Notice Park
Mapya Dudhkoshi Rural Municipality
Guidelines

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८३ सञ्चालन सम्बन्धी सूचना

Summary

यस माप्य दुधकोशी गाउँपालिका माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८३ मिति २०८३/०५/३१ गतेको कार्यापालिका बैठकको निर्णय अनुसार मिति २०८३/०८/१८ गते देखि गाउँपालिका रंगशाला (कोर्कु) मा सञ्चालन हुने भएकाले देहायका शर्तहरु पालना गर्ने गरी यस गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mapya Dudhkoshi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

माप्प दुधकोशी गाउँपालिका , गाउँ कार्यपालिकाको कार्यालय खास्ताप, सोलुख्नुम्बु कोशी प्रदेश, नेपाल सूचना न : ०८ ४/२०८३/८४ गि? [तया] (प्रथम पटक २०८३/०६/१९) यस माप्य दुधकोशी गाउँपालिका माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८३ मिति २०८३/०५/३१ गतेको कार्यापालिका बैठकको निर्णय अनुसार मिति २०८३/०८/१८ गते देखि गाउँपालिका रंगशाला (कोर्कु) मा सञ्चालन हुने भएकाले देहायका शर्तहरु पालना गर्ने गरी यस गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण माध्यमिक विद्यालयहरुलाई प्रतियोगितामा सहभागिताका लागि यो सूचना प्रकाशन गरिएको छ। १.प्रतियोगितामा सहभागीहरु १८ वर्ष भन्दा मुनि कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत छात्र/छात्रा हुनुपर्नेछ | २,प्रतियोगितामा सहभागीहरुले अनिवार्य जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ । ३. प्रतियोगितामा भाग लिने प्रत्येक खेलाडीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका २०७० (संशोधन सहित) को अनुसुचि १ बमोजिमको फारम सम्बन्धित विद्यालयको प्र.अ. लाई प्रमाणित गराई यस कार्यालयमा पैश गर्नुपर्नेछ र प्र.अ. ले प्रमाणित गरेको विवरण सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा प्र.अ. स्वयम जिम्मेवार हुनुपर्नेछ । ४.प्रतियोगितामा सहभागी खेलाडीको पोसाक, विद्यालयको झण्डा र प्रतियोगितामा सहभागी खेलाडीहरुको यातायात, खाना, बास लगायतका अन्य सम्पुर्ण खर्च सम्बन्धित विद्यालय आफैले व्यवस्था गर्नुपर्नेछ | ५,एक जना खेलाडीले एथलेटिक्स तर्फ एक ट्रयाक दुई फिल्ड वा एक फिल्ड दुई ट्रयाकमा तथा मार्सल आर्ट तर्फ कराते र तेक्वान्दोको एक विधामा मात्र सहभागी हुन पाइनेछ | एथलेटिक्स तर्फ १५०० मिटर र ३००० मिटरको दौडमा एक विद्यालयबाट बढीमा छात्र/छात्रा २/२ जना सहभागी हुन सक्नेछन र अन्य एथलेटिक्सका सबै विधामा एक विद्यालयबाट छात्र/छात्रा १/१ जना मात्र सहभागी हुन पाउनेछन | ६, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका- २०७०(संशोधन) अनुसूची ४ बमोजिमका (उसु बाहेक) सबै खेलका इभेन्टहरु हुनेछन । ७.,पुरस्कारहरु : प्रथम, द्वितिय,तृतिय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा क्रमश नियमानुसार नगद रकम तथा सम्पूर्ण विजेता खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ। खेलाडी दर्ता : मिति : २०८३/०६/१७ गते (खेलाडीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिप र सहभागी फाराम प्र.अ.ले प्रमाणित गरी अनिवार्य पेश गर्नुपर्नेछ। ८. टिम दर्ता स्थान : माप्य दुधकोशी गाउँ कार्यपालिकाको कार्यालयको शिक्षा,युवा तथा खेलकुद शाखा | थप जानकारीका लागि सम्पर्क : नट गौरव राई (उपाध्यक्ष) ९८४२९२२७६७ गजेन्द्र भट्टराई ९८४९५१७९३३ र नवराज राई ९८६२९५२९१० नोट : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका क्रममा खेलाडीहरु घाइते भएमा वा अन्य कुनै प्रकारको नोक्सानि भएमा वा कुनै अप्रिय घटना भएमा आयोजक जिम्मेवार हुने छैन | प्रमुख प्रशासकीय अधिकृत “पर्यटन र कृषि : समुन्नत, सुखी र खुसी माप्य दुधकोशी” Website: mapyadudhkoshimun.gov.np Email: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report