शिक्षक बैङ्क व्यवस्थापन कार्यविधि, २०८३
Summary
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (ज) मा रहेको विद्यालयको शिक्षासम्बन्धी काम, कर्तव्य र अधिकारलाई कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी बाह्ृदशी गाउँपालिकाको मिति २०८३।०६।१५ को बैठकले शिक्षक बैङ्क व्यवस्थापन कार्यविधि, २०८३ स्वीकृत गरेको छ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1f94e6c2-8369-4af0-a44d-eaf4271e2c36.pdfPDF · 10 pages · 510 KBOpen
Key details
- Organization
- Bahradashi Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय राजपत्र बाह्रृदशी गाउँपालिका द्धारा प्रकाशित खण्ड १०), झापा, कोशी प्रदेश, नेपाल, असोज १५ गते २०८३ (संख्या १ भाग २ बाह्ृदशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको सचना [NG शिक्षक बैङ्क व्यवस्थापन कार्यविधि, २०८३ गाउँकार्यपालिकाबाट स्वीकृत मिति :-२०८३।०६।१५ प्रमाणीकरण मिति :- २०८३।०६।१६ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (ज) मा रहेको विद्यालयको शिक्षासम्बन्धी काम, कर्तव्य र अधिकारलाई कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी बाह्ृदशी गाउँपालिकाको मिति २०८३।०६।१५ को बैठकले शिक्षक बैङ्क व्यवस्थापन कार्यविधि, २०८३ स्वीकृत गरेको छ। परिच्छेद-१ परिभाषाः १. सङ्क्षिप्त नाम र प्रारम्भ : (क) यस कार्यविधिको नाम बाह्ृदशी गाउँपालिकाको “शिक्षक बैङ्क व्यवस्थापन कार्यवधि, २०८३” रहेको छ। (ख) यो कार्यविधि बाह्ृदशी गाउँपालिका क्षेत्रभित्र लागु हुने | (ग) यो कार्यविधि कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मितिदेखि लागु हुनेछ | २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा, (क) " गाउँपालिका" भन्नाले बाहृदशी गाउँपालिकालाई सम्झनुपर्छ | (ग) “अध्यक्ष” भन्नाले बाह्ृदशी गाउँपालिकाको अध्यक्षलाई सम्झनुपर्छ | _(घ) “उपाध्यक्ष” भन्नाले बाह्ृदशी गाउँपालिकाको उपाध्यक्षलाई सम्झनुपर्छ | (ङ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले बाह्ृदशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनुपर्छ | (च) “शाखा प्रमुख " भन्नाले बाह्ृदशी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको प्रमुखलाई सम्झनुपर्छ | (ज) " अधिकृत” भन्नाले गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत अधिकृत सम्झनुपर्छ । (ट) “प्रधानाध्यापक भन्नाले" सामुदायिक विद्यालयको प्रधानाध्यापक पदमा कार्यरत शिक्षकलाई सम्झनुपर्छ | (ठ) "शिक्षक भन्नाले" सामुदायिक विद्यालयको शिक्षक पदमा नियमानुसार नियुक्त भई कार्यरत शिक्षकलाई सम्झनुपर्छ । (ड) “शिक्षक बैङ्क” भन्नाले बाह्रृदशी गाउँपालिकाले गाउँपालिकाभित्र अतिरिक्त शिक्षक व्यवस्थापनका लागि बनाएको शिक्षक बैङूकलाई जनाउँदछ | परिच्छेद-२ शिक्षक बैङ्क व्यवस्थापनको उद्देश्य १. सामुदायिक विद्यालयमा आवश्यक शिक्षकको व्यवस्थापन गर्ने । २. सिकाइ सुनिश्चितता, शैक्षिक क्षति न्युनिकरण र शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने |