सोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
Summary
fava: आरोपपत्र दायर गरिएको | सोताङ गाउँपालिका, सोलुखुम्बुमा आ.व.२०८०/०८१ मा ९० कार्य दिनको ढाका सिलाइ बुनाइ तालिम सञ्चालन भई समापन पश्चात सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईले तालिम प्रशिक्षकको रूपमा काम दिलाए वापत रू.४५,०००१- (पैंतालीस हजार रूपैयाँ) माग गरी निज उपाध्यक्षले छोरा सुनिल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1d6bcd19-ea31-4f0d-b87e-ea5938009764.pdfPDF · 1 page · 320 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2080/81
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०५।३१ गते। सोताङ गाउँपालिका, सोलुखुम्बुमा आ.व.२०८०/०८१ मा ९० कार्य दिनको ढाका सिलाइ बुनाइ तालिम सञ्चालन भई समापन पश्चात सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईले तालिम प्रशिक्षकको रूपमा काम दिलाए वापत रू.४५,०००१- (पैंतालीस हजार रूपैयाँ) माग गरी निज उपाध्यक्षले छोरा सुनिल नाछिरिङ राईको बैंकमा रहेको खाताको QR CODE मा हाल्न लगाएको हुँदा निजलाई छानविन गरी कारवाही हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा सोताङ गाउँपालिकाका उपाध्यक्ष प्रतिवादी अन्जु नाछिरिङ राईले आफ्नो alee एवं सो सम्बन्धी पदीय जिम्मेवारी बहन गर्ने क्रममा गाउँपालिकाबाट ढाका बुनाई तालिमको प्रशिक्षकको रूपमा काम दिलाए दिलाउन लगाए तथा तालिममा सहजीकरणसमेत गरे गराए वापत अर्का प्रतिवादी सुनिल नाछिरिङ राईसमेतको मिलेमतोमा आफ्नो निमित्त घुस/रिसवत लिए लिन लगाएको, कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा बिगो रू.४५,०००%-(पैंतालीस हजार रूपैयाँ) कायम गरी निज अन्जु नाछिरिङ राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ। साथै, प्रतिवादी सुनिल नाछिरिङ राईले सोताङ गाउँपालिकाका उपाध्यक्ष अन्जु नाछिरिङ राईसँगको मिलेमतोमा ढाका बुनाइ तालिमको प्रशिक्षकको रूपमा काम दिलाए दिलाउन लगाए तथा तालिममा सहजीकरणसमेत गरे गराए बापत सेवाग्राहीबाट रू.४५,०००१- Gara हजार रूपैयाँ) घुस/रिसवत वापतको रकम लिई सोताङ गाउँपालिकाका उपाध्यक्ष अन्जु नाछिरिङ राईसमेतका निमित्त रिसवत उपलब्ध गरे गराई प्रयोग प्रचलनमा समेत ल्याए/ल्याउन लगाएको, निज सुनिल नाछिरिङ राईको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा बिगो रू.४५,०००%- arta हजार रूपैयाँ) कायम गरी निज सुनिल नाछिरिङ राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने