Notice Park
Suwarna Rural Municipality
Guidelines

सुवर्ण गाउँपालिकाका विद्यालयको गुनासो सुनुवाइ कार्यविधि २०८१

Summary

नेपालको संविधानको अनुसूची-५ को स्थानीय तहको अधिकारको मर्मअनुरूप स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को खण्ड ज को नं (१०)मा उल्लेखित विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विद्यालय क्षेत्र विकास योजनामा उल्लेखित सुरक्षित विद्यालय बनाई विद्यार्थीमाथि हुने दुर्व्यवहार तथा लैङ्गिक हिंसा न्यूनीकरण गरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suwarna Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गुनासो सुनुवाइ कार्यविधि, २००१ गाउँ कार्यपालिकाबाट स्विकृत २००१/१२४२६ नेपालको संविधानको अनुसूची-५ को स्थानीय तहको अधिकारको मर्मअनुरूप स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को खण्ड ज को नं (१०)मा उल्लेखित विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विद्यालय क्षेत्र विकास योजनामा उल्लेखित सुरक्षित विद्यालय बनाई विद्यार्थीमाथि हुने दुर्व्यवहार तथा लैङ्गिक हिंसा न्यूनीकरण गरी शैक्षिक गुणस्तर बढाउन स्थानीय तहमा लागु गर्ने गरी सुवर्ण पालिकाले देहाएको कार्यविधि बनाएको छ। परिच्छेद १: सङ्क्षिप्त नाम र प्रारम्भ : (१) यो कार्यविधिको नाम “गुनासो सुनुवाइ कार्यविधि, २०८१” रहेको छ । (२) यो कार्यविधि कार्यपालिकाबाट स्वीकृत भएको मितिबाट प्रारम्भ हुने छ | २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :- (क) (ख) (ग) (घ) (च) (छ) (झ) (झ) Ta’ भन्नाले शिक्षा (नवौँ संशोधन) ऐन, २०२८ सम्झनुपर्छ | संरक्षक भन्नाले यस गाउँपालिकाको अध्यक्षलाई सम्झनु पर्छ) संयोजक भन्नाले यस गाउँपालिकाको उपाध्यक्षलाई सम्झनु पर्छ | गुनासो' भन्नाले विद्यार्थीले वा निजको तर्फबाट अभिभावक वा अन्य कसैले लिखित वा मौखिक वा अन्य कुनै पनि माध्यमबाट गुनासो सुनुवाइ समितिमा वा गुनासो सुन्ने शिक्षक, प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसमक्ष विद्यार्थीले विद्यालय हातामा, विद्यालय आउँदा-जाँदा वा घरपरिवार तथा समुदायमा भोगेका समस्याबारे गरेको गुनासो सम्झनुपर्छ | 'गुनासो-पेटिका' भन्नाले कार्यविधिको बुँदा (४) बमोजिम विद्यार्थीका गुनासो,वा सुझावसमेतलाई लिखित रूपमा गुनासो सुनुवाइ समितिसमक्ष पुस्याउन विद्यालय हातामा राखिएको गुनासो-पेटिका सम्झनुपर्छ | “गुनासो सुन्ने शिक्षक' भन्नाले कार्यविधिको बुँदा (१०) बमोजिम तोकिएको शिक्षक सम्झनुपर्छ । 'नियमावली' भन्नाले शिक्षा नियमावली, २०५९ सम्झनुपर्छ | 'समिति' भन्नाले कार्यविधिको बुँदा (७) बमोजिमको गुनासो सुनुवाइ समिति सम्झनु पर्छ । 'विद्यालय' भन्नाले नेपाल सरकार, सुवर्ण.,पालिकाबाट अनुमति वा स्वीकृति लिई सञ्चालित सबै प्रकारका विद्यालय सम्झनुपर्छ । (A) 'सदस्य' भन्नाले बुँदा (७) बमोजिमको गुनासो सुनुवाइ समितिको सदस्य सम्झनुपर्छ र सो शब्दले समितिको संयोजक, सह-संयोजक वा सदस्य-सचिव समेतलाई बुझाउछ । CamScanner परिच्छेद 2: लक्ष्य तथा उद्देश्य ३. लक्ष्य : (१) wet: विद्यालय हाताभित्र, विद्यालय आउँदा जाँदा, घरपरिवार र समुदायमा बालबालिकामाथि हुन सक्ने सबै प्रकारका भेदभाव, दुर्व्यवहार, शोषण, लैङ्गिक हिंसा, बेवास्ता वा हेलचेक्रयाइँ, शारीरिक वा मानसिक दण्डसजाय, बुलिङ्लगायतको रोकथाम गर्नतथा कुनै घटना घटेमा निश्चित प्रक्रिया अपनाई त्यसलाई सम्बोधन गरी विद्यालयमा सबै बालबालिकाको सहभागिता वृद्धि गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न । (२) इेदेश्यहरू : क) विद्यालय हाताभित्र, विद्यालय आउँदा जाँदा र समुदायमा बालबालिकामाथि हुने वा हुन सक्ने भेदभाव, शारीरिक, भावनात्मक तथा यौनदुर्व्यवहार, शोषण, लैङ्गिक हिंसा, शारीरिक वा मानसिक दण्डसजाय, बुलिङलगायतका जोखिमको निर्धारित संयन्त्र, विधि र प्रक्रियाअनुरूप न्यूनीकरण गर्नु, ख) विद्यालयको शिक्षण-सिकाइ एवम्‌ भौतिक वातावरणलाई लैङ्गिक तथा बाल-मैत्री बनाई शैक्षिक गुणस्तर बढाउन सघाउनु, ग) गुनासो सुनुवाइ कार्यविधि लागु गर्न विद्यालय,संयन्त्र एवम्‌ सम्बन्धित निकाय समेतको जिम्मेवारी तथा भूमिका स्पष्ट गर्नु, घ) विपद एवम माहामारी लगायतका जोखिमको अवस्थावाट बच्न बालबालिकालाई परामर्श गर्ने । परिच्छेद ३ : गुनासो-पेटिकासम्बन्धी व्यवस्था ४. गुनासो-पेटिका राख्नु पर्ने : (१) प्रत्येक विद्यालयले विद्यार्थीको गुनासो सङ्कलन गर्नाका लागि विद्यालयको हातामा गुनासो - पेटिका राख्नुपर्नेछ । (२) गुनासो-पेटिकासबै विद्यार्थीले देख्ने तथा सहजै पहुँच पुग्ने ठाउँमा विद्यार्थीको गोपनीयता एवम्‌ सुरक्षा सुनिश्चित हुनेगरी राख्नुपर्नेछ । तर गुनासो-पेटिका राख्दा प्रधानाध्यापकको कार्यकक्ष, शिक्षक वा अन्य कर्मचारीको कोठा सिसि क्यामेरा देख्ने ठाउमा राख्न पाइने छैन । (३) गुनासो-पेटिका कहाँ राख्दा उपयुक्त हुन्छ भनी विद्यार्थीको भेलामा सोधी उनीहरूको सुझाव समेतका आधारमा विद्यालय हातामा उपयुक्त ठाउँ तय गर्न सकिनेछ । CamScanner ¥. गुनासो-पेटिका तथा गुनासो सुनुवाइबारे जानकारी दिनुपर्ने : प्रत्येक विद्यालयले गुनासो-पेटिकामा आफ्ना गुनासो भए खसाल्न सकिने कुराको जानकारी सबै विद्यार्थीलाई दिनुपर्नेछ । प्रत्येक विद्यालयले विद्यालयमा गठन भएको गुनासो सुनुवाइ समिति, गुनासो सुन्ने शिक्षक, गुनासो पेटिका खोल्ने दिन, परेका गुनासोको सङ्ख्या र सम्बोधनबारे (एसेम्ब्लीमा) विद्यार्थीलाई जानकारी दिनु पर्छ | गुनासो गर्न विद्यार्थीलाई सहयोग एवम्‌ प्रोत्साहन गर्नुपर्ने : (१) (२) (६) मौखिक रूपमा शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायतलाई भन्न नसकिएको आफ्नो वा विद्यार्थीका बालसंरक्षणसँग सम्बन्धित गुनासो गुनासो-पेटिकामा खसाल्न समितिका सदस्य एवम्‌ गुनासो सुन्ने शिक्षकले विद्यार्थीलाई सहयोग एवम्‌ प्रोत्साहन गर्नुपर्नेछ । बुँदा ६११) बमोजिम गुनासो गर्दा आफ्नो व्यक्तिगत विवरण खुलाई वा नखुलाई गुनासो- पेटिकामा खसाल्न सकिने ae समितिका सदस्य एवम्‌ गुनासो सुन्ने शिक्षकले विद्यार्थीलाई जानकारी दिनुपर्नेछ । गुनासो-पेटिका बाहेक प्रत्यक्ष रूपमा गुनासो सुन्ने शिक्षक वा अन्य शिक्षक, प्रधानाध्यापक, बालक्लब, समितिका सदस्य, विद्यालय व्यवस्थापन समितिका सदस्यलाई जानकारी दिई विद्यार्थीका गुनासो समितिसमक्ष पुस्याउन सकिने व्यहोरा विद्यार्थीलाई जानकारी गराउनु पर्नेछ । कुनै विद्यार्थीलाई आफूले गरेको गुनासोका सम्बन्धमा थप जानकारी वा सहयोग चाहिएमा विद्यालयका प्रधानाध्यापक, समिति वा गुनासो सुन्ने शिक्षकले निजलाई गोपनीयताको सम्मान गरी त्यस्तो जानकारी वा सहयोग दिने वा समन्वय गरिदिनुपर्नेछ । कक्षा ५ वा सोभन्दा सानो कक्षामा अध्ययनरत विद्यार्थीलाई आफ्ना गुनासो राख्न सक्ने बनाउन बालक्लबका सदस्य वा माथिल्लो कक्षामा पढिरहेका विद्यार्थीहरूलाई समय-समयमा निजहरूसँग अन्तर्क्रिया गर्न विद्यालयले प्रोत्साहन गर्नुपर्नेछ । CamScanner परिच्छेद ४ : गुनासो सुनुवाइसमिति सम्बन्धी व्यवस्था ७, गुनासो सुनुवाइ समितिको गठन : (१) (४) प्रत्येक विद्यालयले देहायबमोजिमका सदस्य रहने गरी एक गुनासो सुनुवाइ समिति गठन गर्नुपर्नेछ : (क) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको महिला सदस्य संस्थागत विद्यालयको हकमा संस्थापक, गुठियार वा निजले तोकेको प्रतिनिधि- संयोजक (ख) विद्यालयको प्रधानाध्यापक - सह-संयोजक (ग) शिक्षक अभिभावक संघको अध्यक्षा वा निजले तोकेको प्रतिनिधि एकजना - सदस्य (घ) विद्यालयको बालक्लब विद्यार्थी प्रतिनिधि दुईजना (१ जना छात्रा र १ जना छात्र) - सदस्य (घ) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको न्यायिक समितिले तोकेको सम्बन्धित वडाको महिला सदस्य संस्थागत विद्यालयको हकमा अभिभावकको प्रतिनिधि एकजना - सदस्य (ङ) गुनासो सुन्ने शिक्षक - सदस्य सचिव समितिको बैठकमा आवश्यकताअनुसार कुनै घटना विशेषमा विशेषज्ञ, स्थानीय तहको शिक्षा हेर्ने अधिकारी वा शिक्षा हेर्ने व्यक्ती समेतको सहयोग लिन सकिनेछ । विद्यालय व्यवस्थापन समितिको गठन नभएको वा म्याद सकिएको वा अन्य कुनै कारणले उक्त समिति क्रियाशील नरहेको अवस्थामा विद्यालयको प्रधानाध्यापकले समितिको संयोजकको रूपमा कार्य गर्नेछन्‌ । बुँदा७ (१) बमोजिमका पदेन बाहेक अन्य सदस्यको पदावधि ३ वर्षको हुनेछ र निज पुनः नियुक्तिको लागि योग्य मानिनेछन्‌ विद्यार्थी पास आउट भएपछि पुन छनोट गर्नु पर्नेछ। द. समितिको बैठक : (1) (२) समितिको बैठक सामान्यतया: कम्तिमा महिनामा एकपटक संयोजकले तोकेको मिति र समयमा बस्नेछ । तर, समितिले आवश्यकताअनुसार बैठक बस्नु आवश्यक देखिएमा जतिपटक पनि बस्न सक्नेछ । संयोजकसँग सल्लाह गरी सदस्य-सचिवले समितिको बैठक बस्नुभन्दा १ दिन अगावै सबै सदस्यलाई बैठकको सूचना दिनुपर्नेछ । CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report