Notice Park
Election commission, Nepal
Press Release

प्रेस बिज्ञप्ति

Summary

आयोगबाट निर्वाचनका विविध विषयहरुमा प्रस्तुतीकरण गरिएको थियो । विशेषगरी निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता, बदर मतको न्यूनीकरण, मतदाता नामावलीको शुध्दता, विदेश तथा अन्तर जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्चमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Election commission, Nepal
Industry
Commission
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a उआयोजा, Aaa _ ELECTION COMMISSION, NEPAL प.सं. च.नं. / Ref: मिति २०८३।०६।१६ नेपाल संवत्‌ ११४६ ञलागा ६, शुक्रबार आज मिति २०८३।०६।१६ गते निर्वाचन तथा राजनीतिक दल व्यवस्थापन सम्बन्धमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको थियो । चौबिस वटा राजनीतिक दललाई आमन्त्रण गरिएको यस कार्यक्रममा निर्वाचन आयोगबाट निर्वाचनका विविध विषयहरुमा प्रस्तुतीकरण गरिएको थियो । विशेषगरी निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता, बदर मतको न्यूनीकरण, मतदाता नामावलीको शुध्दता, विदेश तथा अन्तर जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्चमा न्यूनीकरण, मतदाता शिक्षा, राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कार्यहरु लगायत समग्र निर्वाचन सुधारका विषयमा छलफल भएको थियो । नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको हुँदा आफ्नो स्थायी ठेगाना भन्दा बाहिर अस्थायी बसोबास भएका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने, निर्वाचनमा प्रविधिको प्रयोग गर्दा विज्ञहरुको सल्लाहमा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्नेगरी अध्ययन गरेर मात्र गर्नुपर्ने, निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा, मतदाता नामावली तयारी जस्ता कुराहरुमा राजनीतिक दलहरुले आयोगलाई सहयोग गर्ने विचार राख्नु भएको थियो । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त माननीय मानबहादुर कार्कीज्यूले राजनीतिक दल र आयोगको आपसी सहयोग एवम्‌ सहकार्यमा लोकतान्त्रिक पध्दति बमोजिम निर्वाचनका सबै पक्षमा समयानुकूल सुधार गर्न सकिने भएको हुँदा सबै दलहरुबाट उल्लेखनीय सहयोग प्राप्त भइरहेको र आगामी दिनमा पनि यस्तो सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रममा आयोगका माननीय निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, माननीय सगुन शम्सेर ज.ब.रा., माननीय गुरुप्रसाद वाग्ले, माननीय डा.राजीव सुब्बा र आयोगका प्रवक्ता श्री नारायण प्रसाद भट्टराई समेतको उपस्थिति रहेको थियो । AEF oI घिमिरे ) । सुचना अधिकारी गाल ae «स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव” "Free and Fair Election: Pride of Nation" see weeeerct कला elite of. feicia_2\ 00 छर ”कक ८ ) भाला; /elcie_c\ 80 0091000 80 कक)

Like

0

Views

3

Comments

0

Share

0

Save

Report