क्यान्टिन संचालन तथा ब्यवस्थापन कार्यविधि, २०८३
Summary
सेवाग्राहीहरु, जनप्रतिनिधिहरू तथा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सर्वसुलभ, गुणस्तरीय र स्वास्थ्यवर्द्धक खाना. तथा खाजा सहज रूपमा उपलब्ध गराउनका लागि क्गयान्टिन सञ्चालन तथा व्यवस्थापन गर्न कार्यविधि आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले प्रदान गरेको अधिकार प्रयोग…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 19b6fd19-2b6d-4c8f-93f6-7b776f9bd1d4.pdfPDF · 11 pages · 6.1 MBOpen
Key details
- Organization
- Chhedagad Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
/ @, \ rani, ८ छेडागाड नगरपालिका 7. नगरकार्यपालिकाको कार्यालय चंखिला, जाजरकोट क्यान्टिन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ प्रस्तावनाः छेडागाड नगरपालिका नगरकार्यपालिकाको कार्यालय परिसरमा सेवा लिन आउने सेवाग्राहीहरु, जनप्रतिनिधिहरू तथा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सर्वसुलभ, गुणस्तरीय र स्वास्थ्यवर्द्धक खाना. तथा खाजा सहज रूपमा उपलब्ध गराउनका लागि क्गयान्टिन सञ्चालन तथा व्यवस्थापन गर्न कार्यविधि आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले प्रदान गरेको अधिकार प्रयोग गरी नगरकार्यपालिकाले यो कार्यविधि बनाएको छ। परिच्छेद १: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (क) यस कार्यविधिको नाम "छेडागाड नगरपालिका क्यान्टिन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३" रहेको छ। (ख) यो कार्यविधि नगरकार्यपालिकाबाट स्वीकृत भएको मिति २०८३ साल भाद्र ४ गतेदेखि लागू हुनेछ। : २. परिभाषा विषय, वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (क) "नगरपालिका" भन्नाले छेडागाड नगरपालिका, नंगरकार्यपालिकाको कार्यालयलाई बुझाउँछ। (ख) "सञ्चालन समिति" . भन्नाले यस कार्यविधिबमोजिम गठन भएको क्यान्टिन सञ्चालन तथा व्यवस्थापन समितिलाई बुझाउँछ। @) "अनुगमन समिति" भन्नाले यस कार्यविधिबमोजिम गठन भएको क्यान्टिन अनुगमन समितिलाई बुझाउँछ। (घ) "भवन" भन्नाले क्यान्टिन सञ्चालनको लागि नगरपालिकाले मापदण्ड बमोजिम निर्माण गरेको आफ्नै स्वामित्वको भवनलाई बुझाउँछ | (छ) "सञ्चालक" भन्नाले खुला प्रतिस्पर्धा वा ee प्रक्रियाद्वारा क्यान्टिन सञ्चालन गर्न ठेक्का वा सम्झौता पाएको प्राकृतिक व्यक्ति, फर्म कम्पनी ae बुझाउँछ। ५ छः age a“ CamScanner १ o& My S & co ae Pariah ८ बबिता, परै PO परिच्छेद २: सञ्चालनको मोडालिटी, प्रस्ताव आह्वान, छनोट र सम्झौता ३. क्यान्टिन सञ्चालनको मोडालिटी (क) क्यान्टिन सञ्चालनका लागि आवश्यक पर्ने भवन नगरपालिकाले निर्धारण गरेको भाडादरमा उपलब्ध गराउनेछ। (यससम्बन्धी भाडादर प्रत्येक आर्थिक वर्षमा पुनरावलोकन तथा संशोधन गर्न सकिनेछ) | @ क्यान्टिन सञ्चालन तथा व्यवस्थापन प्रचलित सार्वजनिक खरिद कानून तथा कार्यविधि बमोजिम खुला प्रतिस्पर्धात्मक प्रस्ताव आह्वान (Notice) मार्फत योग्य निजी फर्म वा कम्पनी तथा सञ्चालकलाई जिम्मा लगाइनेछ। @) क्यान्टिनमा आवश्यक पर्ने सम्पूर्ण किसिमका भाडाकुँडा, फर्निचर, ग्यास सिलिन्डर, विद्युतीय उपकरण तथा अन्य मेसिनरी सामग्रीहरूको व्यवस्थापन सञ्चालक आफैंले गर्नुपर्नेछ। ४. प्रस्ताव आह्वानको समयावधि (क) क्यान्टिन सञ्चालनका लागि इच्छुक योग्य व्यक्ति, फर्म वा संस्थाबाट प्रस्ताव आह्वान गर्दा राष्ट्रिय वा. स्थानीय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गरिनेछ ap नगरपालिकाको आधिकारिक वेबसाइट/सूचना पाटीमा टाँस गरिनेछ। _ख) प्रस्ताव पेश गर्ने समयावधि सूचना प्रकाशित भएको मितिले कम्तीमा १५ (पन्ध्र) दिनको हुनेछ। (ग) तोकिएको मिति र समयभित्र प्राप्त भएका प्रस्तावहरू मात्र छनोट प्रक्रियाका लागि ग्राह्य हुनेछन्। ५, प्रस्ताव छनोट तथा मूल्याङ्कन विधि प्राप्त भएका प्रस्तावहरूको मूल्याङ्कन गर्न प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको शाखा प्रमुखको संयोजक्रत्वमाँ ३ सदस्यीय एक मूल्याङ्कन समिति रहनेछ र सो समितिले देहायबमोजिमको आधारमा प्रस्ताव छनोट गर्नेछ : (क) आर्थिक प्रस्ताव (भाडा रकम): नगरपालिकालाई तिर्ने कबुल गरेको मासिक वा वार्षिक भाडा रकम (अधिकतम भाडा कबुल) गर्नेलाई प्राथमिकता) दिने । (ख) अनुमोदित मेनुको मूल्यः सेवाग्राही तथा कर्मचारीहरूका लागि खाना/खाजाको मूल्य सूची सुलभ र किफायती भएको। (ग) अनुभव र व्यावसायिक क्षमताः होटल, क्यान्टिन वा रेस्टुरेन्ट सञ्चालन गरेको पूर्व अनुभव, सरसफाइको योजना र व्यावसायिक दक्षता। (घ) मूल्याङ्कन समितिले माथि उल्लेखित आधारहरूमा उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रस्तावदातालाई छनोट गरी सिफारिस गर्नेछ र सोको अनुमोदन कार्यपालिकाबाट गराउनुपूर्नेछ। iM é CamScanner ६, सम्झौता गर्नुपर्ने अवधि 4 (क) प्रस्ताव स्वीकृत भएको निर्णय सम्बन्धित आवेदकलाई लिखित रूपमा जानकारी गराएको मितिले ७ (सात) दिनभित्र सफल उम्मेदवार/सञ्चालकले नगरपालिकामा उपस्थित भई सम्झौता गर्नुपर्नेछ। (ख) यदि पहिलो छनोटमा परेको व्यक्ति वा संस्थाले कारण विना तोकिएको ७ दिनभित्र सम्झौता गर्न नआएमा वा अस्वीकार गरेमा नियम अनुसार क्रमानुसार दोस्रो स्थानमा रहेको उम्मेदवारलाई सम्झौताका लागि आह्वान गरिनेछ। (ग) सम्झौता सम्पन्न भएको मितिले ७ दिनभित्र सञ्चालकले क्यान्टिन सञ्चालनमा ल्याक्नुपर्नेछ। ७. महसुल तथा खर्च व्यवस्थापन (क) क्यान्टिन सञ्चालनको क्रममा खपत हुने खानेपानी, विद्युत तथा टेलिफोन/इन्टरनेट आदि महसुल सञ्चालक स्वयम्ले नियमित रूपमा सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्नेछ। (ख) सम्झौता बमोजिमको रकम नबुझाएको खण्डमा सरकारी बाँकी सरह असुल उप्र गरिनेछ। ८. मूल्य, गुणस्तर र स्वच्छता निर्धारण (क) सञ्चालकले नगरपालिकाका कर्मचारी तथा सेवाग्राहीहरूलाई अनुसूची १ मा उल्लेख भए बमोजिम बजार मूल्यभन्दा सुलभ, सुपथ र किफायती मूल्यमा गुणस्तरीय खाना, खाजा र चिया/कफी उपलब्ध गराउनुपर्नेछ | (ख) उपलब्ध गराउने परिकार र तिनको बिक्री मूल्यसहितको मेनु (॥/०॥०) मुख्य ढोकामा सबैले स्पष्ट देखिने गरी टाँस्नुपर्नेछ र सो मूल्यसूची नगरपालिकाबाट अनिवार्य रूपमा स्वीकृत गराएको हुनुपर्नेछ। (ग) गुणस्तरहीन, बासी, सडेगलेको वा स्वास्थ्यलाई प्रत्यक्ष/अप्रत्यक्ष हानि गर्ने कुनै पनि खाद्यवस्तु बिक्रीवितरण गर्न पाइने छैन। ca) गुणस्तरहीन/संकास्पद कुनै पनि खाद्यवस्तु बिक्रीवितरण गरेको पाइएमा कानून बमोजिम प्रक्रिया अगाडि बढाइनेछ। परिच्छेद ३: समितिहरूको गठन, काम, कर्तव्य र् अधिकार ९. क्यान्टिन सञ्चालन तथा व्यवस्थापन समिति नगरपालिका र सञ्चालकबीचको समन्वय, दैनिक प्रशासनिक व्यवस्थापन र सहजीकरणका लागि देहायबमोजिमको ३ सदस्यीय 'क्यान्टिन सञ्चालन तथा व्यवस्थापन समिति' रहनेछ : (क) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको शाखा प्रमुख - संयोजक (ख) आर्थिक प्रशासन शाखा प्रमुख वा प्रतिनिधि - सदस्य (ग) जिन्सी व्यवस्थापन शाखा प्रमुख - सदस्य-सचिव १०. क्यान्टिन सञ्चालन तथा व्यवस्थापन समितिको age SAT र अधिकारः AEE CamScanner (क) क्यान्टिन सञ्चालनका लागि आवश्यक प्रार्क्रिया अगाडि बढाउने र सम्झौताका सर्तहरू पालना भए नभएको नियमित निरीक्षण गर्ने। (ख) सञ्चालकलाई भवन हस्तान्तरण गर्ने तथा खानेपानी र विद्युत जडान तथा महसुल भुक्तानीको स्थिति अनुगमन गर्ने। @) क्यान्टिन 'सञ्चालनसँग सम्बन्धित सामान्य प्रशासनिक समस्या तथा व्यवधानहरूको तत्काल सहजीकरण एवं समाधान गर्ने। _घ) सहजीकरण एवं समाधान गर्न नसक्ने अवस्था भएको खण्डमा प्रमुख प्रशासकीय अधिकृत समक्ष पेस गर्ने। ११. क्यान्टिन अनुगमन समिति (गुणस्तर, मूल्य र स्वच्छता नियमन) क्यान्टिनको खानाको गुणस्तर, स्वच्छता, मूल्य निर्धारण र समग्र सेवाप्रवाहको अनुगमन तथा नियमन गर्न देहायबमोजिमको ३ सदस्यीय 'क्यान्टिन अनुगमन समिति' रहनेछ :- (क) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतस्तरको कर्मचारी - संयोजक (ख) स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख (खाद्य स्वच्छता विशेषज्ञ/कर्मचारी) - सदस्य (ग) प्रशासन उपशाखा प्रमुख - सदस्य-सचिव . १२. अनुगमन समितिको काम, कर्तव्य र अधिकारः (क) मूल्य तथा गुणस्तर अनुगमन: क्यान्टिनमा पाइने खाना तथा खाजाको गुणस्तर, तौल, ताजगी र अनुमोदित मूल्यसूची अनुसार बिक्री भए नभएको विषयमा नियमित वा आकस्मिक (छड्के) अनुगमन गर्ने। (ख) स्वच्छता जाँच: भान्छाकोठा, भाडाकुँडा, पिउने पानीको शुद्धता र कामदारहरूको ..व्यक्तिगत सरसफाइ (Hygiene) को अवस्था परीक्षण गर्ने। (ग) गुनासो सुनुवाइ: सेवाग्राही वा कर्मचारीहरूबाट क्यान्टिनको सेवा र गुणस्तरबारे प्राप्त गुनासोहरू संकलन गरी सुनुवाइ गर्ने। (a) निर्देशन RA: संकलन भएका गुनासोहरू सुधारका लागि सञ्चालकलाई निर्देशन दिने। @) कारबाही सिफारिस सञ्चालकले अखाद्य वस्तु बिक्री गरेमा, तोकिएकोभन्दा बढी मूल्य असुल गरेमा वा सरसफाइमा लापरबाही गरेमा नियमानुसार दण्ड, जरिवाना या सम्झौता रद्द गर्न कार्यपालिका समक्ष सिफारिस गर्ने | १३. निषेधित कार्यहरू क्यान्टिन परिसरभित्र मदिरा, सुर्तीजन्य पदार्थ, लागुपदार्थ तथा अन्य निषेधित वस्तुहरूको बिक्रीवितरण , या सेवन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। Ro) wy, ae (J CamScanner