Notice Park
Election commission, Nepal
Press Release

प्रेस विज्ञप्ति

Summary

निर्वाचन आयोगको आयोजनामा आज "इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा SMARTECX Inspiring Lab का विज्ञहरूले इन्टरनेट मतदानसम्बन्धी प्रविधि, प्रणाली, कार्यप्रक्रिया…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Election commission, Nepal
Industry
Commission
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

rE) __ i a cS) & ferataat Apparet, Sater ELECTION Git SION, NEPAL प.सं. च.नं./ Ref: नेपाल मिति : २०८३/०६/२० woes नेपाल संवत्‌ : ११४६ जँलागा ११ प्रेस बिज्ञप्ति निर्वाचन आयोगको आयोजनामा आज "इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा SMARTECX Inspiring Lab का विज्ञहरूले इन्टरनेट मतदानसम्बन्धी प्रविधि, प्रणाली, कार्यप्रक्रिया, साइवर सुरक्षा तथा कार्यान्वयनका विभिन्न पक्षमा प्रस्तुतीकरण गरेका थिए। SMARTEC का नेदरल्यान्ड्स, एस्टोनिया, बोस्निया, पानामा तथा बेलायतबाट सहभागी विज्ञहरूले आधुनिक इन्टरनेट मतदान प्रबिधि, यसको प्राविधिक संरचना, aL, प्रणाली सञ्चालन तथा अन्तर्राष्ट्रिय अभ्यासका विषयमा जानकारी प्रस्तुत गरेका Ae) सो अवसरमा SMARTEC® इन्टरनेट मतदान प्रणालीको प्रत्यक्ष प्राविधिक प्रदर्शन (Demo) समेत गरेको थियो। प्रदर्शनमार्फत मतदाता प्रमाणीकरण, मतदान प्रक्रिया,मतको सुरक्षित व्यवस्थापन तथा प्रणाली सञ्चालनका विभिन्न प्राविधिक चरणवारे सहभागीहरूलाई व्यावहारिक जानकारी गराइएको थियो। Inspiring Lab wT प्रतिनिधि सञ्जय खनालले Internet Voting Technology Architecture AIM प्रस्तुतीकरण गर्दै यसको प्राविधिक संरचना, प्रणालीगत विशेषता तथा निर्वाचन प्रक्रियामा यसको सम्भावित प्रयोगका विषयमा जानकारी गराउनुभयो। यसै क्रममा निर्वाचन आयोगका उपसचिव अनुप न्यौपानेले आयोगको वर्तमान सूचना तथा सञ्चार प्रविधि (01) अवस्था सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो। उहाँले आयोगमा विद्यमान 101 प्रणाली, पूर्वाधार, जनशक्ति तथा आगामी दिनमा आवश्यक पर्ने प्रविधिगत सुदृढीकरणका विषयमा जानकारी प्रस्तुत गर्नुभयो। कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राहदानी विभाग, अध्यागमन बिभाग, नेपाल प्रहरीलगायत नेपाल सरकारका विभिन्न निकायका २४ भन्दा बढी 107 प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रमलाई सम्बोधन गदैं माननीय प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगले आगामी दिनमा इन्टरनेट मतदानको दिशामा अघि बढ्ने बताउनुभयो। उहाँले इन्टरनेट मतदान प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै माननीय निर्वाचन आयुक्त डा. राजीव सुब्वाले नेपालमा भविष्यमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा अघि बढ्दा निर्वाचन आयोगमा मात्र नभई नेपाल सरकारका विभिन्न निकायमा उपलब्ध 107 सम्बन्धी ज्ञान, सीप, जनशक्ति तथा प्राविधिक क्षमताको नक्साङ्कन (Skill Mapping) आवश्यक रहेको बताउनुभयो | उहाँले इन्टरनेट मतदान प्रणाली बहुआयामिक र अन्तरनिकायसँग सम्बन्धित हुने भएकाले डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, डाटा आदानप्रदान, साइवर सुरक्षा, प्रणाली बिकास, पूर्वाधार तथा सञ्चालनलगायतका क्षेत्रमा सम्बन्धित सरकारी निकायमा उपलब्ध बिशेपज्ञता र सीपको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो। $10॥1/9%7108ले नेपाल —— क mgm) LS a “स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव” ‘ "Free and Fair Election: Pride of Nation" कान्तिपय, काठमाडौँ, नेपाल, फोन नं.: (९७७-१) ५३२८६६३ | पयाक्स; (९७७-१) ५३२५५८० Kantipath, Kathmandu, Nepal, Tel: (977-1) 5328663, Fax: (977-1) 5325580 E-mail: [email protected], Website: www.election.gov.np (J CamScanner २०० प.सं. च.नं./ Ref: ३ इन्टरनेट मतदान प्रणाली कार्यान्वयनतर्फ अघि agar आवश्यक पर्ने प्राविधिक जनशक्ति, विशेपज्ञता र संस्थागत क्षमताको पहिचान तथा उपयोग गर्न आधार प्रदान गर्ने उहाँको भनाइ थियो। उक्त कार्यक्रममा नागरिकको डिजिटल पहिचान, नागरिक दर्ता, सामाजिक सुरक्षा, जनसांख्यिक तथा जनसंख्या व्यवस्थापन, करदाता सूचना, भूमि तथा सम्पत्ति व्यवस्थापन, राहदानी तथा अध्यागमन, यातायात, स्वास्थ्य, शिक्षा, सरकारी वित्तीय व्यवस्थापन, सरकारी कर्मचारी तथा मानव संसाधन व्यवस्थापन, सरकारी कार्यालय व्यवस्थापन, नागरिक सेवा तथा सेवा गेटवे, सरकारी वेबसाइट तथा सूचना प्रणाली, भौगोलिक तथा स्थानिक सूचना प्रणाली, कानून कार्यान्वयन तथा सुरक्षा सूचना प्रणाली र निर्वाचन सूचना प्रणालीलगायतका बिभिन्न प्रकृतिका सूचना प्रणाली सञ्चालन गर्ने निकायहरूको सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा सहभागी 107 प्रमुखहरूले सम्बन्धित प्रणालीको विद्यमान अवस्था, प्राविधिक जनशक्ति, प्रणालीको अन्तरआवद्धता, डिजिटल पहिचान तथा FATE, SET आदानप्रदान, साइवर सुरक्षा, डाटा संरक्षण तथ संस्थागत प्राविधिक क्षमताका विषयमा आफ्ना “ अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए। यसले भविष्यमा इन्टरनेट मतदान प्रणाली विकास तथा कार्यान्वयन गर्दा निर्वाचन आयोगसँग सम्बन्धित अन्य सरकारी सूचना प्रणाली र प्राविधिक क्षमतावीचको समन्वय र अन्तरआवद्धताको आवश्यकतामाथि समेत छलफल गर्ने अवसर प्रदान गरेको थियो। कार्यक्रममा निर्वाचन आयोगका सचिव कृष्ण प्रसाद काप्री, सहसचिवहरू नारायण भट्टराई तथा राजेन्द्र कुमार के.सी. लगायत आयोगका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले नेपालमा सम्भावित इन्टरनेट मतदान प्रणालीका लागि आवश्यक प्रविधि, जनशक्ति, संस्थागत क्षमता, डिजिटल पहिचान, साइवर सुरक्षा, डाटा संरक्षण, प्रणाली अन्तरआवद्धता तथा अन्तरनिकाय समन्वयका विषयमा निर्वाचन आयोग र सम्वन्धित सरकारी निकायवीच संवाद तथा सहकार्यको आधार तयार गरेको छ। age नारायण भट्टराई सहसचिव एवम्‌ प्रवक्ता “स्वतन्त्र र निष्क्ष निर्वाचनः राष्ट्रको गौरव” "Free and Fair Election: Pride of Nation" कान्तिपथ, काठमाडौँ, नेपाल, फोन नं.: (९७७-१) ५३२८६६३ । फ्याक्स: (९७७-१) ५३२५५८० Kantipath, Kathmandu, Nepal, Tel: (977-1) 5328663, Fax: (977-1) 5325580 E-mail: [email protected], Website: www.election.gov.np (J CamScanner

Like

0

Views

2

Comments

0

Share

0

Save

Report