Notice Park
Ministry of Health and Food Safety
Reports

स्वतः प्रकाशन प्रथम त्रैमासिक प्रतिवेदन (२०८३ श्रावण, भाद्र र आश्विन)

Summary

२०८३/८४ को प्रथम त्रैमासिक प्रतिवेदन (साउन, भदौ र असोज) नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सिंहदरवार, काठमाडौं विषयसूची २. कार्यक्षेत्र, ५. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रदान गरिने प्रमुख सेवाहरु ........................................ १९ ७. निर्णय गर्ने प्रकृया र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Health and Food Safety
Industry
Ministry
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा A(R) बमोजिम तयार गरिएको सूचनाको विवरण २०८३/८४ को प्रथम त्रैमासिक प्रतिवेदन (साउन, भदौ र असोज) नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सिंहदरवार, काठमाडौं विषयसूची १. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संक्षिप्त परिचय ......................................2.2.2.:.2::.::2.::4::.:.... १ २. कार्यक्षेत्र, ३. मन्त्रालयमा कार्यरत कर्मचारी संख्या ...................................:..::::::::::१,,:३०,.:,:१,०,,०:,१,०,,०::,:०, ६ ४. मन्त्रालयका महाशाखाहरुको कार्यविवरण....................................::..::::.,-०:०,:,०,,०::,:::,०:,::,०,,०, ६ ५. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रदान गरिने प्रमुख सेवाहरु ........................................ १९ ६, सेवा प्रदान गर्ने महाशाखा,शाखा र जिम्मेवार अधिकारी.......................................,.,.,,,,,,,०,,,, ३१ ७. निर्णय गर्ने प्रकृया र अधिकारी, ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी ..................................०--०००१००१११०११०१११११०१०१००००००००००००००- BR ९, मन्त्रालयसंग सम्बन्धित ऐन, नियम, कार्यविधि, निर्देशिका एवं मापदण्डको विवरण ......................... BR १०. मन्त्रालयबाट चालु आ.व.को पहिलो त्रैमासिकमा सम्पादन गरिएका कामको विवरण .................. ३७ ११. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण ............................................. XY १२. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेभसाइटको विवरण. XY १३. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सूचनाहरु अन्यत्र प्रकाशन हुने वा नहुने सोको विवरण५४ १. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संक्षिप्त परिचय १.१ पृष्ठभूमि नेपालको संविधानले स्वास्थ्यलाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा स्थापित गर्दै आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने तथा आकस्मिक स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित नहुने व्यवस्था गरेको छ। संघीय शासन प्रणालीको कार्यान्वयनसँगै संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहबीच स्वास्थ्य क्षेत्रका अधिकार तथा जिम्मेवारी बाँडफाँट भई स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, समावेशी र नागरिकमैत्री बनाउने दिशामा कार्य भइरहेको छ। नेपालमा वि.सं. १९९० मा स्वास्थ्य सेवा विभाग तथा वि.सं. २०११ मा स्वास्थ्य मन्त्रालय स्थापना भएपछि स्वास्थ्य सेवा प्रणालीलाई समयानुकूल परिमार्जन र सुदृढ गर्दै देशभर स्वास्थ्य सेवा विस्तार गरिएको छ । संविधान, राष्ट्रिय स्वास्थ्य नीति, २०७६, प्रचलित कानुन, नेपाल सरकारका नीति तथा कार्यक्रम तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप स्वास्थ्य क्षेत्रको विकास, जनस्वास्थ्यको संरक्षण, गुणस्तरीय स्वास्थ्य सेवा तथा खाद्य स्वच्छता सुनिश्चित गर्न मन्त्रालयले निरन्तर कार्य गर्दै आएको छ। १.२ भावी सोच स्वस्थ तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिक । १.३ ध्येय साधन स्रोतको अधिकतम एवं प्रभावकारी प्रयोग गरी सहकार्य र साझेदारीमार्फत नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार सुनिश्चित गर्ने । १.४ लक्ष्य संघीय संरचनामा सबै वर्गका नागरिकका लागि सबै सामाजिक न्याय र सुशासनमा आधारित स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोग सुनिश्चित गर्ने । १.५ उद्देश्यहरू १. संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हक सबै नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्नु। २. संघीय संरचनाअनुरूप सबै किसिमका स्वास्थ्य प्रणालीलाई विकास, विस्तार र सुधार गर्नु। ३. सबै तहका स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार गर्दै सहज पहुँच निश्चित गर्नु। अति सीमान्तकृत वर्गलाई समेट्दै सामाजिक स्वास्थ्य सुरक्षा पद्धतिलाई सुदृढ गर्नु। सरकारी, गैर-सरकारी तथा निजी क्षेत्रसँग बहुक्षेत्रीय साझेदारी, सहकार्य तथा सामुदायिक सहभागितालाई प्रबर्द्धन गर्नु । नाफामूलक स्वास्थ्य क्षेत्रलाई सेवामूलक स्वास्थ्य सेवामा रूपान्तरण गर्दै जानु | . सबै तहका स्वास्थ्य संस्थाबाट तोकिएबमोजिम निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ। . स्वास्थ्य बीमामार्फत विशेषज्ञ सेवामा सुलभ पहुँच सुनिश्चित गरिनेछ | . सबै नागरिकलाई गुणस्तरीय आकस्मिक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिनेछ। . स्वास्थ्य प्रणालीलाई संघीय संरचनाअनुरुप संघ, प्रदेश र स्थानीय तहमा पुनर्संरचना, सुधार एवं विकास तथा विस्तार गरिनेछ । . स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणाअनुरुप प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारत्मक, पुनर्स्थापनात्कम तथा प्रशामक सेवालाई एकीकृत रूपमा विकास तथा विस्तार गरिनेछ | . स्वास्थ्य क्षेत्रमा सरकारी, निजी तथा गैरसरकारी क्षेत्रबीचको सहकार्य र साझेदारीलाई प्रवर्द्धन, व्यवस्थापन तथा नियमन गर्नुका साथै स्वास्थ्य शिक्षा, सेवा तथा अनुसन्धानका क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन एवं संरक्षण गरिनेछ | . आयुर्वेद, प्राकृतिक चिकित्सा, योग, होमियोप्याथीकलगायतका चिकित्सा प्रणालीलाज्ञ एकीकृत रुपमा विकास र विस्तार गरिनेछ। . स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी तथा गुणस्तरीय बनाउन जनसङ्ख्या, भूगोल र संघीय संरचनाअनुरुप सीपमिश्चित दक्ष जनशक्तिको विकास तथा विस्तार गर्दै स्वास्थ्य सेवालाई व्यवस्थित गरिनेछ । . सेवाप्रदायक व्यक्ति तथा संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी, जवाफदेही र गुणस्तरीय बनाउन स्वास्थ्य व्यवसायी परिषद्हरुको संरचनाको विकास, विस्तार तथा सुधार गरिनेछ ।

Like

0

Views

5

Comments

0

Share

0

Save

Report