चाडवाड लक्षित शान्ति सुरक्षा सम्बन्धी संयुक्त प्रतिवद्धता।

Summary
निजगढ नगरपालिकाका नगर प्रमुख श्री सुरथ पुरीको अध्यक्षता, राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, व्यवसायी र सरोकारवाला सम्मिलित मिति २०८३।०६।२९ गते चाडपर्व लक्षित शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न गराउन बसेको सर्वपक्षीय बैठकले चाडवाडको समयमा हुनसक्ने सम्भावित दुर्घटना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Nijgadh Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
De, ows eng चाडवाड लक्षित शान्ति सुरक्षा सम्बन्धी संयुक्त प्रतिवद्धता निजगढ नगरपालिकाका नगर प्रमुख श्री सुरथ पुरीको अध्यक्षता, राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, व्यवसायी र सरोकारवाला सम्मिलित मिति २०८३।०६।२९ गते चाडपर्व लक्षित शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न गराउन बसेको सर्वपक्षीय बैठकले चाडवाडको समयमा हुनसक्ने सम्भावित दुर्घटना तथा अवाञ्छित गतिविधि न्यूनीकरण गर्न देहाय अनुसारको सावधानी र शतर्कता अपनाउने प्रतिवद्धता जाहेर गर्दै सोको कार्यान्वयन निम्ति आमा, बुवा, दाजुभाई, दिदीबहिनी तथा सम्पूर्ण निजगढ नगरवासीहरुमा हार्दिक आग्रह गर्दछौ । तपसिल १. प्रहरीको नियमित गस्ति तथा चेकजाँचलाई थप age पार्दै अतिरिक्त समयमा पनि गस्ति परिचालन गर्ने, २. सार्वजनिक सडकमा अवरोध पुग्ने गरी राखिएका निर्माण तथा अन्य सामग्री हटउने/व्यवस्थित गर्ने, ३. लागू पदार्थको प्रयोग र कारोवार नियन्त्रणमा प्रहरीलाई सहयोग पुर्याउने, ४, व्यवसायीहरुले शान्ति सुरक्षालाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्ने र यसक्रममा कुनै अवरोध उत्पन्न भएमा सुरक्षाकर्मीलाई तत्काल जानकारी दिने, ५. मोटरसाईकल, स्कुटर र अन्य यातायातका साधन प्रयोगकर्ताले ट्राफिक नियमको पूर्ण पालना गरी दुर्घटना जोखिमबाट जोगिने र सभ्य नागरिकको परिचय दिने, ६. सार्वजनिक स्थलमा जडान गरिएका CC Camera सुचारु भएको जानकारी गर्ने/ गराउने, ७. धार्मिक तथा संस्कृतिक कार्यक्रममा आयोजकले स्वयमसेवकको व्यवस्था गरी कार्यक्रम व्यवस्थित गर्ने/गराउने साथै ध्वनी TET उपकरणहरुको प्रयोग नगर्ने/ नगराउने । नेपालीहरुको महान चाँड बढादशै, दिपावली तथा छठपर्व अवसरमा निजगढ नगरवासीहरुको सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै, oe meat सद्भाव, सहयोग र भाईचारा अभिबृद्धि गर्न मद्दत पुर्याओस we काम्न गर्दैछौ | va हं टी ; DK x aoe A a 2 0027 | ML “pa /१4 ९. % 2 “Ge 2 Ga | oe त्रि पृ १४१५ SS ) ro gg ape S- {| टर? { ( y ॥ किने मितिः २०८३ असोज ३०