Notice Park
Suwarna Rural Municipality
Acts & regulations

सुवर्ण गाउँपालिकाको कार्यसम्पादन नियमावलि २०८३

Summary

सुवर्ण गाउँ कार्यपालिकाबाट गरिने कार्यलाई व्यवस्थित गर्न नेपालको संविधानको धारा २१८ ले दिएको अधिकार प्रयोग गरी सुवर्ण गाउँपालिकाको मिति २०८३ ।०३ । २७ गतेको गाउँसभाको निर्णयानुसार देहायका नियमहरु बनाएको छ । १. संक्षिप्त नाम tC weeny) यस नियमावलीको नाम "सुवर्ण गाउँ कार्यपालिका (कार्यसम्पादन)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suwarna Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सुवर्ण गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०८३ गाउँचभाबाट AFA मितिः 2053 102/20 राजपत्रमा प्रकाशित मितिः २०८३ /0¥19¥ सुवर्ण गाउँ कार्यपालिकाबाट गरिने कार्यलाई व्यवस्थित गर्न नेपालको संविधानको धारा २१८ ले दिएको अधिकार प्रयोग गरी सुवर्ण गाउँपालिकाको मिति २०८३ ।०३ । २७ गतेको गाउँसभाको निर्णयानुसार देहायका नियमहरु बनाएको छ । परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम tC weeny) यस नियमावलीको नाम "सुवर्ण गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४" रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा - (क) (ख) (ग) (घ) (ङ) (च) (छ) "गाउँपालिका" भन्नाले करैयामाई गाउँपालिका सम्झनु पर्छ । "कार्यपालिका" भन्नाले गाउँ कार्यपालिका सम्झनु पर्छ । "वडा समिति" भन्नाले गाउँपालिकाको वडा समिति सम्झनु पर्छ । "अध्यक्ष" भन्नाले गाउँ कार्यपालिकाको अध्यक्षलाई सम्झनु पर्छ । "उपाध्यक्ष" भन्नाले गाउँ कार्यपालिकाको उपाध्यक्षलाई सम्झनु पर्छ । "वडाअध्यक्ष" भन्नाले गाउँ सुवर्ण गाउँपालिकाको वडाको वडा अध्यक्षलाई सम्झनु पर्छ । "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ । (ज) "सदस्य" भन्नाले कार्यपालिकाको सदस्य सम्झनु पर्छ र सो शब्दले कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष समेतलाई जनाउँछ । (झ) "सभा" भन्नाले गाउँ सभालाई सम्झनु पर्छ । (a) "कार्यबिभाजन नियमावली" भन्नाले सुवर्ण गाउँपालिकाको कार्यबिभाजन नियमावली, २०७४ सम्झनु पर्छ । (ट) "वडा सचिव" भन्नाले वडा समितिको सचिवको कामकाज गर्न खटिएको कर्मचारी सम्झनु पर्छ । कामको फर्छुयौटः (१) गाउँ कार्यपालिकाको कार्यसम्पादन र कामको फर्छ्यौट यस नियमावलीमा भएको व्यवस्था बमोजिम हुनेछ । (२) उपनियम (१) बमोजिमको कामको फर्छयोट गर्दा तोकिएको अधिकारी वा निकायबाट गर्नुपर्नेछ । परिच्छेद २ अध्यक्षबाट कामको फर्छुयौट अध्यक्षले सम्पादन गर्ने कामः (१) संविधान र अन्य प्रचलित कानुनको अधिनमा रही गाउँपालिकाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने प्रमुख जिम्मेवारी अध्यक्षको हुनेछ । (२) प्रचलित कानुनमा कार्यपालिकाको अध्यक्षले गर्ने भनि किटान भएका कामहरु निज स्वयं वा निजबाट अधिकार प्रत्यायोजन भए बमोजिम सम्पादन हुनेछ । (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानूनमा अध्यक्षले गर्ने भनी किटान नभएको कामको सम्बन्धमा कार्यपालिकाबाट सम्पादन हुने कार्यको सामान्य रेखदेख, सञ्चालन र नियन्त्रण गर्ने जिम्मेवारी अध्यक्षको हुनेछ । (४) उपनियम (१) बमोजिमको जिम्मेवारी पुरा गर्ने क्रममा अध्यक्षले कार्यपालिका अन्तर्गतका निकायहरूमा प्रचलित कानून तथा स्वीकृत नीति तथा निर्णय अनुरूप कार्य CamScanner सञ्चालन भईरहेको छ, छैन निरीक्षण गर्ने, वडा समितिहरू बीच समन्वय गर्ने, विषयगत शाखा कार्यालयहरूलाई निर्देशन दिने र आवश्यकता अनुसार कामको प्रगति विवरण लिने कार्य गर्न सक्नेछ । (५) अध्यक्ष कुनै कारणवश उपस्थित नरहेको अवस्थामा यस नियमावली बमोजिम अध्यक्षले गर्नुपर्ने काम उपाध्यक्ष वा निजको समेत अनुपस्थितिमा अध्यक्षले तोकेको कार्यपालिकाको सदस्यले त्यस्तो काम सम्पादन गर्न सक्नेछ । तर, प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा सोही व्यवस्था बमोजिम हुनेछ । (६) कार्यपालिकाको कुनै सदस्य अनुपस्थित भएमा त्यस्तो सदस्यले गर्नुपर्ने कामको लागि अध्यक्षले अर्को सदस्यलाई जिम्मेवारी तोक्न सक्नेछ । अध्यक्षले निर्णय गर्नुपर्नेः (१) सभा र कार्यपालिकामा पेश हुने विषय वाहेक दुई वा दुई भन्दा बढी वडासमिति र विषयगत शाखाहरूबीच कुनै विषयमा मतभेद हुन गएमा अध्यक्षले गरेको निर्णय अन्तिम हुनेछ । (२) उपनियम (१) बमोजिम मतभेद भएको बिषय निर्णयका लागि प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष समक्ष पेश गर्नुपर्नेछ । (३) सभा वा कार्यपालिकामा पेश हुने विषय बाहेकका सहकार्य तथा समन्वयका लागि प्रदेश वा संघमा पेश गर्नु पर्ने विषयका सम्बन्धमा अध्यक्षले गरेको निर्णय अन्तिम हुनेछ अधिकार प्रत्यायोजन गर्न सक्नेः (१) कर लगाउने, कर छुट दिने वा क्रण लिने जस्ता विषय र सभामा पेश गर्नुपर्ने बाहेकका अन्य विषयमा कार्यपालिकाले अध्यक्ष वा उपाध्यक्ष वा सदस्यलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ । (२) अध्यक्षले प्रचलित कानून बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार उपाध्यक्ष वा सदस्य वा प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुख वा वडा अध्यक्षलाई प्रत्यायोजन गर्न सक्नेछ । (3) उपनियम (१) र (२) बमोजिम प्रत्यायोजित अधिकारको प्रयोग गरी सम्पादन गरिएका कामको विषयमा सम्बन्धित अधिकारीले कार्यपालिका समक्ष मासिक रूपमा प्रगति बिवरण पेश गर्नु पर्नेछ । (४) आफूलाई प्रत्यायोजित अधिकारको जिम्मेवारीपूर्वक प्रयोग गर्नु सम्बन्धित अधिकारीको कर्तव्य हुनेछ । परिच्छेद ३ गाउँ कार्यपालिकाबाट कामको फर्छुयोट कार्यपालिकामा पेश गर्नुपर्ने बिषयः(१) अनुसुची-१ मा उल्लेखित विषयहरूको निर्णय गर्दा प्रमुख प्रशासकीय अधिकृतले अध्यक्षको निर्देशन अनुसार गाउँ कार्यपालिकामा प्रस्ताव पेश गर्नु पर्नेछ । (२) उपनियम (१) मा लेखिएको विषयमध्ये कुनै विषयमा नियम २१ बमोजिम गठित समितिबाट निर्णय लिनसक्ने गरी कार्यपालिकाले जिम्मेवारी सुम्पन सक्नेछ । (३) उपनियम (१) बमोजिम अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक गाउँ कार्यपालिकाको बैठकमा पेश हुने प्रस्ताव सामान्यतया अनुसूची-२ बमोजिमको ढाँचामा प्रमुख प्रशासकीय अधिकृतले पेश गर्नेछ । (४) उपनियम (३) बमोजिमको प्रस्तावमा कुनै शाखाको राय समावेश हुन आवश्यक देखेमा प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित शाखाको राय समेत समावेश गरी पेश गर्नेछ । प्रस्ताव साथ संलग्न हुनुपर्ने कागजातः (१) नियम ६ को उपनियम (३) बमोजिम कार्यपालिकाको बेठकमा निर्णयार्थ कुनै विषय पेश गर्नुपर्दा विषयगत शाखा वा वडा समितिको कार्यालयले सो विषयसँग आवश्यक विवरण समावेश गरी प्रस्ताव तयार गरी कार्यकारी अधिकृत समक्ष पेश गर्नु पर्नेछ । CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report