प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
Summary
ad भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः | ad भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः | ग्यास भण्डारणगह निर्माणको अध्ययन सुरु gorkhapatraonline.com नेपालको लगातार वर्ष १२६ |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Ministry of Sports and Social Welfare, Madhesh Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
वर्ष प्रवेश वि.सं. १९५८ देखि निरन्तर प्रकाशित, बहुभाषी राष्ट्रिय दैनिक राष्ट्रिय संस्करण जो: गौरव RAGA ad भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः | ad भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः | ग्यास भण्डारणगह निर्माणको अध्ययन सुरु gorkhapatraonline.com नेपालको लगातार वर्ष १२६ | अङ्क १६१ | २०५३ साल असोज २८ गते बुधबार | आश्विन शुक्ल चतुर्थी | नेपाल संवत् ११४६ कौलाथ्व ४ | 2026 October 14 //९016500/ | पृष्ठ : १२५८५४ | मूल्य : दस रुपियाँ ७ 07-1-5514799 आरुघाटमा बेलिब्रिज बन्दै टीकाअघि ने यातायात सञ्चालन हुने हे a= = बुढीगण्डकी बाढीबाट क्षतिग्रस्त धादिङ-गोरखा जोड्ने आरुघाट पुल निर्माणका लागि बेलिब्रिज बोकेका मालवाहक ट्क । इन्सेटमा क्षतिग्रस्त पुल । भउचप्रसाद यादव काठमाडौँ असोज २७ गते बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र घादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन गर्न सरकारले तदारुकता देखाएको छ | प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार सो स्थानमा तत्काल अस्थायी बेलिब्रिज निर्माणका लागि सात ट्रक आवश्यक निर्माण सामग्री मङ्गलबार निर्माणस्थल पुन्याइएको छ। बुढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिका-९, नयाँ पुलस्थित गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुल बगाउँदा पुलको तीन खण्डमध्ये गोरखातिरको एउटा खण्ड बगाएको थियो | सडक डिभिजन कार्यालय हेटौँडाबाट पठाइएका ती निर्माण सामग्री गोरखा बजार हुँदै आरुघाट पुग्याइएको छ। आइतबार बिहान उत्तरी गोरखाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढीले पुलको i> फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो गोरखापत्र समाचारदाता काठमाडौँ असोज २७ गते फ्रान्समा विद्यार्थी आन्दोलन झन् चर्केको छ। मङ्गलबार फ्रान्सभर विरोध प्रदर्शन भयो। त्यहाँ विगत तीन सातादेखि विद्यार्थी आन्दोलन तीव्र रूपमा चर्किएको हो। आन्दोलनले बहुरूप लिँदै छ। महँगीको विरोध गर्दै प्रदर्शन गर्ने तयारी पनि हुँदै छ। शैक्षिक सुधार, शिक्षकको अभाव पूर्ति र विद्यालयहरूको जीर्ण अवस्था सुधार्नुपर्नेमाग राख्दै उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयका लाखौँ विद्यार्थी सडकमा उत्रिएका छन् । प्रदर्शनमा विद्यार्थीका साथै शिक्षक, अभिभावक र प्रमुख मजदुर सङ्गठनसमेत थपिएका छन्। हालैका प्रदर्शनमा देशभर साढे दुई लाखभन्दा बढी विद्यार्थी सडकमा ओर्लिएका थिए । विद्यार्थीले फोहोरका डब्बा र फर्निचर प्रयोग गरेर विद्यालयका प्रवेशद्वार बन्द गरिदिएका छन् । प्रदर्शनका क्रममा प्रहरी र >> बाँकी पृष्ठ२मा = सार्वजनिक जिम्मेवारी भएका व्यक्ति वा निकायलाई विश्वास गरी सुम्पिएको स्रोत र शक्ति जिम्मेवारीपूर्वक प्रयोग गरे/नगरेको स्पष्ट पार्ने दायित्व रहेको हुन्छ । ७ गोपीनाथ मैनाली बुढीगण्डकी बाढीले धादिङ-गोरखा जोड्ने आरुघाट पक्की पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि दुई जिल्लाबिच सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ | गोरखातर्फको २२ मिटर 'आरसिसी' भाग बगाएपछि दुई जिल्लाबिच सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। टीकाअघि नै यातायात सञ्चालन गरिने गोरखा सडक योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दसैँको टीका अघि नै सो बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम सुरु गरिएको जानकारी दिनुभयो। केही दिनभित्रै निर्माण सम्पन्न गरी दसैँको समयमा आवतजावतलाई सहज बनाउने लक्ष्य राखिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “उक्त बेलिब्रिज निर्माणका लागि हेटौँडाबाट पठाइएको आवश्यक सात ट्रक सामग्री विद्युतीय तार वन्यजन्तुलाई धराप बसन्त पराजुली नारायणगढ, असोज २७ गते हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा निर्माणस्थलमा आइपुगेको छ र तीन ट्रक थप सामग्री त्यहाँबाट आरुघाटका लागि हिँडाइसकिएको BI” उहाँले बुधबारदेखि पुलको जग खन्ने र ढलानको काम सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेना र सडक डिभिजनको टोलीले डोजर र एक्सामेटर प्रयोग गरी नदी किनारको लेदो तथा अवरोध पन्छाउने काम सुरु गरिसकेका छन्। बेलिब्रिज निर्माणका लागि आवश्यक सबै सामग्री उपलब्ध गराउने, पुलको जग र ढलानको 'काम तथा आवश्यक जनशक्ति सडक विभागमार्फत उपलब्ध गराइने छ भने पुल जडानको काम नेपाली सेनाको प्राविधिक फौजबाट हुने योजना प्रमुख पुनले स्पष्ट पार्नुभयो। पुल बगेलगत्तै नेपाली सेनाको Saas गणका प्राविधिक टोली र गोरखा सडक योजनाका अधिकारीले स्थलगत निरीक्षण गरी बेलिब्रिज जोड्ने सम्भाव्यता अध्ययन गरेका थिए। पुलको ६० मिटर लामो Ta संरचना अझै सुरक्षित रहेकाले त्यसमै थप भाग जोडेर बेलिब्रिज सञ्चालन गर्न लागिएको योजनाका प्रमुख इन्जिनियर पुनले जानकारी दिनुभयो। >> बाँकी पृष्ठ २मा पाँच सय सात जनाको SER गोरखापत्र समाचारदाता काठमाडौँ असोज २७ गते बुढीगण्डकी बाढीबाट प्रभावित गोरखाका विभिन्न क्षेत्रबाट नेपाली सेनाले दुई दिनमा ५०७ जनाको उद्धार गरेको छ । सेनाले प्रभावित क्षेत्रमा १३ हजार ९७० किलोग्राम खाद्यान्न तथा राहत सामग्री पनि ढुवानी गरेको छ। असोज २५ गते आएको बाढीबाट प्रभावित तथा सडक सम्पर्कविच्छेद हुँदा विभिन्न स्थानमा फसेका नागरिकलाई सेनाले हेलिकोप्टर र स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुग्याएको हो। उद्धार गरिएकामध्ये ३१ जना विदेशी नागरिक छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार असोज २६ गते ३२१ जनाको उद्धार गरिएको थियो। त्यस दिन हवाई साधनमार्फत ३०८ र स्थलमार्गबाट १३ जनाको उद्धार गरिएको थियो। सेनाले काठमाडौँबाट फिलिमसम्म छ हजार १७० किलोग्राम राहत सामग्रीसमेत पुन्याएको थियो । त्यस्तै असोज २७ गते थप १५६ जनाको उद्धार गरिएको Bl उद्धारका क्रममा ३१ विदेशी नागरिकसहित बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ। उक्त दिन प्रभावित क्षेत्रमा सात हजार आठ सय किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरिएको छ। सेनाले एमआई-१७ सहित चार वटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित टोलीमार्फत फिलिम, चुम्लिङ, आरुघाट, दोभान, बिही, लाक्पाल, सल्लेरी, उहिया, केरुङ र हुलचुकलगायत क्षेत्रबाट उद्धार तथा राहत कार्य सञ्चालन गरेको हो। बाढी प्रभावितका घरमा डुबानमा परेका सामान सुरक्षित स्थानमा सार्नसमेत सेनाको टोली परिचालन गरिएको निर्देशनालयले जनाएको छ | राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज २५ गते नौ विदेशी नागरिकसहित ९६ जनाको उद्धार गरिएको थियो। असोज २६ गते थप १० विदेशी नागरिकको उद्धार गरिएको थियो। प्राधिकरणको विपत् प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीका अनुसार बाढीका कारण जोखिममा परेका तथा सडक सञ्जाल अवरुद्ध हुँदा आवतजावत गर्न नसकी विभिन्न स्थानमा फसेका नागरिकलाई हवाई साधनमार्फत उद्धार गरिएको हो। प्राकृतिक प्रजननमार्फत ३३ वटा छावा जन्माउन सहयोग पुन्याएको रोनाल्डो नामको जङ्गली भाले हात्ती गत असोज ३ गते विद्युतीय तारमा परेर ST | बरन्डाभार वनक्षेत्रको कुमाल तालनजिकै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। झन्डै साढे दुई (दशकदेखि चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वनक्षेत्रमा देखिँदै आएको रोनाल्डोले विद्युत्को पोल ढालेर तार मुखमा चपाउँदा करेन्ट लागेको अवस्थामा मेटिएको थियो | निकुञ्जमा विद्युत् प्रवाह भएको तारमा परेर वन्यजन्तुको मृत्यु भएको रोनाल्डोको घटना पहिलो होइन। यसअघि २०६४ साल असोज २८ गते सौराहास्थित हात्ती प्रजनन केन्द्रमा रोमियो नामको जङ्गली भाले हात्ती पनि विद्युतीय घरापमा परेर मरेको थियो। रोमियो पनि प्रजनन केन्द्रको "ज्वाइँराजा' हात्ती थियो | चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको संरचनामा जोडिएको विद्युत्मा परेर हात्ती मात्रै हैन, गैँडा पनि मरेका छन् । २०७५ साल कात्तिक १५ गते सौराहामा हात्तीका लागि 'चेन फ्री क्यानल' (साङ्लोमुक्त क्यानल) मा जडान गरिएको बिजुलीको तारमा परेर गैँडा मरेको थियो। निकुञ्जका सूचना अधिकारी अविनाश मगरले निकुञ्जभित्र र बाहिरी मध्यवर्ती क्षेत्रमा गरी २०६४ सालयता करेन्ट लागेर दुई हात्ती, पाँच गैँडा र एक चितुवा मरेको जानकारी दिनुभयो | यसरी मरेकामध्ये दुई हात्ती र एक गैँडा निकुञ्ज कार्यालय र सेनाकै संरचनामा जोडिएका बिजुलीका तारमा परेका हुन् । 'लामो समयदेखि वन्यजन्तु संरक्षणको अभियानमा लागेका अभियन्ता अपिल घिमिरे निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा बनेका संरचनामा जडान गरिएका बिजुलीको तारमा परेर वन्यजन्तु घमाधम मर्नु चिन्ताको विषय भएको बताउनुहुन्छ | “वन्यजन्तुकै संरक्षणका लागि राखिएका निकुञ्ज तथा सेनाका पोस्टमै वन्यजन्तुको धराप हुने गरी बिजुली जडान गर्नु नै गलत थियो भन्ने तथ्यले पनि देखाएको छ,” उहाँले थप्नुभयो, “वन्यजन्तु ओहोरदोहे गर्नेस्थानमा जडान गरिने बिजुलीका तार वन्यजन्तुमैत्री जडान नगरिँदा समस्या भएको हो।" बिजुलीको तार जोखिम निकुञ्जको मध्यभागमा रहेको कसरामा निकुञ्जको मुख्यालय, निकुञ्ज सुरक्षाका लागि राखिएको नयाँ गोरख गणको मुख्यालय, सेनाकै श्री प्रकृति संरक्षण शिक्षालयलगायतका निकुञ्जसँग सम्बन्धित कार्यालय छन्। सो स्थानका लागि निकुञ्जबाहिरको झन्डै दुई किलोमिटर टाढा घैलाघारीबाट बिजुलीको तार लगेर जडान गरिएको 'छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जामगर निकुञ्जमित्र पोलमाथिबाटै तार तानिएको बताउनुहुन्छ। “वन्यजन्तुका लागि जोखिम मोलेर पनि तार तानेर बत्ती बाल्नुपर्ने बाध्यता छ," उहाँले भन्नुभयो। अहिले निकुञ्जमा रहेका us वटा निकुञ्ज र सेनाका पोस्टमध्ये ३९ वटामा बिजुली जडान छन्। यी सबैमा जडान गरिएको बिजुली कतै नाङ्गो तार त कतै 'कभर कन्डक्टर' (आवरणयुक्त विद्युत) तार जडान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको वितरण कार्यालय चनौलीका प्रमुख रुद्रराज विष्ट नाङ्गोभन्दा 'कभर कन्डक्टर' तार तुलनात्मक रूपमा सुरक्षित रहेको बताउनुहुन्छ तर शनाल्डो मरेको पनि 'कभर कन्डक्टर' तार छिनाएर पाएकाले हो। “निकुञ्जभित्रका संरचनामा जोडिएका तार निश्चय नै जेखिमपूर्ण छन्। यसको समाधान भनेको भूमिगत रूपमा बिजुलीका तार लगेर जडान गर्नु हो तर बजेटका हिसाबले यो महँगो प्रविधि हो," उहाँले भन्नुभयो। भरतपुरबाट माडी लैजाने बिजुलीको तार जमिनमुनिबाट भूमिगत गरिए पनि निकुञ्जमा कतै पनि सङ्घीयताको पहिचान 'प्रदेश' a अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्री र विशिष्ट पाहुना । बिराटनगर समाचारदाता विराटनगर, असोज २७ गते आवश्यक कानुन नबन्दा प्रदेश सरकारहरू आर्थिक तथा प्रशासनिक रूपमा कमजोर बनिरहेको निष्कर्षमा सातै प्रदेशका मुख्यमन्त्री सहमत देखिएका छन् | विराटनगरमा मङ्गलबारबाट आयोजित "अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन' मा सहभागी मुख्यमन्त्रीहरूले अधिकार हस्तान्तरणमा सङ्घीय सरकार अनुदार बन्दा प्रादेशिक विकास र सेवा प्रवाह अवरुद्ध भएको भन्दै साझा असन्तुष्टि व्यक्त गरेका हुन् | अधिकार माग्न मात्र नभई औचित्य पुष्टि गर्न सातै प्रदेश एकजुट भएर सङ्घीय सरकारसमक्ष डेलिगेसन जाने घोषणासमेत उनीहरूले गरेका छन् । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आयोजक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयताको वास्तविक पहिचान प्रदेश नै भएको स्पष्ट पार्दै प्रदेशलाई 'सेतो हात्ती' भनेर दुष्लचार गरिएको बताउनुभयो | मुलुकको कुल चालु खर्चमध्ये ९५ प्रतिशतभन्दा बढी हिस्सा सङ्घ र स्थानीय तहको रहेको तथ्य प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “प्रदेशहरूको खर्च करिब चार प्रतिशत मात्रै छ। खर्चको करिब ९५ प्रतिशत हिस्सा अन्यत्र हुने तर आरोप जति प्रदेशले खेप्नुपर्ने विडम्बनापूर्ण अवस्था छ ।” उहाँले अधिकार प्राप्तिका लागि अब गुनासो मात्र नगरी सातै प्रदेशका मुख्यमन्त्री काठमाडौँ गएर प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने पनि बताउनुभयो | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकारले प्रदेशलाई आवश्यक अधिकार र कानुन नदिई परिणाम खोजेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “हाम्रो खुट्टा बाँधिदिएर दौड भनियो अनि दौडिन नसक्दा उल्टै 'नाच्न जान्दैन आँगन टेढो' भनेको सुन्नुपर्ने विडम्बना छ ।” मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले वन्यजन्तु संरक्षणकै लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञको सुझाव छ । भूमिगत बिजुली जडान नगरिएको उहाँले बताउनुभयो। सुरक्षा पोस्टमा जडान गरिएका बिजुलीका तार वन्यजन्तुका लागि धराप बनेका छन्। रोनाल्डोको मृत्युको कारण र घटनाको अध्ययन गर्न गठित समितिका संयोजक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुसन्धान अधिकृत गणेश पन्त रोनाल्डोको मृत्युले निकुञ्जभित्र वन्यजन्तुको आवागमन हुने क्षेत्रमा विद्युत् व्यवस्थापन कति सुरक्षित छ भन्ने प्रश्न उठाएको बताउनुहुन्छ। “हामीले बिजुलीका तारका कारण भएका सम्भाव्य जोखिमबारे अध्ययन गरेका छौँ। अहिलेका तार अधिकांश जोखिममै भएका पाएका छौँ। यसलाई सुधार गर्न सुझाव दिन्छौँ,” उहाँले भन्नुभयो। वन्यजन्तुविद् डा. बाबुराम लामिछानेले निकुञ्जको पहिलो दायित्व वन्यजन्तुको संरक्षण नै भएको बताउनुभयो । वन्यजन्तु संरक्षणकै लागि भनेर गरिने निकुञ्जभित्र विद्युतीकरण नै जोखिम भए यसको विकल्प खोज्न सक्नुपर्ने तर्क उहाँको छ। ७ प्रदेशलाई अधिकारसम्पन्न र वित्तीय रूपमा सबल नबनाएसम्म सङ्घीय शासनप्रणाली सफल हुन नसक्ने साझा मत जाहेर © अधिकार हस्तान्तरणमा सङ्घीय सरकार अनुदार बन्दा प्रादेशिक विकास र सेवा प्रवाह अवरुद्ध भएको गुनासो प्रदेशहरू अधिकार माग्न मात्र नभई जिम्मेवारी लिन पनि तयार रहेको बताउनुभयो। प्रदेश प्रहरी ऐन बनेको पाँच वर्ष बितिसक्दा पनि समायोजन नहुनु र सङ्घले आफूखुसी सचिव पठाउने अभ्यासले प्रादेशिक स्वायत्तता कमजोर बनाएको उहाँको भनाइ थियो | बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सिंहदरबारको अधिकार प्रदेश राजधानीमा सार्नु मात्र सङ्घीयता नभएको स्पष्ट पार्नुभयो | जिम्मेवारीको दोहोरोपन र सङ्घसँगको समन्वय अभावले प्रदेशको संस्थागत क्षमता विकास हुन नसकेको उहाँले औँल्याउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारको असहयोगका कारण सङ्घीयता कार्यान्वयनको गाँठो फुक्न नसकेको बताउनुभयो। संसद्मा दर्ता भएको निजामती विधेयकले कर्मचारी संयन्त्रमा उत्साह भर्नुको साटो अन्योल सिर्जना गरेको उहाँको आरोप थियो | कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि कार्य विस्तृतीकरण र कानुन निर्माण नहुँदा क्षेत्राधिकारको विवाद कायमै रहेको उल्लेख गर्नुभयो। भौगोलिक विकटता खेपेको कर्णालीले प्रशासनिक तथा वित्तीय अधिकारको अभावमा >» बाँकी पृष्ठ रमा “विपत् व्यवस्थापनमा सहकार्य आवश्यक' गृहमन्त्री सुधन गुरुङ गोरखापत्र समाचारदाता काठमाडौँ असोज २७ गते गृहमन्त्री सुधन गुरुङले जलवायुजन्य far जोखिम न्यूनीकरण तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि बिम्स्टेक सदस्य राष्ट्रबिच क्षेत्रीय सहकार्य र समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेकको पहिलो गृहमन्त्रीस्ततीय बैठकलाई सम्बोधन गर्दै उहाँले आतङ्कवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह र साइबर अपराध नियन्त्रणका लागि प्रभावकारी सूचना आदानप्रदान तथा संयुक्त प्रतिकार्य आवश्यक रहेको बताउनुभयो । बैठकले क्षेत्रीय सुरक्षा सहकार्यलाई संस्थागत र प्रमावकारी बनाउने प्रतिबद्धतासहित दिल्ली घोषणापत्र जारी गरेको छ | बिम्स्टेक स्थापना भएको २९ वर्षपछि पहिलो पटक आयोजित गृहमन्त्रीस्तरीय बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृह तथा आन्तरिक सुरक्षासम्बन्धी मन्त्री सहभागी थिए| मन्त्री गुरुङले सम्मेलनमा सबैभन्दा कम उमेरको >> बाँकी पृष्ठ २मा २०८३ साल असोज २८ गते बुधबार २ 2026 October 14 Wednesday राष्ट्रिय जोरसवापत्र gorkhapatraonline.com दुई अध्यादेश जारी गोरखापत्र समाचारदाता काठमाडौँ असोज २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गर्नुभएको छ | उहाँले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्ले सिफारिस गरेका अध्यादेश जारी गर्नुभएको हो | राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले मङ्गलबार वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०५३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०५३ जारी गर्नुभएको हो | शिष्टाचार भेट राष्ट्रिय समाचार समिति काठमाडौँ असोज २७ गते परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार मेट गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार भएको भेटमा उहाँहरूबिच नेपाल र स्विट्जरल्यान्डबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार भएको भेटमा उहाँहरूबिच नेपाल-दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उहाँहरूबिच नेपालमा हालै आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ। समान अवसरका निम्ति संसद्को भूमिका महत्त्वपूर्ण गोरखापत्र समाचारदाता काठमाडौँ असोज २७ गते अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५३ औँ महासभा तथा सम्बद्ध बैठकमा सहभागी भई समामुख डोलप्रसाद अर्याल नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ | महासभामा समामुख अर्यालले सम्बोधन गर्नुका साथै विपत्सम्बन्धी नेपालको आकस्मिक प्रस्तावमा 'छलफलसमेत भएको थियो । प्रतिनिधिमण्डलका तर्फबाट विभिन्न सत्रमा नेपालले सहभागिता जनाएको थियो। आइपियुको महासभामा सभामुख अर्यालले सम्बोधन गर्दै सुशासन, समावेशी शासनप्रणाली, संस्थागत जवाफदेहिता, नागरिकको विश्वास अभिवृद्धि तथा सबै समुदायका लागि समान अवसर सिर्जना गर्न संसद्ले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै सभामुख अर्यालले नेपालका तर्फबाट प्रस्तुत गर्नुभएको भोटेकोशी विपतृसम्बन्धी आकस्मिक प्रस्ताव छलफलका लागि स्वीकृत मई छलफल भएको थियो | नेपाली प्रतिनिधिमण्डलका सदस्य रविनकुमार महतोले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउनुभएको थियो | उक्त सहभागितामा महतोले युवा नेतृत्व, संसदीय सहभागिता, लोकतान्त्रिक अभ्यास तथा दिगो विकासका विषयमा विभिन्न मुलुकका युवा सांसदबिच विचार आदानप्रदान गर्नुभएको थियो | प्रतिनिधिमण्डलका सदस्य झक्कुप्रसाद सुवेदीले एसिया प्रशान्त भूराजनीतिक समूहको बैठक तथा छलफलमा सहभागिता जनाउनुभएको थियो। प्रतिनिधिमण्डलका सदस्य डा. अञ्जान शाक्यले दिगो विकास स्थायी समितिको ब्युरो बैठकमा सहभागिता जनाउनुभएको थियो | शाक्यले दिगो विकास लक्ष्यमा नेपालका तर्फबाट हिमाल संरक्षणसम्बन्धी प्रस्तावसमेत प्रस्तुत गर्नुभएको थियो । उहाँले महिला र युवा संसदीय मञ्चमा समेत सहभागिता जनाउनुभएको थियो | महासभा बैठकमा समानान्तर आयोजना भएको संसद्का महासचिवहरूको सङ्घको बैठकमा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सहभागिता जनाउनुभयो । उक्त बैठकमा संसद्को व्यवस्थापकीय अभ्यास, संसदीय कार्यसम्पादन तथा विभिन्न मुलुकका संसद्का प्रशासनिक अनुभव आदानप्रदान भएको थियो । उक्त सत्रमा महासचिव पाण्डेयसँगै प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी तथा सहसचिव रेखा उपाध्याय खनालले सहभागिता जनाउनुभएको थियो | महासभाका अवसरमा सभामुख अर्यालले अस्ट्रेलिया, बेलायत, चीनलगायत मुलुकका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । आइपियुले नयाँ अध्यक्षमा अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकलाई निर्वाचित गच्यो | डिकको उम्मेदवारीलाई नेपालले पनि समर्थन गरेको थियो | आर्थिक र जलवायु कूटनीतिलाई प्राथमिकता' गोरखापत्र समाचारदाता काठमाडौँ असोज २७ गते संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित थप पाँच राजदूतको सुनुवाइ गरेको छ । समितिले सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो । प्रस्तावित १३ मध्ये नौ जनाको सुनुवाइ सकिएको, अब चार जनाको सुनुवाइ बाँकी छ । चरणवद्ध रूपमा समितिले बुधबार पनि सुनुवाइ गर्दै छ । समितिले मङ्गलबार जर्मनीका लागि प्रस्तावित सरु जोशी, इजरायलका लागि प्रस्तावित सुरेशकुमार कर्ण, ओमानका लागि प्रस्तावित पदमाक्षी राणा, कोरियाका लागि प्रस्तावित डा. सङ्गम श्रेष्ठ र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचनको सुनुवाइ गरेको छ। सिफारिस क्रम अनुसार अगाडि रहे पनि दुई प्रस्तावित राजदूतको सुनुवाइ बुधबारका लागि सारिएको छ । उजुरी परेका जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरिबहादुर सुनारको सुनुवाइ होल्डमा राखिएको हो | संसदीय सुनुवाइका क्रममा जर्मनीका लागि प्रस्तावित राजदूत जोशीले आर्थिक र श्रम कूटनीतिलाई कांग्रेस महाधिवेशन नतिजा सार्वजनिक हुने क्रम जारी गोरखापत्र समाचारदाता काठमाडौँ असोज २७ गते प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । सुनुवाइका क्रममा जोशीले जर्मनीसँगको व्यापार घाटा न्यूनीकरण, पर्यटन प्रवर्धन तथा श्रम आप्रवासनका क्षेत्रमा आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो । व्यापार घाटा न्यूनीकरणका लागि नेपालबाट गलैँचा, पस्मिना, हस्तकलालगायतका क्षेत्रको बजारीकरण र बजार विस्तारमा कूटनीतिक रूपमा सकेको पहलको प्रतिबद्धता पनि जोशीले समितिमा गर्नुभयो | इजरायलका लागि प्रस्तावित राजदूत कर्णले श्रमिकको हित, सूचना प्रविधिको आदानप्रदान तथा संसद् र नेपाली समुदायसँग सहकार्यको एजेन्डा प्रस्तुत गर्नुभयो । प्रस्तुतीकरणका क्रममा प्रस्तावित राजदूत कर्णले आफ्नो कार्ययोजना चार क्षेत्रमा केन्द्रित रहेको र सोही अनुसार कार्यसम्पादनमा जोड दिने प्रतिबद्धता पनि जनाउनुभयो । यस्तै ओमानका लागि प्रस्तावित राजदूत राणाले जलवायु, श्रम तथा आर्थिक कूटनीति आफ्नो प्राथमिकतामा रहने बताउनुभयो | संसदीय सुनुवाइमा अवधारणा पेस गर्दै राणाले श्रम आप्रवासन दुई देशबिचको मुख्य सम्बन्ध रहेको पनि बताउनुभयो | » प्रस्तावित राजदूतका घ दुत का योजना यस्तै कोरियाका लागि प्रस्तावित राजदूत डा. सङ्गम श्रेष्ठले दुई देशबिचमा प्रविधि हस्तान्तरण, व्यापार घाटा न्यूनीकरण र कोरियामा रहेका नेपाली नागरिकको हितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । श्रेष्ठले संविधान, नेपालको परराष्ट्र नीति र सरकारको नीतिमा रहेर कार्यसम्पादन गर्ने पनि जनाउनुभयो । कोरियामा ९१ हजारभन्दा बढी नागरिक रहेको बताउँदै उहाँले नागरिकको हित र सुरक्षाका क्षेत्रमा काम गर्ने पनि प्रतिबद्धता जनाउनुभयो | सुनुवाइका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शेरचनले जलवायु तथा आर्थिक कूटनीतिमा जोड दिएर काम गर्ने बताउनुभयो । शेरचनले परम्परागत कूटनीतिभन्दा बाहिर निस्केर आर्थिक विकास र सम्भावनालाई पनि कूटनीतिसँग जोड्ने प्रतिबद्धता जनाउनुभयो | संसदीय सुनुवाइका क्रममा शेरचनले कन्सुलर तथा श्रमसेवालाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । यसैबिच समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारका विषयमा थप कागजात मागको निर्णय गरेको छ। समानुपातिक सहभागिता संविधानको मूल मर्म गोरखापत्र समाचारदाता काठमाडौँ असोज २७ गते नेपाली कांग्रेस खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी हुनुभएको छ | खतिवडाले पाँच हजार ९१० मत प्राप्त गर्नुभयो मने शिवाकोटीले दुई हजार १७३ मत प्राप्त गर्नुभयो | उक्त पदका लागि नौ जनाको उम्मेदवारी परेको थियो | सहमहामन्त्री (महिलातर्फ) प्रतिमा गौतम निर्वाचित हुनुभएको छ । गौतमले पाँच हजार ११६ मत प्राप्त गर्नुभयो । यसै गरी सहमहामन्त्री (पिछडिएको क्षेत्र) तर्फ जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ। शाहीले तीन हजार ६१० मत प्राप्त गर्नुभयो | स्विप अपरेसनमा सतासी जना पक्राउ गोरखा