Notice Park
National Human Rights Commission - Nepal
Call for Proposals

“३५ दिने सार्वजनिक सूचना (दोस्रो पटक)” आर्थिक वर्ष २०८३/०८४ का लागि मानव अधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी सहकार्य प्रस्ताव आह्वान सम्बन्धमा ।

9days left
Deadline 14 Nov 2026

Summary

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज संस्था, शैक्षिक संस्था, अनुसन्धान संस्था, व्यावसायिक संस्था तथा अन्य सम्बन्धित निकायहरूसँग सहकार्य तथा समन्वय गर्दै आएको छ। आयोगसँगको सहकार्य तथा समन्वयलाई थप…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Human Rights Commission - Nepal
Industry
Commission
Category
Call for Proposals
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© राष्ट्रिय मानव अधिकार आयोग ab हरिहर भवन, ललितपुर «३५ दिने सार्वजनिक सूचना (दोस्रो पटक)” आर्थिक af २०८३/०८४ का लागि मानव अधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी सहकार्य प्रस्ताव आह्वान सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज संस्था, शैक्षिक संस्था, अनुसन्धान संस्था, व्यावसायिक संस्था तथा अन्य सम्बन्धित निकायहरूसँग सहकार्य तथा समन्वय गर्दै आएको छ। आयोगसँगको सहकार्य तथा समन्वयलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाई मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा क्रियाशील संस्थाहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आर्थिक वर्ष २०८३/०८४ का लागि सहकार्य रोष्टर (Collaboration Roster) तयार गरिने भएकोले इच्छुक संस्थाहरूबाट प्रस्ताव आह्वान गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकार सहकार्य तथा समन्वय सम्बन्धी निर्देशिका, २०६९ बमोजिम मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा अध्ययन, अनुसन्धान, तालिम, प्रशिक्षण, कार्यशाला, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम, वकालत तथा अन्य मानव अधिकारसम्बन्धी गतिविधि सञ्चालन गर्न आयोगसँग सहकार्य गर्न इच्छुक संस्थाहरूले आयोगले तोकेको प्राप्त संस्थाहरूलाई त्रो ढाँचामा सहकार्य रोष्टरमा समावेश हुन प्रस्ताव पेश गर्न सक्नेछन्‌। प्त प्रस्तावहरूको तोकिएको मापदण्डबमोजिम प्रारम्भिक परीक्षण तथा मूल्याङ्कन गरी योग्य स्थाहरूलाई सहकार्य रोष्टरमा समावेश गरिनेछ। रोष्टरमा समावेश भएका संस्थाहरूसँग आयोगको आवश्यकता, प्राथमिकता तथा स्वीकृत कार्यक्रमका आधारमा सम्बन्धित कार्यक्रम वा गतिविधिमा सहकार्य गरिनेछ। सहकार्य रोष्टरमा समावेश हुनु मात्रले आयोगसँग सहकार्य गर्ने स्वतः अधिकार प्राप्त भएको मानिने छैन। प्रस्तावित कार्यक्रमको प्रकृति, उद्देश्य तथा कार्ययोजनाका आधारमा सहकार्यको अवधि देहायबमोजिम हुनेछः १. सहकार्यको अवधि १. ३ महिनासम्मका कार्यक्रम; २. ६ महिनासम्मका कार्यक्रम; ३.१ वर्षसम्मका कार्यक्रम; वा ४. आवश्यकता अनुसार विशिष्ट कार्यक्रम वा गतिविधि | २. प्रस्तावमा समावेश गर्नुपर्ने विवरण प्रस्तावमा कम्तीमा देहायका विवरणहरू समावेश हुनुपर्नेछः १. संस्थागत विवरण (Organization Profile); २. सहकार्य प्रस्ताव; ३. कार्यक्रमको उद्देश्य तथा औचित्य; ४. कार्यक्रम सञ्चालन हुने स्थान, लक्षित समूह तथा कार्यान्वयन अवधि; २. प्रमुख क्रियाकलापहरू; ६ ७ टर . विस्तृत कार्ययोजना (Work Plan); . अपेक्षित उपलब्धि; . आयोगको रणनीतिक योजना, वार्षिक कार्यक्रम वा प्राथमिकतासँग कार्यक्रमको सम्बन्ध; ९, कार्यक्रमको अनुमानित बजेट तथा वित्तीय स्रोतको विवरण; र १०. मानव अधिकारको क्षेत्रमा संस्थाको विगतको अनुभव तथा आयोगसँग भएको सहकार्यको विवरण (भएमा) । ३. प्रस्तावसँग संलग्न गर्नुपर्ने कागजात १. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि; २. संस्था नवीकरण प्रमाणपत्रको प्रतिलिपि; ३. समाज कल्याण परिषद्‌ आबद्धता प्रमाणपत्र (लागू भएमा); ४. PAN वा कर दर्ता प्रमाणपत्रको प्रतिलिपि; ५, संस्थाको विधान वा नियमावली; ६ ७ ct ९ १ . कार्यसमिति/सञ्चालक समितिका पदाधिकारीहरूको विवरण; . पछिल्लो वार्षिक प्रतिवेदन; . पछिल्लो लेखापरीक्षण प्रतिवेदन: . कार्यक्रमको वित्तीय स्रोत सुनिश्चित भएको प्रमाण; र आयोगले आवश्यक ठानेका अन्य कागजात | ४. प्रस्ताव मूल्याङ्कन तथा छनोट प्रक्रिया प्राप्त प्रस्तावहरूको तोकिएको मापदण्डबमोजिम प्रारम्भिक परीक्षण तथा मूल्याङ्कन गरिनेछ | योग्य ठहरिएका संस्थाहरूलाई सहकार्य रोष्टरमा समावेश गर्ने सम्बन्धमा सहकार्य समन्वय समितिले आवश्यक निर्णय गर्नेछ। रोष्टरमा समावेश भएका संस्थाहरूसँग आयोगको आवश्यकता तथा प्राथमिकताका आधारमा सम्बन्धित कार्यक्रम वा गतिविधिका लागि सहकार्य गरिनेछ। ५. आर्थिक व्यवस्था प्रस्तावित कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण आर्थिक दायित्व सम्बन्धित संस्थाको हुनेछ। आयोगले कुनै प्रकारको आर्थिक सहायता, अनुदान वा अन्य वित्तीय दायित्व वहन गर्ने छैन। प्रस्तावमा कार्यक्रमको अनुमानित बजेट, वित्तीय स्रोत (आन्तरिक वा वैदेशिक), वित्तपोषण गर्ने संस्था/निकाय तथा वित्तीय स्रोत सुनिश्चित भएको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। ६. प्रस्ताव पेश गर्ने अन्तिम मिति अन्तिम मिति : २०८३ कात्तिक २९ गते आइतबार समय : अपरान्ह ५ बजे प्रस्ताव पेश गर्ने स्थान : राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन, ललितपुर वा इमेलः [email protected] ७. अन्य व्यवस्था १. आवश्यक परे आयोगले थप विवरण, कागजात वा जानकारी माग गर्न सक्नेछ। २. तोकिएको समयावधिपछि प्राप्त भएका तथा अपूर्ण विवरण वा कागजातसहित पेश भएका प्रस्तावहरू स्वीकार गरिने छैनन्‌। ३. आयोगले प्राप्त प्रस्ताव स्वीकृत गर्ने, संशोधनसहित स्वीकृत गर्ने वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ। ४. आयोगबाट सम्बन्धित कार्यक्रम वा गतिविधिका लागि सहकार्य स्वीकृत भई सम्बन्धित महाशाखासँग आवश्यक समन्वय तथा, आवश्यक परे, सहकार्य सम्झौता सम्पन्न भएपछि मात्र कार्यक्रम सञ्चालन गर्न पाइनेछ। राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन, ललितपुर सहकार्य प्रस्तावको ढाँचा १. संस्थाको नाम : ९, कार्यक्रम सञ्चालन सहकार्य र अवधिः १०. प्रमुख क्रियाकलापहरू ११. विस्तृत कार्ययोजना (Work Plan) : १२. अपेक्षित उपलब्धि : १३. आयोगको रणनीतिक योजना, वार्षिक कार्यक्रम वा प्राथमिकतासँग कार्यक्रमको सम्बन्ध १५. आयोगसँग अपेक्षित सहकार्य :

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

9days left
Deadline 14 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.