Notice Park
Gaumul Rural Municipality
Acts & regulations

गौमुल गाउँपालिकाको आवधिक योजना २०८२/८३-२०८६/८७ ।

Summary

नेपालको संविधान २०७२ ले संघीय शासन प्रणालीलाई प्रत्याभूत गर्दै स्थानीय सरकारलाई जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्दै विकासमुलक गतिविधि सञ्चालनको जिम्मा सुम्पेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मार्फत स्थानीय तहलाई प्रशासनिक, वित्तीय, विकास, न्यायिक लगायतका अधिकारहरू प्रदान गरिएको छ । यिनै…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaumul Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गौमुल गाउँपालिकाको बाजुरा जिल्ला १ N गौमुल गाउँपालिका ; तिल A Budhinanda Projection Syston MUTI, Spheroid- Everest 7630 गौमुल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय घट्मुना, बाजुरा अध्यक्षको मनतव्य नेपालको संविधान २०७२ ले संघीय शासन प्रणालीलाई प्रत्याभूत गर्दै स्थानीय सरकारलाई जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्दै विकासमुलक गतिविधि सञ्चालनको जिम्मा सुम्पेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मार्फत स्थानीय तहलाई प्रशासनिक, वित्तीय, विकास, न्यायिक लगायतका अधिकारहरू प्रदान गरिएको छ । यिनै संवैधानिक र कानुनी व्यवस्था अन्तर्गत, गौमुल गाउँपालिकाले जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने लक्ष्यसहित विकास, सुशासन र समावेशी सेवाप्रवाहलाई केन्द्रमा राखेर “गौमुल गाउँपालिकाको सुशासन, दिगो विकास र समृद्धि” दीर्घकालीन सोच सहितको आवधिक योजना निर्माण गरेको छ । गाउँपालिकाको समुन्नत, समावेशी र दिगो विकास सुनिश्चित गर्न बहुवर्षीय सोचसहितको मार्गचित्र आवश्यक भएको सन्दर्भमा यो आवधिक योजना तयार गरिएको हो र यसको सफल कार्यान्वयनले गाउँपालिकालाई समृद्धिको बाटोमा अगाडि बढाउन योगदान FATS छ | यो आवधिक योजना तर्जुमा प्रक्रिया विविध चरणहरूमा आधारित रही सहभागितामूलक ढंगले सम्पन्न गरिएको हो । प्रारम्भिक कार्यशालाबाट योजना तर्जुमा टोली र निर्देशक समिति गठन गरी वडास्तरबाट योजना सङ्कलन तथा प्राथमिकिकरण गर्दै तथ्याङ्क विश्ल्रेषण, सबल पक्ष, सुधारात्मक पक्ष तथा अवसर र चुनौतीहरुको विश्लेषण, दीर्घकालीन सोच कार्यशाला, विषयगत समितिको परामर्श, बजेट अनुमान, स्रोत विश्वेषणलगायत प्रक्रियाहरू पालना गर्दै अन्तिम मस्यौदा तयार गरिएको हो | योजना निर्माणका क्रममा महिला, दलित, जनजाति, युवा, विपन्न वर्ग, नागरिक समाज तथा अन्य सरोकारवालाको सक्रिय सहभागिता रह्यो । यसले योजना निर्माणलाई केवल सरकारी दस्तावेजको रूपमा मात्र नभई समग्र समुदायको साझा संकल्पको रूपमा प्रस्तुत गरेको छ । समृद्ध गाउँपालिका निर्माणका लागि योजना निर्माण मात्र पर्याप्त हुँदै; यसको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण सरोकारवाला पक्षहरूको ऐक्यबद्धता, समन्वय र सहकार्य अपरिहार्य छ । कार्यान्वयनको प्रत्येक चरणमा जनप्रतिनिधि, कर्मचारी, सबै तहका विकास साझेदार निकायहरु, सरकारी तथा गैर सरकारी सेवाप्रदायक संघसंस्थाहरु, निजी क्षेत्र, सहकारी संस्था तथा आम नागरिकको सहभागिता अपरिहार्य | आवधिक योजनाका उद्देश्य प्राप्तिका लागि साझा प्रयास र प्रतिबद्धता अपरिहार्य छन्‌ | हामी सबै मिलेर पालिकाको रणनीति, नीति, कार्यक्रम र बजेटलाई परिणाममुखी बनाउनेतर्फ अग्रसर हुनुपर्नेछ । दीर्घकालीन सोच र सामूहिक प्रयासबाट मात्र समृद्ध गौमुलको निर्माण सम्भव छ भन्ने हाम्रो दृढ विश्वास छ। यस महत्वाकाङ्क्षी र समावेशी आवधिक योजना निर्माणमा प्रत्यक्ष तथा परोक्ष सहयोग पुन्याउनु हुने सबैमा म हार्दिक धन्यवाद प्रकट गर्दछु । गाउँपालिकाका उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडाध्यक्षज्यूहरू तथा कार्यपालिका सदस्यज्यूहरु, योजनाका विषयगत समिति सदस्यहरू, कर्मचारी वर्ग, स्थानीयवासी, नागरिक समाज, महिला, दलित, जनजाति, युवा, दातृ निकाय तथा सरोकारवाला संस्थाहरूको सक्रियताले यो योजना निर्माण कार्य सम्भव भएको हुँदा सबैलाई धन्यवाद्‌ दिन चाहन्छु । योजना निर्माणको शुरुवात देखि अन्तिम चरण सम्म प्राविधिकरुपमा सहयोग पुच्याउने परामर्शदाता रायमाझी रिसर्च एण्ड कन्सल्टिङ्ग प्रा.लि.लाई पनि धन्यवाद्‌ दिन चाहन्छु | तपाईहरूको सुझाब, सहभागिता र योगदानले यो योजना जनताको पक्षमा तयार भएको सशक्त दस्तावेज बनेको छ। आवधिक योजनाले तय गरेका लक्ष्य, उद्देश्यहरु पूरा गर्ने गरि हरेक वर्षका नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा यस आवधिक योजनामा समावेश गरिएका योजनाहरुलाई मार्ग दर्शकका रुपमा प्रयोग गरिनेछन्‌ । तसर्थ जसरी योजना निर्माण प्रक्रियामा सबै पक्षको रचनात्मक र सृजनात्मक सहयोग रह्यो त्यसरी नै कार्यान्वयनका लागि पनि सबैको साथ र सहयोग रहने छ भने अपेक्षा छ | योजना कार्यान्वयनमा गाउँपालिका सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै समन्यायिक विकासका लागि अहोरात्र खटिने प्रतिवद्धता पनि व्यक्त गर्दछु । धन्यवाद्‌ | हरि बहादुर रोकाया अध्यक्ष उपाध्यक्षको मनतव्य संविधानले स्थानीय सरकारलाई शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, स्थानीय पूर्वाधार, सामाजिक संरक्षण लगायतका विषयमा योजना बनाउने, कार्यान्वयन गर्ने र स्रोत परिचालन गर्ने अधिकार दिएको सन्दर्भमा हामीले सबै समुदायको सहभागिता र हक अधिकार सुनिश्चित गर्ने गी आवधिक योजना निर्माण गरेका छौं | सामाजिक न्याय, लैङ्गिक समानता, दिगो विकास र समावेशी सेवाप्रवाहमा आधारित यस आवधिक योजनाले गौमुल गाउँपालिकालाई जनताको समृद्धिको यात्रामा अगाडि बढाउने विश्वास लिइएको छ। योजना सफल कार्यान्वयनका लागि सबै तह र क्षेत्रको सहकार्य आवश्यक छ । आवधिक योजनाले लिएका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्न केवल गाउँपालिकाको प्रयासबाट सम्भव छैन । तसर्थ संघीय र प्रदेश सरकारको सहयोग, दातृ निकायको समर्थन, निजी क्षेत्रको संलग्नता र समुदायको स्वामित्वले समान भूमिका खेल्छन्‌ । बजेट व्यवस्थापन सन्तुलित, पारदर्शी र परिणाममुखी हुनुपर्छ भन्ने हाम्रो विश्वास छ | समावेशी बजेट विनियोजन, प्राथमिकता अनुसार स्रोत बाँडफाँट र नीतिगत प्रतिबद्धतासँग मिल्दो बजेट संरचना नै योजनाको सफलताको आधार हो | महिला, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका लागि लक्षित बजेट व्यवस्थालाई यो आवधिक योजनाले समुचित ढङ्गले समेटेको हुँदा कार्यान्वयनका क्रममा गाउँपालिकाले न्यायोचित वितरण गर्नेछ। गौमुल गाउँपालिका समावेशी योजना कार्यान्वयनमा दृढ प्रतिबद्ध छ | योजनाको प्रभावकारिता अनुगमन तथा मूल्याङ्कन प्रणालीको कडाइमा भर पर्छ भन्ने कुरामा हामी स्पष्ट छौं । त्यसैले प्रत्येक योजनाको नियमित अनुगमन, मूल्याङ्कन र सार्वजनिक प्रतिवेदन प्रस्तुत गर्ने प्रणालीलाई संस्थागत बनाइनेछ । लैङ्गिक समानता, बालमैत्री शासन, अपाङ्गमैत्री पूर्वाधार, किशोरी शिक्षामा पहुँच तथा सुरक्षित वातावरणका पक्षमा बजेट विनियोजन र कार्यान्वयनलाई कडाइका साथ लागू गरिनेछ । आवधिक योजना निर्माणको सम्पूर्ण प्रक्रियामा प्रत्यक्ष-परोक्ष रूपमा संलग्न सबैमा म हार्दिक आभार प्रकट गर्दछु। जनप्रतिनिधिज्यूहरु, कर्मचारी, परामर्शदाता, महिला समूह, जनजाति प्रतिनिधि, बाल अधिकारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, युवा तथा अपाङ्गता भएका व्यक्तिहरूको सहयोगले यो योजना जनउत्तरदायी दस्तावेजको रुपमा तयार भएको छ । भविष्यमा पनि सबै सरोकारवाला पक्षहरूको निरन्तर सहयोग, सुझाव र निगरानीको अपेक्षा राख्दछु | धन्यवाद्‌ | सीता रोकाया (थापा) उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृतको मनतव्य नेपालको संविधान २०७२ को अनुसूची ८ र ९ मा उल्लेखित एकल तथा साझा अधिकार र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ का उपदफा (१) मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत, विषय क्षेत्रगत, मध्यमकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरिएकोले गौमुल गाउँपालिकाको यस आवधिक योजना नेपालको संविधानमा उल्लिखित स्थानीय तहको अधिकार, दिगो विकासका लक्ष्य, राष्ट्रिय तथा प्रदेश सरकारका नीतिहरू, स्थानीय सरकार सञ्चालन ऐन, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई आधार बनाई यो आवधिक योजना तयार गरेको हो | शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन, कृषि, पर्यटन, विपद्‌ व्यवस्थापनजस्ता विषयहरू समेटिएको यस योजनाले पालिकाको बहुआयामिक समृद्धिमा योगदान पुच्याउने अपेक्षा गरिएको छ । योजना निर्माण प्रक्रियामा महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा किशोरीको सहभागिता सुनिश्चित गरिएको छ। समुदायस्तरका योजना सङ्कलन कार्यमा सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा योजना तर्जुमा प्रक्रिया सहभागितामूलक ढङ्गले अघि बढाइएको थियो भने प्राथमिकिकरणदेखि विषयगत समितिहरू, कर्मचारी, जनप्रतिनिधि, नागरिक समाज र सरोकारवाला पक्षहरूसँग अन्तरक्रिया, कार्यशाला, सबल पक्ष, सुधारात्मक पक्ष तथा अवसर र चुनौतीहरुको विश्लेषण र बजेट अनुमान हुँदै अन्तिम मस्यौदा तयार गर्ने कार्यमा सहभागितामूलक विधि अपनाइएको छ। स्रोत परिचालन, बजेट विनियोजन र कार्यान्वयनलाई सन्तुलित, समावेशी र पारदर्शी बनाउन हामी प्रतिबद्ध छौं । सार्वजनिक-निजी साझेदारी, सहकारी क्षेत्र, दातृ निकायको सहयोग तथा संघ-प्रदेश सरकारसँगको समन्वयमार्फत स्रोत व्यवस्थापनमा सुधार गर्दै आवधिक योजना कार्यान्वयन गरिनेछ । योजनाको प्रभावकारिता सुनिश्चित गर्न नियमित अनुगमन, सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ र मूल्याङ्कन प्रणालीलाई अझ मजबुत बनाइनेछ । हरेक योजनाले लक्षित वर्गका रुपमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, किशोरी तथा समग्र युवा वर्ग सम्म प्रत्यक्ष सेवा पुगोस्‌ भन्ने प्रशासनको दृष्टिकोण स्पष्ट छ | अन्तमा, म यो महत्वाकाङ्क्षी र मार्गदर्शक दस्तावेजको सफल तर्जुमा र आगामी कार्यान्वयनका लागि योगदान पुन्याउनु हुने गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू, वडाध्यक्षज्यू सहित सम्पूर्ण जनप्रतिनिधिहरू, कर्मचारी, विषयगत विज्ञ, परामर्शदाता, महिला समूह, युवा, नागरिक समाज, स्थानीयवासी र विकास साझेदारहरूमा हार्दिक आभार प्रकट गर्दछु । समृद्ध, न्यायसंगत र समावेशी गाउँपालिका निर्माणको यात्रामा यो योजना कोसेढुङ्गा सावित हुने विश्वास लिँदै आवधिक योजना कार्यान्वयनमा हाम्रो योजनावद्ध कार्यान्वयन योजना र सो को मूल्याङ्कन तथा अनुगमनको प्रणालीगत व्यवस्थापनमा प्रवद्धता पनि व्यक्त गर्दछु । धन्यवाद जगदिश प्रसाद भट्ट प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report