Notice Park
KI Singh Rural Municipality
Guidelines

सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४पहिलो संशोधन ०८३्/०८४

Summary

नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ बमोजिम गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कानून यस के.आई.सिंह गाउँपालिकाको राजपत्रमा प्रकाशन गरिएको छ । नेपालको संविधानको धारा ५६ को उपधारा (४) बमोजिम गठित गाउँपालिकामा कार्यबोझ, अधिकार र दायित्वका तुलनामा जनशक्ति अत्यन्त…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
KI Singh Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

TVS: १०, संख्याः ०४ स्थानीय राजपत्र भाग-०२ मितिः २०८३/०५/३० स्थानीय राजपत्र _ __के.आई.सिंह गाउँपालिका, डोटीद्वारा प्रकाशित _ _ खण्ड १० TT मितिः१०८३/५/३० संख्या:०४ मितिः 202 3/4/30 भाग-०२ के.आई.सिंह गाउँपालिका संशोधन स्थानीय राजपत्रमा प्रकाशित मिति के. आई. सिंह गाउँपालिकामा सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धी २०७४/१२/०४ कार्यविधी, २०७४ के. आई. सिंह गाउँपालिकामा सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धी २०८३/०५/३० कार्यविधी, २०७४ (पहिलो संशोधन) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ बमोजिम गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कानून यस के.आई.सिंह गाउँपालिकाको राजपत्रमा प्रकाशन गरिएको छ । प्रस्तावना नेपालको संविधानको धारा ५६ को उपधारा (४) बमोजिम गठित गाउँपालिकामा कार्यबोझ, अधिकार र दायित्वका तुलनामा जनशक्ति अत्यन्त न्यून रहेको विद्यमान अवस्थामा गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवालाई छिटो, छरितो तथा प्रभावकारी एवं गुणस्तरीय बनाउनका लागि सेवा करार प्रकृतिका प्राविधिक, नर्सिङ्ग, पारामेडिक्स तथा सवारी चालक) नियुक्ति तिका पदमा आवश्यक पर्ने कर्मचारीहरू (कम्प्युटर अपरेटर, क्ति गर्ने प्रक्रियालाई व्यवस्थित र छरितो बनाउन वाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) ले दिएको अधिकारको प्रयोग गरी गाउँ कार्यपालिकाको मिति २०७४/११/०९ को निर्णयबाट यो कार्यविधि स्वीकृत गरी लागू गरिएको छ। १. संक्षिप्त नाम र प्रारम्भ (१) यस कार्यविधिको नाम "सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४" रहनेछ । (२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । TVS: १०, संख्याः ०४ स्थानीय राजपत्र भाग-०२ मितिः २०८३/०५/३० २. परिभाषा विषय प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (क) "प्राविधिक" भन्नाले असिस्टेन्ट सव इन्जिनियर, सव इन्जिनियर, ओभरसियर, इन्जिनियर, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, सूचना प्रविधि अधिकृतलाई सम्झनु पर्छ | (ख) "सवारी चालक" भन्नाले गाउँपालिका वा अन्तर्गतका शाखा वा कार्यालयका सवारी साधनहरू चलाउने व्यक्ति वा चालकलाई सम्झनु पर्छ। (ग) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले के. आई. सिंह गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ । (घ) "समिति" भन्नाले सेवा करारमा लिने कर्मचारी छनौटका लागि गठित समिति सम्झनु पर्छ | (ङ) "नर्सिङ तथा पारामेडिक्स कर्मचारी" भन्नाले अ.न.मी., स्टाफ नर्स, अ.हे.व, हे.अ. लाई सम्झनु पर्छ | (च) "कार्यालय सहायक" भन्नाले खरिदार वा चौथो तह वा सो सरहको पदलाई सम्झनु पर्छ | (ज) "कार्यालय सहयोगी" भन्नाले कार्यालयको दैनिक सरसफाई जस्ता कामकाज गर्ने कर्मचारी सम्झनु पर्छ । (झ) "परीक्षा" भन्नाले सेवा करारमा कर्मचारी छनौटका लागि गाउँपालिकाबाट लिइने वस्तुगत वा प्रयोगात्मक तथा अन्तर्वार्ता सम्झनु पर्छ | ३. समितिको गठन (१) गाउँपालिकाको दैनिक सेवा प्रवाह गर्न, विकास निर्माणका कार्य सञ्चालन गर्न वा विद्युतीय शासन प्रणालीको अवलम्बन मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने प्राविधिक, नर्सिङ, पारामेडिक्स, कार्यालय सहायक, सवारी चालक तथा कार्यालय सहयोगी पदमा भर्ना गर्नका लागि देहाय बमोजिमको पदाधिकारीहरू रहने गरी ३ सदस्यीय एक छनौट तथा सिफारिस समिति गठन गरिनेछ |! (क) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत स्तरको कर्मचारी -- संयोजक _ख) गाउँपालिकाको लेखा शाखा प्रमुख वा सम्बन्धित बिषय शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले तोकेको कर्मचारी --सदस्य (ग) गाउँपालिकाको प्रशासन शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले तोकेको प्रशासन समूहको अधिकृत स्तरको कर्मचारी -- सदस्य सचिव (२) दफा रे बमोजिम गठित समितिले दफा ४(२) बमोजिमको अंकका अतिरिक्त आवश्यकता अनुसार वस्तुगत वा प्रयोगात्मक मध्ये एक वा दुवै परीक्षा र त्यसपश्चात उम्मेदवारको अन्तर्वार्ता लिनेछ । । पहिलो संशोधनद्धारा संशोधीत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report