Notice Park
Gaumul Rural Municipality
Gen Info

दिगो विकास लक्ष्य (SDGs) स्थानीयकरण कार्ययोजना २०८३/८४-८७/८८ ।

Summary

न दिगो विकासका लक्ष्यहरु: स्थानीय तहको सक्रियता, समावेशी विकासको सुनिश्चितता” --”० 1 ao मुफस्तदीय का | चक गौमुल गाउँपालिका | अध्यक्षको तर्फबाट गौमुल गाउँपालिका, बाजुरा जिल्लाको एक दुर्गम, हिमाली स्थानीय तह हो जसले सीमित स्रोत, दुर्गम भौगोलिक अवस्था, सेवा प्रवाहमा कठिनाइ, शिक्षा र स्वास्थ्य जस्ता…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaumul Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

दिगो विकास लक्ष्य (5005) न दिगो विकासका लक्ष्यहरु: स्थानीय तहको सक्रियता, समावेशी विकासको सुनिश्चितता” --”० 1 ao मुफस्तदीय का | चक कि © टेलीफोन नं: 9848492727 * © ईमेल: [email protected] छे वेबसाइट: https://gaumulmun.gov.np गाउँ कार्यपालिकाको कार्यालय घटमुना, बाजुरा, सुदूरपश्चिम प्रदेश, नेपाल गौमुल गाउँपालिका | अध्यक्षको तर्फबाट गौमुल गाउँपालिका, बाजुरा जिल्लाको एक दुर्गम, हिमाली स्थानीय तह हो जसले सीमित स्रोत, दुर्गम भौगोलिक अवस्था, सेवा प्रवाहमा कठिनाइ, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा पहुँचको अभाव न्यून पूर्वाधार विकासका कारण आर्थिक, सामाजिक विकासका सूचकहरुमा पछाडि परेको स्थिति छ । समावेशी, समतामूलक र दिगो विकासलाई सुनिश्चित गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय पक्षमा सन्तुलित समृद्धिको मार्ग तय गर्न दिगो वकासका लक्ष्यमा नेपालले गरेको प्रतिवद्धतालाई पूर्णता प्राप्त गर्न दिगो विकास लक्ष्य स्थानीयकरण कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नु आवस्यक छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वको समतामूलक विकास र समृद्दिका लागि सुरू भएको सहस्राव्दी बिकास लक्ष्यको परणाम र त्यसैको जगमा टेकेर पुन आह्वान गरिएको दिगो विकास लक्ष्यहरू (२०१६-२०३०) लाई कार्यान्वयन गर्न नेपाल सरकार पनि प्रतिवद्ध छ । सो कार्यान्वयनको लागि संघीय सरकारले तयार गरेको मार्गचित्रले तय गरेका राष्ट्रिय तहमा हासिल गर्नुपर्ने लक्ष्य र उद्देश्यहरुको परिपूर्तिका लागि स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुन्छ, जसको लागि हरेक स्थानीय सरकारले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय परिवेश, भौगोलिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था, सांस्कृतिक स्थिति समेतलाई ध्यानमा राखेर नीति, योजना, कार्यक्रम निर्माण गरिनुपर्छ । गौमुल गाउँपालिका दिगो विकास लक्ष्य कार्यन्वयन गर्न प्रतिबद्ध रहेको छ । यसको लागि दिगो विकास लक्ष्य स्थानीयकरण कार्ययोजना २०८३ ।८४-८७।८८ तयार गरेको छ । यसको अक्षरस कार्यन्वयन गरी अगाडी वढाईने छ । विकासको प्रतिफलबाट गाउँपालिकामा कोहि पनि पछाडी नपर्न भन्ने भन्ने मूल मान्यता अनुरूप नै दिगो विकास लक्ष्यहरूको स्थानीयकरण गर्ने योजना तयार गर्ने प्रयास गाउँपालिकाले गरेको छ ।यस योजनाको कार्यन्वयनले गाउँपालिकामा रहेका सीमान्तकृत र विकासमा पछाडी परेका समुदायको जीवनस्तर सुधार माथि उठ्ने छ भन्ने विश्वास छ । यस योजना निर्माण गर्ने क्रममा निरन्तर लागि पर्ने सबै जनप्रतिनिधि ज्यु तथा कर्मचारीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । यस कार्ययोजना निर्माणमा समन्वयकारी भूमिका खेली सहयोग गर्ने सामाजिक विकास मञ्च, सुदूरपश्चिम लाई पनि धन्यवाद । दिगो विकास लक्ष्यको स्थानीयकरण गर्नु गाउँपालिकाको कार्यालयको मात्र जिम्मेवारी नभई सम्पूर्ण गाउँपालिका वासी, गाउँपालिका भित्र रहेका विभिन्न पेशा व्यवसाय गर्ने निजी तथा व्यवसायिक निकाय, प्रागिक क्षेत्रका सवै सरोकारवाला, विकास साझेदारहरूको पनि त्यत्तिकै अहम भूमिका रहन्छ । तसर्थ जसरी योजना निर्माण प्रक्रियामा सबै पक्षको रचनात्मक र सृजनात्मक सहयोग रह्यो त्यसरी नै कार्यान्वयनका लागि पनि सबैको साथ र सहयोग रहने छ भने अपेक्षा छ । हरि बहादुर रोकाया अध्यक्ष उपाध्यक्षको तर्फबाट शान्ति र समृद्धिका लागि सहकार्य गर्ने विश्व समुदायको अठोट वमोजिम सन्‌ २०१५, सेप्टेम्बरको ऐतिहासिक राष्ट्रसङ्घीय साधारण सभाबाट घोषणा गरिएको कार्ययोजना हो । नेपाल सरकारले समेत दिगो विकास लक्ष्यको विश्वव्यापी एजेण्डालाई आत्मसाथ गरी लक्ष्य प्राप्तिकको प्रतिवद्धता गरेको छ । गौमुलको भू-प्राकृतिक विशेषता र मौलिक सांस्कृतिक परम्पराहरूले गर्दा दिगो विकासको लक्ष्य प्राप्तिको लागि आफ्नै अनुकुलको कार्ययोजना निर्माण गरी अगाडी वढ्नु आवस्यक देखिन्छ । यस्ता अवस्थाहरूले स्थानीय जनताको जीवनस्तर सुधार, सेवामा पहुँच वृद्धि तथा सशक्तीकरणलाई प्राथमिकतामा राखि दिगो विकास लक्ष्य स्थानीयकरण कार्ययोजना निर्माण गर्नु आवस्य छ । गौमुल गाउँपालिकाको दिगो विकास लक्ष्यको स्थानीयकरण कार्ययोजना दिगो विकासका लक्ष्यहरूलाई स्थानीय तहमा कार्यन्वयन गर्नको लागि तयार पारिएको योजना हो । यसले आर्थिक बिकास, सामाजिक न्याय, र पर्यावरणीय दिगोपनालाई सन्तुलन राख्दै, हाम्रा स्थानीय स्रोत र क्षमतालाई अधिकतम उपयोग गर्दै दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग गर्नेछ । यो कार्ययोजना कार्यन्वयनका लागि हामी सबैको सहभागिता र सहयोग अपरिहार्य छ ।यस दस्तावेजमा गाउँपालिका समस्या, वर्तमान अवस्था, अव चाल्नुपर्ने कदम, प्राथमिकता, अपेक्षित उपलब्धि र सूचक सहित तयार गरिएको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरणीय विकास व्यवस्थापन, संस्थागत विकास र सुशासन क्षेत्रका लक्ष्य निर्धारण गरी प्राप्तिको कार्यक्रम वानईएको छ । यसले नागरिक जीवन उकास्न र समृद्धि ल्याउन सहयोग पुग्नेछ । नागरिक समाज, निजी क्षेत्र, सहकारी संस्था, र समुदायवीच समन्वय र साझेदारीलाई प्रोत्साहन गरेका छौं। राष्ट्रिय योजना आयोगले तय गरेको दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका आधारमा गौमुल गाउँपालिकामा दिगो विकास लक्ष्य स्थानीकरण कार्य योजना तयार गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण, र सुरक्षित समाज निर्माण गर्ने लक्ष्य निर्माण गरिएको छ । यसले आर्थिक, सामाजिक, पर्यावरणीय, संस्थागत विकासमा सहयोग पुग्नेछ । यस कार्यमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीलाई हार्दिक धन्यवाद । सिता रोकाया (थापा) उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट शान्ति र समृद्धिका लागि सहकार्य गर्ने विश्व समुदायको अठोट वमोजिम संयुक्त राष्ट्र संघका सम्पूर्ण सदस्य राष्ट्रको सामूहिक प्रयास र प्रतिबद्धताका आधारमा सन्‌ २०१५ मा घषणा गरिएको कार्ययोजना दिगो विकास लक्ष्य हो । सदस्य राष्ट्रले यी लक्ष्यलाई आन्तरिकीकरण वा स्थानीयकरण गर्नु भनेको अन्तराष्ट्रिय स्तरमा सहमत भएका विकासका एजेण्डालाई सरकारमा जिम्मेवार वनाउनु हो । स्थानीय तहले यी योननालाई आफ्नो आवधिक योजना, वार्षिक योजना नीति तथा कार्यक्रममा समेत समेटिर आन्तरिकरण तथा स्थानीकरण गर्नु पर्छ । आयवृद्धि , गुणस्तरीय मानव पूँजी निर्माण, आर्थिक जोखिमको न्यूनीकरण गर्दै वि.सं. २०७९ अति कम विकसित देशबाट विकाशील देशमा स्तरोन्नति गर्ने र वि.सं. २०८७ सम्म दिगो विकास लक्ष्य हासिल गर्दै उच्च मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने गरि लक्ष्य लिइएको छ । स्थानीय तह नागरिकसँग दैनिक रूपमा साक्षत्कार हुने भएकोले सथानीय आवश्यकता र प्राथमिकताको बढी जानकार हुनछन्‌ । यसका साथै सेवा प्रावाह र स्थानीय पूर्वाधार विकास लागायतका जिम्मेवारी स्थानीय तहको भएकोले स्थानीयकरणको वढी जेम्मेवारी स्थानीय तहको रहेको छ । गौमुल गाउँपालिका, बाजुरा जिल्लाको एक दुर्गम, हिमाली स्थानीय तह हो जसले सीमित स्रोत, दुर्गम भौगोलिक अवस्था, सेवा प्रवाहमा कठिनाइ, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा पहुँचको अभाव न्यून पूर्वाधार विकासका कारण आर्थिक-सामाजिक विकासका सूचकहरुमा पछाडि परेको स्थिति छ । समावेशी, समतामूलक र दिगो विकासलाई सुनिश्चित गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय पक्षमा सन्तुलित समृद्धिको मार्ग तय गर्न दिगो विकसा लक्ष्य स्थानीकरण गर्नु आवश्यक छ । दिगो विकास लक्ष्य स्थानीयकरणको लागि गौमुल गाउँपालिका दिगो विकास लक्ष्य अनुकुल हुने गरी गाउँपालिकाको आवधिक योजना निर्माण, दिगो विकास लक्ष्य स्थानीयकरणमा मध्यकालिन खर्च संरचना, वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा, दिगो विकास लक्ष्य प्राप्तिको लागि चालु तथा पूँजीगत खर्चको व्यवस्थापन, दिगो विकास लक्ष्य कार्यान्वयनको अनुगमन तथा मुल्याङ्कन दिगो विकास लक्ष्य प्राप्तिको लागि समन्वय, सहकार्य र साझेदारीको आवस्यकता पर्छ । जगदिस प्रसाद भट्ट प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report