Notice Park
Mapya Dudhkoshi Rural Municipality
Guidelines

उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ (भाग २)

Summary

स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा कार्यक्रमहरूमा प्रत्यक्ष लाभग्रही नागरिकको सहभागिता, अपनत्व, पारदर्शिता, जवाफदेहिता, मितव्ययिता तथा प्रभावकारिता कायम गर्न उपभोक्ता समितिको गठन, दर्ता, नवीकरण, परिचालन, अभेलेखीकरण, खारेजी, अनुगमन तथा व्यावस्थापनलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले स्थानीय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mapya Dudhkoshi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र माप्य दुधकोशी गाउँपालिकाद्वारा प्रकाशित खण्ड ९) खास्ताप, सोलुखुम्बु, २०८३ साल असोज २३ गते (संख्या १ भाग २ उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावनाः स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा कार्यक्रमहरूमा प्रत्यक्ष लाभग्रही नागरिकको सहभागिता, अपनत्व, पारदर्शिता, जवाफदेहिता, मितव्ययिता तथा प्रभावकारिता कायम गर्न उपभोक्ता समितिको गठन, दर्ता, नवीकरण, परिचालन, अभेलेखीकरण, खारेजी, अनुगमन तथा व्यावस्थापनलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी कार्यपालिकाले यो कार्यविधि बनाई जारी गरिएको छ । आज्ञाले (कृष्ण पौडेल) प्रमुख प्रशासकीय अधिकृत खण्ड ९) खास्ताप, सोलुखुम्बु, २०८३ साल असोज २३ गते (संख्या १ १. संक्षिप्त नाम र प्रारम्भ: (१) यो कार्यविधिको नाम “उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३” रहनेछ। (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएको मितिबाट प्रारम्भ हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (क) "अध्यक्ष" भन्नाले उपभोक्ता समितिको अध्यक्षलाई जनाउनेछ | (ख) "आयोजना" भन्नाले गाउँपालिका मातहत, अन्य सरकारी निकाय वा अन्तर्गतको पूर्ण वा आंशिक लागत साझेदारीमा सञ्चालित आयोजना/परियोजना/योजना/कार्यक्रमलाई जनाउनेछ। (ग "उपभोक्ता" भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने क्षेत्रभित्रका व्यक्तिलाई जनाउनेछ। "उपभोक्ता समिति" भन्नाले निर्माण कार्यबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरुले कुनै निर्माण कार्यको, सञ्चालन, मर्मत सम्भार गर्नको लागि आफूहरूमध्येबाट गठन गरेको समिति सम्झनु पर्छ। "गाउँपालिका" भन्नाले माप्य दुधकोशी गाउँपालिकालाई जनाउनेछ। “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई जनाउनेछ। (छ "सम्झौता" भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन एवम्‌ मर्मत सम्भार गर्नको लागि कार्यालय र उपभोक्ता समितिवीच भएको लिखित करारनामा वा कबुलियतनामालाई जनाउनेछ। "दर्ता अधिकारी” भन्नाले प्रमुख प्रशासकीय अधिकृतलाई जनाउनेछ । सो शब्दले गाउँ कार्यपालिकाको कार्यालयमा संघ संस्था दर्ता गर्ने अधिकृत समेतलाई जनाउनेछ (घो (ङ) (चो (जो | ३. उपभोक्ता समिति दर्ता गर्नु पर्नेः (१) प्रचलित कानून बमोजिम गाउँपालिका क्षेत्र भित्र सञ्चालन हुने संघीय, प्रदेश तथा गाउँपालिका अन्तर्गतका आयोजनाको कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिको दर्ता गाउँपालिकाको कार्यालयमा दर्ता गर्न देहाय बमोजिमका कागजपत्रहरु संलग्न गरी अनुसूची-१ वमोजिमको ढाँचामा दर्ताको लागि निवेदन दिनु पर्नेछ। (क) उपभोक्ता समितिको नामावली उल्लेख भएको सम्बन्धित वडाको सिफारिस, (ख) वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहवरमा बसेको आमभेलाको निर्णय प्रतिलिपी, (ग) दर्ता गर्ने विषयमा अधिकार प्रत्यायोजन गरेको निर्णय, a खण्ड ९) खास्ताप, सोलुखुम्बु, २०८३ साल असोज २३ गते (संख्या १ (घ) कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी, ©) अनुसूची-४ बमोजिमको ढाँचामा २ (दुई) प्रति विधान | (२) माथि उल्लेखित कागजातहरुको आवश्यक जाँचबुझ गरी दर्ता अधिकारीले सम्वन्धित उपभोक्ता समितिलाई अनुसूची-२ बमोजिमको ढाँचामा दर्ता प्रमाणपत्र उपलब्ध गराउनेछ । दर्ता नम्बर उपलब्ध गराउनु पर्ने: दर्ता अधिकारीले माप्य दुधकोशी गाउँपालिकाको कार्यालयमा दर्ता भएका उपभोक्ता समितिलाई दर्ता नम्बर खुलाई प्रमाण-पत्रमा उपलब्ध गराउनु पर्नेछ । - उपभोक्ता समितिको दर्ता प्रकृति : (१) यस कार्यविधि बमोजिम गरिएको उपभोक्ता समिति दर्ता सम्बन्धित आयोजना/कार्यक्रम कार्यान्वयन प्रयोजनका लागि गाउँपालिकाको अभिलेखमा गरिएको दर्ता हुनेछ। (२) यस्तो दर्ताले उपभोक्ता समितिलाई छुट्टै स्थायी कानूनी व्यक्तित्व, गैरसरकारी संस्था वा कम्पनीको हैसियत प्रदान गर्ने छैन। - दर्ता नभई योजना सम्झौता गर्न aga: कार्यविधिको दफा (३) बमोजिम दर्ता नभएका उपभोक्ता समितिसँग गाउँ कार्यपालिकाले योजना सम्झौता गर्ने छैन। . उपभोक्ता समिति नवीकरण सम्बन्धी व्यवस्था: (१) सार्वजनिक निर्माण कार्यका लागि गठन भएको उपभोक्ता समिति प्रचलित कानून वमोजिम दर्ता भएको तथा वार्षिक रुपमा नवीकरण गरेको आधारमा निरन्तर सञ्चालनमा रहनेछन्‌। नवीकरण गर्नको लागि सम्बन्धित उपभोक्ताहरुको आमभेला गराई उपभोक्ता समितिलाई निरन्तरता दिने निर्णय भएको हुनु पर्नेछ। (२) उपभोक्ता समितिलाई निरन्तरता दिने वा नदिने विषयमा सम्बन्धित उपभोक्ता समितिले आर्थिक वर्ष समाप्त भएको प्रथम त्रैमासिक भित्र निर्णय गर्नु पर्नेछ । . उपभोक्ता समितिका पदाधिकारी परिवर्तन सम्बन्धी व्यवस्था : (१) विशेष कारणले कुनै पदाधिकारी परिवर्तन गर्नुपर्ने भएमा आम भेलाको निर्णयबाट गर्नु पर्नेछ | २) पदाधिकारी परिवर्तन भएको विवरण कार्यालयमा पेश गरी अभिलेख अञ्चार्वच्चेक गराउनु पर्नेछ। (३) कार्यालयको स्वीकृति वा अभिलेख अद्यावधिक नगरी बैंक खाता तथा आर्थिक कारोवारमा पदाधिकारीको विवरण परिवर्तन गर्न पाइने छैन। उपभोक्ता समितिको दर्ता शुल्क सम्बन्धी व्यवस्थाः गाउँपालिका अन्तर्गत दर्ता भएका उपभोक्ता समितिका लागि लाग्ने दर्ता तथा नवीकरण शुल्क गाउँपालिकाको आर्थिक ऐनले निर्धारण गरे बमोजिम हुनेछ । १०. १ 0 YR: १३. १४. १५. १६. खण्ड ९) खास्ताप, सोलुखुम्बु, २०८३ साल असोज २३ गते (संख्या १ उपभोक्ता समितिको लगत राम्नुपर्नेः दर्ता अधिकारीले कार्यालयमा दर्ता हुन आएका उपभोक्ता समितिको लगत अनुसूची-३ को ढाँचामा राख्नु पर्नेछ। - उपभोक्ता समितिको अनुगमन नियमन सम्बन्धी व्यवस्था: (१) गाउँपालिकाले नियमानुसार दर्ता भएका उपभोक्ता समितिको अनुगमन नियमन गर्न सक्नेछ । (२) अनुगमन गर्ने क्रममा प्रचलित कानूनको बर्खिलाप हुने गरी कुनै कार्य गरेको पाईएमा प्रमुख प्रशासकीय अधिकृतले त्यस्तो समितिलाई सचेत गराउने वा दर्ता खारेजी वा दुवै कारवाहीको लागि आदेश दिन सक्नेछ | अन्य संस्थाबाट समेत कार्य गराउन सकिने: (१) यस कार्यविधि बमोजिम उपभोक्ता समितिबाट गरिने कार्यहरु विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता समूह, समुदायिक स्तरका सहकारी संस्थाहरु, जल उपभोक्ता संस्था, आमा समूह, कृषक समूह, टोल विकास संस्था लगायतका कानून बमोजिम दर्ता भएका अन्य सामुदायिक संघ संस्था वा समितिहरु जस्ता संस्थाहरुलाई आफ्नो विषय क्षेत्रसँग सम्बन्धित आयोजनामा स्थानीय उपभोक्ताहरुको आमभेलाबाट निर्णय भई आएमा यस कार्यविधि बमोजिम कार्य गराउन सकिनेछ। (२) उपदफा (१) बमोजिमको अवस्थामा छुट्टै उपभोक्ता समिति दर्ता गर्नु पर्ने छैन। जिम्मेवारी र अभिलेख हस्तान्तरण: (१) उपभोक्ता समिति पुनर्गठन हुँदाको अवस्थामा आर्थिक कारोबारको विवरण माइन्युट लगायतका अभिलेख पुनर्गठित समितिलाई हस्तान्तरण गर्नु पर्नेछ। आयोजना सम्पन्न भएपछि सार्वजनिक निर्माणसँग सम्बन्धित कागजात गाउँपालिकामा बुझाउनु पर्नेछ । कार्यविधिमा संशोधनः (१) यस कार्यविधिमा गाउँपालिकाले आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ। बाधा अड्काउ फुकाउन सक्नेः (१) यस कार्यविधिमा उल्लेखित मापदण्डको कुनै प्रावधानको कार्यान्वयनमा द्विविधा उत्पन्न भई कार्यान्वयनमा बाधा आइपरेमा गाउँपालिकाले बाधा अड्काउ फुकाउ गर्न सक्नेछ। बचाउ र खारेजी: (१) यस कार्यविधि भन्दा अगाडि दर्ता भएका उपभोक्ता समितिहरु यसै कार्यविधि बमोजिम दर्ता भएको मानिनेछ। यस कार्यविधिमा उल्लेख भएका कुरा यसै कार्यविधि अनुसार र उल्लेख नभएका कुराहरु प्रचलित कानून अनुसार हुनेछ । (२) यस कार्यविधिमा उल्लेखित कुनै कुरा सङ्घीय र प्रादेशिक कानूनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ। (३) यस कार्यविधि भन्दा अगाडि दर्ता भएका उपभोक्ता समितिहरु यसै कार्यविधि बमोजिम दर्ता भएको मानिनेछ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report