Notice Park
Tamankhola Rural Municipality
Others

विज्ञप्ती

विज्ञप्ती

Summary

मिति २०८३/०६/०९ गतेदेखि मिति २०८३/०६/११ गतेसम्मको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाडी, पहिरो र डुवानले पुन्याएको ठूलो जनधनको क्षतिप्रति तमानखोला गाउँपालिका गहिरो दुःख व्यक्त गर्दछ। यस प्राकृतिक fran परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाजलि अर्पण गर्दै शोक सन्तस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tamankhola Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ee तमानखोला गाउँपालिका 2) गाउँ कार्यपालिकाको कार्यालय = बोगादोभान, बागलुङ "Wana गण्डकी प्रदेश, नेपाल बिज्ञप्ती मिति २०८३/०६/०९ गतेदेखि मिति २०८३/०६/११ गतेसम्मको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाडी, पहिरो र डुवानले पुन्याएको ठूलो जनधनको क्षतिप्रति तमानखोला गाउँपालिका गहिरो दुःख व्यक्त गर्दछ। यस प्राकृतिक fran परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाजलि अर्पण गर्दै शोक सन्तस परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै, घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं | यस विषम परिस्थितिमा तमानखोला गाउँपालिकाले विपद्‌ प्रभावित क्षेत्रहरूमा स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँगको समन्वयमा तत्काल उद्धार तथा राहत कार्य सुरु गरिसकेको जानकारी गराउँदछौं। हालसम्म गरिएका मुख्य कार्यहरू र वस्तुस्थिति निम्नानुसार रहेको छः © विपद्को दुःखद घटनामा तमानखोला गाउँपालिका वडा नं. ३ तमान (धनार्पुक) र वडा नं. ४ लाम्मेला (सन्तर) पूर्णरूपमा प्रभावित भई हालसम्म ४ जनाको मृत्यु भइसकेको र १ जना बेपत्ता भएको, ९ वटा घर बगाएको (सन्तर -७, धनार्पुक- २) तथा १२ वटा घर बस्न योग्य नभएको र ११ वटा घरहरू उच्च जोखिममा रहेका छन्‌। » विपद्‌ प्रभावित व्यक्तिहरूलाई जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गरी सुरक्षित स्थानमा राखिएको र राहत र उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन सञ्चार र समन्वका साथ स्रोत साधनलाई परिचालन गरिएको छ। ० गाउँपालिका भित्रका अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको छ भने केही सडकहरू सञ्चालनमा । आइसकेका छन्‌। अवरुद्ध खानेपानी, विधुत र सञ्चार सेवा सुचारु गर्न तिव्रता दिइएको छ। ५ वेपत्ता नागरिकको खोजी कार्यका लागि गाउँ विपद्‌ व्यवस्थापन समितिको समन्वयमा सुरक्षाकर्मीहरू, जनप्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, स्वयम्सेवकहरू र स्थानीयवासीहरू समन्वयात्मकरूपमा परिचालित भएका छन्‌। « प्रभावित क्षैत्रहरूमा विपद्को घटनाबाट भएको भौतिक तथा अन्य क्षतिको विवरण संकलन गर्ने कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको छ। बिपद्को यस घडीमा धैर्यता कायम राख र स्थानीय प्रशासनले जारी गरेका सुरक्षा सम्बन्धी सूचनाहरू पालना गर्न सम्पूर्ण आम नागरिकमा हार्दिक अपिल गर्दछौं। विपद्लाई यथाशिघ्र व्यवस्थापन गरी प्रभावित जनजीवन सामान्य बनाई राख सम्बन्धित सबैबाट आवश्यक समन्वयात्मक सहयोगको अपेक्षा सहित उद्धार र राहत कार्यमा निरन्तर खटिनुहुने जनप्रतिनिधि, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयम्सेवक, स्थानीय संघसंस्था र सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दछौं मिति : २०८३/०६/१३ गते, मंगलबार | अध्यक्ष ईमेल- [email protected] बेबसाइट- www. tamankholamungov.np |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.