Notice Park
National Human Rights Commission - Nepal
Press Release

आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर ।

Summary

आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर । सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा अनुगमनका लागि आयोगका माननीय सदस्य नेतृत्वको उच्चस्तरीय टोली आज टेक्‌स्थित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Human Rights Commission - Nepal
Industry
Commission
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 राष्ट्रिय मानव अधिकार आयोग National Human Rights Commission, Nepal केन्द्रीय कार्यालय central Office हरिहर भवन, पुल्चोक, ललितपुर, Harihar Bhawan, Pulchowk, Lalitpur, Nepal प्रेस-विज्ञप्ति ११ असोज, २००३ आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर । सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा अनुगमनका लागि आयोगका माननीय सदस्य नेतृत्वको उच्चस्तरीय टोली आज टेक्‌स्थित प्रहरी परीसर पुगेको थियो । सो क्रममा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको छ । अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो यस विषयमा समेत टोलीलाई जानकारी दिइएन । राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६६ को दफा ४, क मा आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानव अधिकार संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था उल्लेख छ । उल्लिखित संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ । अतः निष्पक्ष छानविन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । कु डा. टीकाराम पोखरेल प्रवक्ता (सहसचिव) फोन नं. ५०१००११, फ्याक्स नं. ००९७७-१-५५४७९७३ पो.ब.नं. ९१८२ काठमाण्डौ, नेपाल Phone: +977 1 5010015 Fax: +977 1 5547973, G.P.O. Box: 9182, Kathmandu, Nepal अडियो नोटिस बोर्ड सर्भिस नं. १६१५-०१-५०१००१५ Audio Notice Board Service Number 1618 01 5010015 Email: [email protected] Website: www.nhrcnepal.org

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.