प्रेस बिज्ञप्ति
Summary
आयोगले आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आयोगको बीसौं वार्षिक प्रतिवेदन पेश गरेको छ। नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका कामहरू समावेश गरी तयार गरिएको सो प्रतिवेदन राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित कार्यक्रममा आयोगका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 94c4eae3-3c86-4ead-a232-067d405310eb.pdfPDF · 1 page · 728 KBOpen
Key details
- Organization
- Election commission, Nepal
- Industry
- Commission
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a} a = E Se YM ferataci a , व्नोचात्त ELECTIO VIMISSION, NEPAL प.सं. च.नं./ Ref: aus मिति : २०८३/०६/१५ २० नेपाल संवत् : ११४६ जँलागा ५ प्रेस बिज्ञप्ति आयोगले आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आयोगको बीसौं वार्षिक प्रतिवेदन पेश गरेको छ। नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका कामहरू समावेश गरी तयार गरिएको सो प्रतिवेदन राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित कार्यक्रममा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीज्यूले सो प्रतिवेदन पेश गर्नुभएको हो। निर्वाचन आयोगको स्थापना २०१७ सालमा भएको हो तर यसले नेपालको अन्तरिम संविधान २०६३ मा भएको संवैधानिक व्यवस्था वमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रतिवेदन पेश गर्न सुरू गरेको थियो। आयोगको यो २० औं वार्षिक प्रतिवेदन हो। सो प्रतिवेदनमा आयोगले आ.व. २०८२/०८३ मा सम्पादन गरेका कार्यहरू, आयोगको .. सङ्गठन संरचना र जनशक्ति व्यवस्थापन, आयोगको बैठक व्यवस्थापन र निर्णयहरू, निर्वाचन सञ्चालन र व्यवस्थापन, आयोगको वार्षिक योजना तथा कार्यप्रगति, मतदाता 'नामावलीमा नाम दर्ता तथा अद्यावधिक विवरण, waa प्रविधि तथा प्रणाली व्यवस्थापन, राजनीतिक दल नियमन, निर्वाचन शिक्षा तालिम तथा क्षमता बिकास लगायतका विषयहरू समावेश गरिएका छन्। वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले आर्थिक वर्ष २०८२/०८३ मा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, विश्वसनीय रूपमा सम्पन्न गरेर आयोगले लोकतन्त्रलाई संस्थागत गर्न पुच्याएको योगदानका लागि धन्यवाद दिँदै आगामी दिनमा आयोगबाट थप प्रभावकारी कार्य सम्पादन हुने विश्वास व्यक्त गर्नुभयो। आयोगका तर्फबाट माननीय प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीज्यूले प्रतिवेदन पेश गर्नुहुँदै आयोगले आ.व. २०८२%०८३ मा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न गर्नुका साथै मतदाता नामावली दर्ता तथा अद्यावधिक, निर्वाचन तथा मतदाता शिक्षा, तालिम सञ्चालन र राजनीतिक दलको दर्ता तथा अद्यावधिक लगायतका कार्य सम्पन्न गरेको जानकारी दिनुभएको थियो। आयोगले कानुनी, संस्थागत तथा -प्रणालीगत सुधारका लागि योजनावद्ध रूपमा काम गरिरहेको उल्लेख गर्दै उहाँले निर्वाचन व्यवस्थापन लगायत आयोगका कार्यहरूमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्राप्त अभिभावकत्व एवम् नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दलहरू, नागरिक समाज, पर्यवेक्षक, सञ्चारकर्मी लगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा निर्वाचन आयुक्तहरू मा. डा. जानकी कुमारी तुलाधर, मा. सगुन सम्शेर ज.ब.रा., मा. गुरू प्रसाद वाग्ले र डा. राजीव सुब्बा तथा सम्माननीय राष्ट्रपतिज्यूका विज्ञ सल्लाहकारहरू, राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थ र आयोगका सचिव कृष्ण प्रसाद काप्री एवम् राष्ट्रपति कार्यालय र आयोगका सहसचिव लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो। oa प्रसाद भट्टराई सहसचिव एवम् प्रवक्ता | es “स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव” "Free and Fair Election: Pride of Nation" कान्तिपथ, काठमाडौँ, नेपाल, फोन नं.: (९७७-१) ५३२८६६३ | फ्याक्स; (९७७-१) ५३२५५८० Kantipath, Kathmandu, Nepal, Tel: (977-1) 5328663, Fax: (977-1) 5325580 E-mail: [email protected], Website: Wwww.election.gov.np (J CamScanner