Notice Park
Nepal Telecommunications Authority
Press Release

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

Summary

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको परिचालनमार्फत देशभर उच्च क्षमताको, भरपर्दो तया सुरक्षित दूरसञ्चार पूर्वाधार विस्तार गर्ने उद्देश्य अनुरूप विभिन्न परियोजनाहरु कार्यान्वयन गर्दै आएको छ। यसै क्रममा आज मिति 2063/06/23 मा एक कार्यक्रम आयोजना गरी गण्डकी तया लुम्विनी प्रदेशमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Telecommunications Authority
Industry
Gov. Authority/Autonomo. Body
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

KEES oa HT) Ye, we विज्ञप्ति नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको परिचालनमार्फत देशभर उच्च क्षमताको, भरपर्दो तया सुरक्षित दूरसञ्चार पूर्वाधार विस्तार गर्ने उद्देश्य अनुरूप विभिन्न परियोजनाहरु कार्यान्वयन गर्दै आएको छ। यसै क्रममा आज मिति 2063/06/23 मा एक कार्यक्रम आयोजना गरी गण्डकी तया लुम्विनी प्रदेशमा सूचना महामार्ग निर्माण गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडवीच सम्झौतामा हस्ताक्षर कार्य सम्पन्न भएको छ। माननीय सूचना तया सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाज्यूको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष श्री अर्जुन घिमिरेज्यू र नेपाल दूरसञ्चार कम्पनी लि.का प्रवन्ध निर्देशक श्री संगीता पहाडीज्यूले सम्झौतामा हस्ताक्षर गर्नुभयो । यसपरियोजनाअन्तर्गत कूल २,२१६ किलोमिटर अप्टिकल फाइवर नेटवर्क निर्माण तथा ५५ वटा उच्च क्षमताका राउटर र २द वटा OWOM उपकरण जडान गरिनेछ। यसवाट दुवै प्रदेशका १९४ स्यानीय तहमा उच्च गतिको व्रोडव्यान्ड पहुँच विस्तार गर्ने लक्ष्य रहेको छ। परियोजना ३६ महिनाभित्र सम्पन्न गर्ने गरी ग्रामीण दूरसञ्चार विकास कोषबाट करसहित बधिकतम रु. २ गर्व १ करोडसम्मको लागत अनुदान उपलब्ध गराइनेछ। कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्रीज्यूले परियोजनाको सफल कार्यान्वयनका लागि आवश्यक समन्वय र सहकार्यमा जोड दिई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिनुभयो। यस परियोजनाको सफल कार्यान्वयनवाट Digital Divide TCT गरी डिजिटल रुपान्तरण एवं गर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाले उक्त परियोजना मार्फत डिजिटल कनेक्टिभिटी, उच्च क्षमताको दूरसञ्चार पूर्वाधारको मेरुदण्ड निर्माण हुने तथा गुणस्तरिय ब्रोडव्यण्ड ईन्टरनेट सेवामा जनताको पहुँच पुग्ने अपेक्षा व्यक्त गर्नुभयो। साथै मन्त्रालयको तर्फवाट परियोजना कार्यान्वयनका क्रममा आवश्यक सहजीकरण तथा समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो। विशेष अतिथि सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्री राजेन्द्र कुमार पौडेलज्यूले सावधानी पूर्वक छिटोछरितो रुपमा काम सम्पन्न गर्न जोड दिनुभयो। साथै, परियोजनाको सफल कार्यान्वयनवाट सुशासन कायम गर्न मद्दत पुग्ने, आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा समेत व्यक्त गर्नुभयो। प्राधिकरणका यध्यक्षज्यूले परियोजनाको समयमै गुणस्तरीय कार्यान्वयन तथा कोषको प्रभावकारी उपयोगमा जोड दिनुभयो। कम्पनीका प्रवन्ध निर्देशकज्यूले निर्धारित समयभित्र परियोजना सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। यस परियोजनाको सफल कार्यान्वयनबाट गण्डकी तथा लुम्विनी प्रदेशमा उच्च क्षमताको सूचना महामार्ग निर्माण भई सेवा प्रदायकहरुले सहप्रयोग गर्न सक्ने फलस्वरूप उक्त प्रदेशका दुर्गम तया ग्रामीण क्षेत्रसम्म विध्यमान डिजिटल विभाजन न्यूनीकरण भई ई- शिक्षा, टेलिमेडिसिन, ई--गभर्नेन्स, डिजिटल बित्तीय सेवा तथा विपद्व्यवस्थापन लगायतका विभिन्न आयामहरुमा महत्वपूर्ण योगदान पुग्ने विश्चास लिइएको छ। निर्धारित समयसीमामा परियोजनाको कार्यान्वयन र गुणस्तर सुनिश्चित गर्दै ग्रामीण दूरसञ्चार विकास कोषको पारदर्शी तथा नतिजामुखी उपयोग गर्न प्राधिकरण प्रतिवद्ध रहेको छ । मिन प्रसाद गर्याल नेपाल दूरसञ्चार प्राधिकरण मितिः २०८३/०६/२३

Like

0

Views

1

Comments

0

Share

0

Save

Report