Notice Park
Suwarna Rural Municipality
Guidelines

सुवर्ण गाउँपालिकाको बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन तथा सञ्चालन समबन्धी मापदण्ड २०८१

Summary

तथा सहभागिता, सिकाइ उपलब्धि सुनिश्चित गर्न, निवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी रुपमा कायान्वयन गरी शिक्षामा समता, समावेशीकरण एवं विविधता व्यवस्थापनका विषयलाई प्रभावकारी बनाउन APA, प्रदेश, स्थानीयतह र विद्यालयमा सरोकारवालाको सञ्जाल गठन गरी विद्यालयतहको शिक्षामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suwarna Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सुवर्ण गाउँपालिकाको बालिका तथा समावेशी शिक्षा सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी मापदण्ड, २०८१ सुवर्ण गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कवहीगोठ,बारा मधेश प्रदेश, नेपाल सुवर्ण गाउँपालिकाको बालिका तथा समावेशी शिक्षा सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी मापदण्ड, २००१ गाउँ कार्यपालिकाबाट RAGT 205919 २४२६ प्रस्तावना : बालिका, अपाङ्गता भएका एवं सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा समन्यायिक was तथा सहभागिता, सिकाइ उपलब्धि सुनिश्चित गर्न, निवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी रुपमा कायान्वयन गरी शिक्षामा समता, समावेशीकरण एवं विविधता व्यवस्थापनका विषयलाई प्रभावकारी बनाउन APA, प्रदेश, स्थानीयतह र विद्यालयमा सरोकारवालाको सञ्जाल गठन गरी विद्यालयतहको शिक्षामा सहभागिता तथा समावेशीकरणलाई सुदृढीकरण गर्न बाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १०२ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी सुवर्ण गाउँपालिकाले यो मापदण्ड जारी गरेको छ | परिच्छेद १ प्रारम्भिक : १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस मापदण्डको नाम बालिका तथा समावेशी शिक्षा सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी मापदण्ड २०८१ रहेको GI (२) यो मापदण्ड सुवर्ण पालिकाको कार्यपालिकावाट स्वीकृत भएको मिति देखि लागू हुनेछ । २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा : क. पालिका भन्नाले सुवर्ण गाउँपालिकालाई सम्झनु पर्छ | ख. ऐन भन्नाले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ सम्झनु पर्छ | ग. मापदण्ड भन्नाले बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन तथा सञ्चालन सम्बन्धी मापदण्ड २०८१ सम्झनु पर्छ | घ. लक्षित व्यक्ति भन्नाले विद्यालयमा भनी, निरन्तरता एवं सिकाइ प्रक्रियाका लागि थप सहयोग पुग्याउनु पर्ने गरी विद्यालय वा पालिकाले पहिचान गरेका व्यक्ति सम्झनु पर्छ | ङ. सञ्जाल भन्नाले यस मापदण्डको दफा ५ को उपदफा (२) बमोजिम गठन हुने बालिका तथा समावेशी शिक्षा सञ्जाल सम्झनु पर्छ र सो शब्दले दफा ७ उपदफा (२) बमोजिम विद्यालयमा गठन हुने विद्यालय स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाललाई समेत जनाउँछ । CamScanner च. सीमान्तकृत समुदायका बालबालिका भन्नाले प्रचलित कानुन बमोजिम सीमान्तीकृत समुदाय अन्तर्गतका विद्यालय शिक्षाको पहँच बाहिर रहेका बालबालिका सम्झनु पर्छ र सो शब्दले विभिन्न कारणबाट शिक्षामा निरन्तरता दिन असमर्थ भएका बालबालिकालाई समेत जनाउँछ । छ, स्रोत कक्षा भन्नाले अपाङ्गता भएका बालबालिकाकालागि विद्यालयमा सञ्चालन गरिएको सहयोग उपलब्ध गराउने कक्षालाई सम्झनु पर्छ | ज. ‘ACA भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीयतहमा प्रचलित कानुन बमोजिम दती भई शिक्षाका क्षेत्रमा क्रियाशील संस्था सम्झनुपर्छ । झ. प्रमुख भन्नाले सुवर्ण पालिकाको प्रमुखलाई सम्झनु पर्छ | परिच्छेद २ उद्देश्य तथा सिद्धान्त ३. मापदण्डको उद्देश्य: (१) सङ्घ, प्रदेश र स्थानीयतहमा सञ्जालको गठन र प्रभावकारी परिचालन मार्फत बालिका, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरतार सिकाइ उपलब्धि सुधारमा car Gare अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कानुनको प्रभावकारी रुपमा कायान्वयन गर्नु यस मापदण्डको मूल उद्देश्य हुनेछ । (२) उपदफा (१) बमोजिमको मूल उद्देश्य प्राप्तिका लागि यस मापदण्डको अन्य उद्देश्य देहाय बमोजिम रहेका छन्‌ । क. पालिका र विद्यालयमा सञ्जालको गठन गर्नु, ख. आफनो परिवेशमा समावेशी शिक्षाको लक्षित व्यक्तिको विशिष्ट सहयोगको आवश्यकताको पहिचान गर्न, ग.बालिका, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका बालबालिकाकोलागि नीति, योजना, कार्यक्रम मार्फत आवश्यकता सम्बोधन गर्न आवश्यक सहकार्य र पैरवी गर्न सञ्जालको परिचालन गर्नु । ४. सिद्धान्त: (१) सञ्जालको गठन तथा परिचालनका सिद्धान्त देहाय बमोजिम हुने छ : क. शिक्षामा समता र समानताको प्रवर्धन तथा मानवीय गरिमाको रक्षा गर्नु, ख. बालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको समावेशिता, वैयक्तिक सिकाइ आवश्यकता र विविधताको सम्मान गर्नु, CamScanner ग. कठिनाइ तथा जोखिममा रहेका वर्गको शैक्षिक अधिकार सुनिश्चित गर्न शैक्षिक प्रणालीमा उचित अनुकूलन गर्नु । परिच्छेद ३ बालिका तथा समावेशी शिक्षा सञ्जाल संरचना ५. बालिका तथा समावेशी शिक्षा सञ्जाल: (१) बालिका, अपाङ्गता भएका तथा सीमान्तकृत बालबालिकाको शिक्षाको सुनिश्चितिता, पहुँच, सहभागिता र सिकाइ उपलब्धिमा सुधारका लागि योजना तर्जुमा तथा कार्यान्वयन सहजीकरणका लागि यस पालिकामा एक बालिका तथा समावेशी शिक्षा सञ्जाल रहने छ। (२) उपदफा १ बमोजिमको सञ्जाल देहाय बमोजिम हुने गरी गठन हुनेछ । क. सुवर्ण गाउँपालिकाको उप प्रमुख : संयोजक ख. सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत : सदस्य ग. सुवर्ण गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख : सदस्य घ. सुवर्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख : सदस्य ङ. स्थानीय नेपाल प्रहरीको कार्यालयको प्रमुख वा प्रतिनिधि : सदस्य च. अभिभावक मध्ये बाट संयोजक बाट मनोनीत महिला अभिभावक एकजना : सदस्य छ यस .गाउँ पालिकाका भित्रका सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मध्येबाट एकजना : सदस्य ज. यस गाउँ पालिकाका भित्रका सामुदायिक विद्यालयको प्रधानाध्यापकहरु मध्येबाट एकजना : सदस्य झ. बालक्लबका तर्फबाट एकजना बालिका र एकजना बालका समेत दुईजना : सदस्य a. .यस गाउँ पालिकाका भित्रका विद्यालयका लैङ्गिक सम्पर्क महिला शिक्षक मध्येबाट एकजना : सदस्य त. कार्यपालिकाका दलित र महिला सदस्य मध्येबाट दुईजना : सदस्य थ. बालिका तथा समावेशी क्षेत्रमा कार्यरत संस्था मध्येबाट स्थानीय एकजना : सदस्य द. सुवर्ण गाउँपालिकाको शिक्षा समिति संयोजक तथा प्रतिनिधि एकजना : सदस्य CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report