खिजीदेम्वा गाउँपालिकाको दिवा खाजा (पोषण कार्यक्रम) सञ्चालन, व्यवस्थापन तथा अनुदान वितरण सम्बन्धि कार्यविधि, २०८३
Summary
कार्यपालिकाबाट जारी नियमावली निर्देशिका र कार्यविधिहरु नेपालको संविधानको धारा २२६ बमोजिम खिजीदेम्वा गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधरणको जानकारीको लागि प्रकाशन गरिएको छ । खिजीदेम्वा गाउँपालिकाको दिवा खाजा (पोषण कार्यक्रम) सञ्चालन, व्यवस्थापन 'तथा अनुदान वितरण सम्बन्धी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 383f3b13-6263-49e1-a59b-22f4d544bb05.pdfPDF · 35 pages · 666 KBOpen
Key details
- Organization
- Khijidemba Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खिजीदेम्वा गाउँपालिका खिजीफलाटे, ओखलढुंगा कोशी प्रदेश, नेपाल स्थानीय राजपत्र भाग:२ खण्डः१० संख्याः४ मितिः२०८३/०६/२२ कार्यपालिकाबाट जारी नियमावली निर्देशिका र कार्यविधिहरु नेपालको संविधानको धारा २२६ बमोजिम खिजीदेम्वा गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधरणको जानकारीको लागि प्रकाशन गरिएको छ । खिजीदेम्वा गाउँपालिकाको दिवा खाजा (पोषण कार्यक्रम) सञ्चालन, व्यवस्थापन 'तथा अनुदान वितरण सम्बन्धी कार्यविधि, २०८३ गाउँ कार्यपालिकाबाट स्वीकृत मिति: २०८३/०६/१९ राजपत्रमा प्रकाशित मिति:२०८३/०६/२२ परिच्छेद-१ १.१ संक्षिपनामरप्रारम्भः १.१.१ यसकार्यविधिको नाम “खिजीदेम्बा गाउँपालिकाको दिवा खाजा (पोषण कार्यक्रम) सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३” हुनेछ | १.१.२ योकार्यविधि खिजीदेम्बा गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मितिबाट लागू हुनेछ । १.२ परिभाषा: यसकार्यविधिमा प्रयोग भएका शब्द वा पदावलीको अर्थ, प्रसंग अनुसार फरक नपर्ने गरी, तल उल्लेख भए अनुसार बुझिनेछ 'क. “कार्यविधि” भन्नाले “खिजीदेम्बा गाउँपालिकाको दिवा खाजा (पोषण कार्यक्रम) सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३” लाई जनाउँछ | ख. “समिति” भन्नाले यस कार्यविधि बमोजिम गठित दिवा खाजा (पोषण कार्यक्रम) सञ्चालन तथा व्यवस्थापन समितिलाई जनाउँछ । ग. “नियम” भन्नाले यस कार्यविधि कार्यान्वयनका लागि समितिबाट जारी गरिएका नियम तथा उपनियमलाई जनाउँछ | घ. “विद्यार्थी” भन्नाले खिजीदेम्बा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा औपचारिक रुपमा भर्ना भई अध्ययनरत विद्यार्थीलाई जनाउँछ । ङ. “शिक्षक तथा कर्मचारी" भन्नाले गाउँपालिका भित्रका विद्यालयमा नियुक्त भई अध्यापनवा सेवामा संलग्न व्यक्ति जनाउँछ । च.“अभिभावक" भन्नाले विद्यालय अभिलेखमा संरक्षकको रुपमा उल्लेख गरिएका बाबु, आमा, हजुरबुवा, हजुरआमा, वा वैधानिक संरक्षकलाई जनाउँछ । छ. “पोषण कार्यक्रम" भन्नाले यस कार्यविधि अनुसार सामुदायिक विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमलाई जनाउँछ । ज. “भान्छे” भन्नाले सामुदायिक विद्यालयमा नियुक्त गरिएका खाना पकाउने कर्मचारीलाई जनाउँछ । झ. “शुल्क” भन्नाले यस कार्यक्रम अन्तर्गत अभिभावकहरुबाट संकलन गरिने रकमलाई जनाउँछ ।