संगठन प्रमुख श्रीमान् प्र.म.नि. दान बहादुर कार्कीज्यूले ७१ औं प्रहरी दिवस एवम् नेपालीहरुको महान चाड वडादशैं, शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा दिनु भएको "शुभ-कामना सन्देश"
Summary
७१ औं प्रहरी दिवस एवम् नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा नेपाल प्रहरीका सकल दर्जाका कर्मठ प्रहरी कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारी, प्रहरी परिवार,अमर प्रहरीका परिवारजन तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी तथा i…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5459b08f-fe7c-40ce-b9dc-da1773bb9376.pdfPDF · 1 page · 1.5 MBOpen
Key details
- Organization
- Nepal Police
- Industry
- Army/police
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
bs cot जबसिता eft नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षक Go बहाढुर कार्की <=" शुभकामना सन्देश ७१ औं प्रहरी दिवस एवम् नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा नेपाल प्रहरीका सकल दर्जाका कर्मठ प्रहरी कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारी, प्रहरी परिवार,अमर प्रहरीका परिवारजन तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी तथा i भाईहरूमा सु-स्वास्थ्य, व्यावसायिक सफलता, पारिवारिक सुख, समृद्धि एवम् उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गरर्दछु। वि.सं. २०१२ सालको प्रहरी ऐनमार्फत संस्थागत स्वरूप प्राप्त गरेको नेपाल प्रहरीले सात दशक लामा गौरवशाली यात्रामा विभिन्न आरोह अवरोहसँगैका परिवर्तनहरूलाई आत्मसाथ गर्दै बदलिँदो सुरक्षा चुनौतीका अनेकौं कठिन घडीमा आफूलाई राष्ट्रर नागरिकको सेवामा अग्रपंक्तिमा उभ्याउँदै आएको छ। राष्ट्रर नागरिक सेवाको क्रममा जीवन उत्सर्ग गर्नुहुने अमर प्रहरीहरूको अतुलनीय बलिदान र उहाँहरूका परिवारजनहरूले भोग्नुपरेको पीडा नेपाल प्रहरीको साझा दायित्व र उत्तरदायित्वसँग जोडिएको छ । वीर अमर प्रहरीको त्यागको उच्च सम्मान गर्दै परिवारजनको हक, हित, संरक्षण र कल्याण सुनिश्चित गर्न नेपाल प्रहरी सदैव दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछु । साथै, घाइते तथा अशक्त प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु | हाम्रा अग्रजले निर्माण गरेको जगमा आजको नेपाल प्रहरी उभिएको छ | संगठनको पहिचान, प्रतिष्ठा र विश्वसनीयता निर्माणमा आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गर्नुहुने सम्पूर्ण अग्रजहरू प्रति उच्च सम्मान तथा हार्दिक आभार व्यक्त गर्दछु | इतिहासको कालखण्डमा अग्रज एवं पुर्खाले स्थापित गर्नुभएको गौरवमय परम्परालाई आत्मसात् गर्दै इमानेदारिता, कर्तव्यनिष्ठता र निर्भीकताका साथ राष्ट्र र नागरिकको सेवामा निरन्तर समर्पित रहनुभएका सकल दर्जाका प्रहरी कर्मचारीहरूको योगदानको उच्च कदर गर्दछु। नेपाल प्रहरीको संस्थागत विकास, क्षमता अभिवृद्धि तथा सेवा सुदृढीकरणमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह सहयोगी निकाय तथा आम नागरिकबाट प्राप्त निरन्तर सहयोग, सद्भाव र विश्वास प्रति संगठनको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु | “विपदमा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी” लाई आदर्श वाक्यका रूपमा अघि बढाउँदै, बदलिँदो सामाजिक- आर्थिक; राजनैतिक dar प्राविधिक परिवेशसँगै विकसित हुँदै गएका सुरक्षा चुनौतीहरू लाई प्रभावकारी रूपमा सामना गर्न नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिक प्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनु हाम्रो प्रमुख प्राथमिकता हो | अन्तमा, कानुनको कार्यान्वयन र प्रहरी सेवा प्रवाहमा अविचलित रही अहोरात्र कर्तव्यपथमा उच्च मनोबल, अटुट प्रतिबद्धता र yo व्यावसायिकताका साथ देश र नागरिकप्रतिको दायित्व निर्वाहमा थप उर्जा एवं प्रेरणा मिलोस् भन्ने शुभेच्छाका साथ पुन: Uae ७१ औं प्रहरी दिवस साथै आसन्न विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद, जय नेपाल !! २०८३ असोज २९ गते . (दान बहादुर कार्की) प्रहरी महानिरीक्षक ——————————————————————————— पोष्ट बक्स नं. ४०७, कार्यालय: ५९७७-१-५७१९८०२, 4098603, a: [email protected], वेबसाइट: https://www.nepalpolice.gov.np, नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँ।