के.आई.सिंह गाउँपालिकाको जलस्रोत तथा मुहान दर्ता कार्यविधि, २०८३्
Summary
Hang. सिंह गाउँपालिका क्षेत्र भित्र भूरसतह, भूमिगत वा अन्य कुनै अवस्थामा रहेको जलस्रोतको समुचित उपयोग, संरक्षण, व्यवस्थापन र विकास गर्न एवं जलस्रोतको लाभदायक उपयोगहरूको निर्धारण गर्न र त्यस्तो उपयोगबाट हुने वातावरणीय तथा अन्य हानिकारक प्रभावको रोकथाम गर्न एवं जलस्रोतलाई प्रदूषणमुक्त राखी समुचित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f3d7e7f0-453a-4dbd-8b93-3f3f4b6e181c.pdfPDF · 17 pages · 641 KBOpen
Key details
- Organization
- KI Singh Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
TUS: १०, संख्या: ०६ स्थानीय राजपत्र भाग-०२ मितिः २०८३/०६/१४ स्थानीय राजपत्र के.आई.सिंह गाउँपालिका, डोटीद्वारा प्रकाशित खण्ड: १० संख्या:०६ मिति:२०८३/०६/१४ भाग-०२ के.आई.सिंह गाउँपालिका नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ बमोजिम गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कानून यस के.आई.सिंह गाउँपालिकाको राजपत्रमा प्रकाशन गरिएको छ। के.आई. सिंह गाउँपालिकाको जलस्रोत तथा मुहान दर्ता कार्यविधि, २०८३ प्रस्तावना: Hang. सिंह गाउँपालिका क्षेत्र भित्र भूरसतह, भूमिगत वा अन्य कुनै अवस्थामा रहेको जलस्रोतको समुचित उपयोग, संरक्षण, व्यवस्थापन र विकास गर्न एवं जलस्रोतको लाभदायक उपयोगहरूको निर्धारण गर्न र त्यस्तो उपयोगबाट हुने वातावरणीय तथा अन्य हानिकारक प्रभावको रोकथाम गर्न एवं जलस्रोतलाई प्रदूषणमुक्त राखी समुचित प्रयोग गर्न आवश्यक भएकोले के.आई. सिंह गाउँपालिकाको प्रशासकिय कार्यविधि नियमित गर्न बनेको ऐन, २०७४ को दफा ४ बमोजिम के.आई. सिंह गाउँ कार्यपालिकाले यो कार्यविधि बनाई लागू गरेको छ | १. संक्षिप्त नाम र प्रारम्भः (क) यस कार्यविधिको नाम “के.आई.सिंह गाउँपालिकाको जलस्रोत तथा मुहान दर्ता कार्यविधि, २०८३” रहेको छ। (ख) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ | TUS: १०, संख्याः ०६ स्थानीय राजपत्र भाग-०२ मितिः २०८३/०६/१४ २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (क) “जलस्रोत” भन्नाले गाउँपालिका भित्रको भू-सतह, भूमिगत वा अन्य जुनसुकै अवस्थामा रहेको पानी भन्ने सम्झनु पर्दछ। (ख) “लाभदायक उपयोग” भन्नाले उपलब्ध साधन र स्रोतले भ्याए सम्म उचित रूपले गरिएको जलस्रोतको उपयोग भन्ने सम्झनु पर्दछ। (ग) “उपभोक्ता संस्था” भन्नाले दफा ५ बमोजिम गठित जल उपभोक्ता संस्था भन्ने सम्झनु पर्दछ। (घ) “गाउँ जलस्रोत समिति” भन्नाले दफा ९ बमोजिम गठित समिति सम्झनु पर्दछ। (ङ) “अनुमति पत्र” भन्नाले दफा १५ बमोजिम दिइने अनुमति पत्र सम्झनु पर्दछ। (च) “सर्वेक्षण” भन्नाले जलस्रोत उपयोगका लागि गरिने विस्तृत सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण, वातावरणीय प्रभाव मुल्यांकन, डिजाईन र त्यसका लागि गरिने अन्वेषण सम्बन्धी कार्य सम्झनु पर्दछ | (छ) “उपभोक्ता” भन्नाले सम्बन्धित सेवा प्रयोग तथा उपभोग गर्ने व्यक्ति सम्झनु पर्दछ । (ज) “सेवा शुल्क” भन्नाले गाउँपालिका वा अधिकार प्राप्त व्यक्तिले उपलब्ध गराएको जलस्रोतसँग सम्बन्धित सेवा उपभोग गरे बापत उपभोक्ताले बुझाउनु पर्ने शुल्क सम्झनु पर्दछ | (झ) “गाउँपालिका” भन्नाले के.आई. सिंह गाउँपालिकालाई सम्झनु पर्दछ | (ज) “अध्यक्ष” भन्नाले गाउँपालिका अध्यक्षलाई सम्झनु पर्दछ | (ट) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ। ३. जलस्रोत स्वामित्वः गाउँपालिका भित्र रहेको जलस्रोतको स्वामित्व गाउँपालिकामा निहीत रहनेछ । ४. जलस्रोत उपयोगः (१) यस कार्यविधि बमोजिम अनुमति पत्र प्राप्त नगरी कसैले पनि जलस्रोतको उपयोग गर्न पाउने छैन । (२) उपदफा (१) मा जुन सुकै कुरा लेखिएको भएता पनि देहाय बमोजिम जलस्रोतको उपयोग गर्न अनुमति पत्र लिनुपर्ने छैन। (क) व्यक्तिगत वा सामुहिक रूपमा आफ्नो निमित्त खानेपानी र अन्य घरेलु प्रयोगको लागी उपयोग गर्न । (ख) व्यक्तिगत वा सामुहिक रूपमा आफ्नो जग्गाको सिंचाइ गर्न | x