण तथा विकास सम्बन्धी आयोजना, परियोजना, योजना तथा कार्यक्रमहरू उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत कार्यान्वयन गर्दा त्यस्ता उपभोक्ता समितिको गठन, दर्ता, नवीकरण, अभिलेखीकरण, परिचालन, अनुगमन तथा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ तथा सन्धिखर्क नगरपालिकाको प्रशासकीय कार्यविधी नियमित गर्ने ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी सन्धिखर्क नगरपालिकाले यो कार्यविधि बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ (१) यो कार्यविधिको नाम “सन्धिखर्क नगरपालिकाको उपभोक्ता समिति दर्ता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३” हुनेछ। (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लाग् हुनेछ। २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा (क) “नगरपालिका” भन्नाले सन्धिखर्क नगरपालिका सम्झनु पर्छ। (ख) “कार्यालय” भन्नाले सन्धिखर्क नगरपालिका नगर कार्यपालिकाको कार्यालय सम्झनु पर्छ। (ग) “आयोजना” भन्नाले नगरपालिकाबाट पूर्ण वा आंशिक लागत साझेदारीमा सञ्चालन हुने सार्वजनिक निर्माणसम्बन्धी आयोजना, परियोजना, योजना वा कार्यक्रम सम्झनु पर्छ। _घ) “उपभोक्ता” भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने क्षेत्रभित्रका व्यक्ति सम्झनु पर्छ। (ङ) “उपभोक्ता समिति” भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन वा मर्मत सम्भार गर्न उपभोक्ताहरूले आफूहरूमध्येबाट गठन गरेको समिति सम्झनु पर्छ। @) “दर्ता अधिकारी” भन्नाले यस कार्यविधि बमोजिम उपभोक्ता समिति दर्ता गर्ने अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत वा निजले अधिकार प्रत्यायोजन गरेको अधिकारी तथा सम्बन्धित वडा सचिवलाई सम्झनु पर्छ। (छ) “सम्झौता” भन्नाले आयोजना कार्यान्वयनका लागि नगरपालिका/वडा कार्यालय र उपभोक्ता समितिबीच भएको लिखित करारनामा वा कबुलियतनामा सम्झनु पर्छ। (ज) “नवीकरण” भन्नाले दर्ता भएको उपभोक्ता समितिलाई प्रचलित कानून र यस कार्यविधि बमोजिम निरन्तरता दिने कार्य सम्झनु पर्छ। (झ) “अध्यक्ष” भन्नाले उपभोक्ता समितिको अध्यक्षलाइ जनाउनेछ । उपभोक्ता समिति दर्ता सम्बन्धी व्यवस्था ३. उपभोक्ता समिति दर्ता गर्नुपर्ने (१) नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजनाका लागि प्रचलित कानून बमोजिम गठन भएका उपभोक्ता समितिको दर्ता नगरपालिकामा वा सम्बन्धित वडा कार्यालयमा गर्न सकिनेछ | यसरी दर्ता भएका उपभोक्ता समितिको विवरण नगरपालिकाको एकीकृत अभिलेखमा समावेश गर्नुपर्नेछ। (२) उपभोक्ता समितिले अनुसूची-१ बमोजिमको ढाँचामा दर्ताका लागि निवेदन दिनुपर्नेछ र निवेदनसाथ देहायका कागजात संलग्न गर्नुपर्नेछ- (क) आमभेलाको निर्णयको प्रतिलिपि, (ख) आमभेलाको उपस्थितिको विवरण, (ग) उपभोक्ता समिति गठन भएको निर्णय, (घ) समितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि, @) अनुसूची-४ बमोजिमको विधान दुई प्रति, (च) समितिको छाप, (छ) आयोजना सम्बन्धी विवरण, (ज) दर्ता गर्ने बिषयमा अधिकार प्रत्यायोजन गरेको निर्णय ४. दर्ता अधिकारी र दर्ता प्रमाणपत्र