प्रेस विज्ञप्ति
Summary
शर्त तथा प्रचलित कानूनी बमोजिम सेवा सञ्चालन गरे/नगरेको सम्बन्धमा यस प्राधिकरणबाट गरिएको निरीक्षण तथा जाँचबुझ प्रतिवेदन समेतका आधारमा तपशिल बमोजिमका उल्लिखित १४ वटा इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणबाट जारी गरिएको अनुमतिपत्रको शर्तको विपरीत हुने गरी कार्य गरेको पाइएकाले दूरसञ्चार ऐन, २०५३ को दफा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- eb2c55e4-a4ef-4e1d-856d-98743385b304.pdfPDF · 1 page · 1.1 MBOpen
Key details
- Organization
- Nepal Telecommunications Authority
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल दूरसञ्चार प्राधिकरण "जमल, काठमाडौँ प्रेस विज्ञप्ति नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इमेल सहित) सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले अनुमतिपत्रको शर्त तथा प्रचलित कानूनी बमोजिम सेवा सञ्चालन गरे/नगरेको सम्बन्धमा यस प्राधिकरणबाट गरिएको निरीक्षण तथा जाँचबुझ प्रतिवेदन समेतका आधारमा तपशिल बमोजिमका उल्लिखित १४ वटा इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणबाट जारी गरिएको अनुमतिपत्रको शर्तको विपरीत हुने गरी कार्य गरेको पाइएकाले दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम जनही रु.५०,०००|- (पचास हजार रुपैयाँ मात्र) जरिवाना गर्ने निर्णय यस प्राधिकरणबाट गरिएको छ । साथै, उक्त कार्यबाट कुनै ग्राहकलाई हानी-नोक्सानी हुन गएको भए त्यस्ता ग्राहकले माग गरेको खण्डमा हानिनोक्सानीको बिगो वा सो वापत क्षतिपूर्ति भराउने र प्राधिकरणबाट स्वीकृति नलिई सञ्चालन गरिएका सम्पूर्ण इन्टरनेट सेवाका प्याकेज/शुल्क तत्काल बन्द गरी यस प्राधिकरणलाई जानकारी गराउन सम्बन्धित सेवा प्रदायकहरुलाई निर्देशन दिइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकहरूले दूरसञ्चार ऐन, २०५३ बमोजिम दूरसञ्चार सेवाका जुनसुकै प्याकेज/शुल्क अनिवार्य रूपमा प्राधिकरणबाट स्वीकृत गराएर मात्र लागू गर्न निर्देशन दिइएको छ। साथै, प्राधिकरणको स्वीकृति विना कुनै पनि प्याकेज/शुल्क सञ्चालन नगर्न र प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका शर्तहरूको पूर्ण पालना गरी सेवा संचालन गर्न सम्पूर्ण दूरसंचार सेवा प्रदायकहरूलाई यसै बिज्ञप्तिमार्फत निर्देशन समेत दिइएको छ। तपशिल: एरोनेट प्रा. लि., त्रिपुरेश्वर, काठमाडौँ ।8 | पोखरा इन्टरनेट प्रा. लि., गैरापाटन, पोखरा 2 | ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेशन प्रा. लि., सानेपा, सुबिसु लिमिटेड, बालुवाटार, काठमाडौँ Ee क्लासिक टेक प्रा. लि., नयाँ बानेश्वर, काठमाडौँ 11 भायानेट कम्युनिकेसन्स लिमिटेड, जावलाखेल, i ललितपुर 5 | डिश मिडिया नेटवर्क fer, भैंसेपाटी, ललितपुर 12 वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रा. लि., a i धुम्बाराही, काठमाडौं । 6 | फाइबरवर्ल्ड कम्युनिकेशन प्रा. fer, देवचुली, नवलपुर वाइफाइ नेपाल प्रा. लि., लगनखेल, ललितपुर 7 | फर्स्ट लिङ्क कम्युनिकेशन प्रा. लि., दमक, झापा वर्ल्डीलिङ्क कम्युनिकेसन्स लिमिटेड, जावलाखेल, ललितपुर मिन 4 प्रवक्ता २००२/०६/२७