Notice Park
Khijidemba Rural Municipality
Guidelines

खिजीदेम्वा गाउँपालिकाको सङ्गीत प्रशिक्षक, नियुक्ति तथा परिचालन सम्बन्धी कार्यविधि, २०८३

Summary

कार्यपालिकाबाट जारी नियमावली निर्देशिका र कार्यविधिहरु नेपालको संविधानको धारा २२६ बमोजिम खिजीदेम्वा गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधरणको जानकारीको लागि प्रकाशन गरिएको छ । खिजीदेम्वा गाउँपालिकाको सङ्गीत प्रशिक्षक, नियुक्ति तथा परिचालन सम्बन्धी कार्यविधि, २०८३ खिजीदेम्वा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Khijidemba Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

खिजीदेम्वा गाउँपालिका खिजीफलाटे, ओखलढुंगा कोशी प्रदेश, नेपाल स्थानीय राजपत्र भाग:२ खण्डः१० संख्याः३ मितिः२०८३/०६/२२ कार्यपालिकाबाट जारी नियमावली निर्देशिका र कार्यविधिहरु नेपालको संविधानको धारा २२६ बमोजिम खिजीदेम्वा गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधरणको जानकारीको लागि प्रकाशन गरिएको छ । खिजीदेम्वा गाउँपालिकाको सङ्गीत प्रशिक्षक, नियुक्ति तथा परिचालन सम्बन्धी कार्यविधि, २०८३ गाउँ कार्यपालिकाबाट स्वीकृत मिति: २०८३/०६/१९ राजपत्रमा प्रकाशित मिति:२०८३/०६/२२ खिजीदेम्वा गाउँपालिकाको सङ्गीत प्रशिक्षक, नियुक्ति तथा परिचालन सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावनाः खिजीदेम्वा गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको शारिरीक, मानसिक, वौद्धिक विकासका अतिरिक्त क्षमता विकास अन्तरनिहित क्षमता प्रस्फुटनमा सहयोग पुर्याउन, संगित क्षेत्रको अतिरिक्त क्रियाकलापमा सक्रियता बढाउन, विधालयहरुमा सङ्गीतको प्रशिक्षण सञ्चालन गर्न साथै आधारभूत तहको पाठ्यक्रम संलग्न सङ्गीतसँग सम्बन्धित विषयवस्तुमा शिक्षण गर्न, सङ्गीत प्रशिक्षण सञ्चालन गरी विद्यार्थीलाई साङ्गीतिक प्रतिभाको विकास गर्न, अन्य स्थानीय तह र राष्ट्रिय स्तरमा सङ्गीतको माध्यमबाट खिजीदेम्वा गाउँपालिकाको पहिचान गराउन, गाउँपालिकाभित्र रहेका सङ्गीत प्रतिभा एवं सृजनशीलताको कदर गर्दै सङ्गीत र सङ्गीत क्षेत्रका कलाकार, व्यक्ति संस्थाहरुलाई संरक्षण, प्रवर्द्धन, सम्मान र प्रोत्सहान सहित सकरात्मक सोच र उच्च मनोवलका साथ मर्यादित र अनुशासन सहितको क्षमता एवं प्रतिभाको विकास गर्न, संगित प्रशिक्षणको माध्यमबाट आपसी विश्वास, सहकार्य र एकताद्धारा सामाजिक सद्वाव समेत कायम गर्न गराउन वाञ्छनिय भएकोले नेपालको संविधानको धारा २२१ र धारा २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिनमा रहि पछि प्रदेश सरकारले जारी गर्ने कानूनसंग बाझिएमा बाझिएको हदसम्म स्वतः वदर हुने गरी यस खिजीदेम्वा गाउँपालिकाको गाउँकार्यपालिकाले यो सङ्गीत प्रशिक्षक, नियुक्ति तथा परिचालन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको छ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.