Notice Park
Golbazar Municipality
Tender/Bids

नदीजन्य पदार्थ आन्तरिक बिक्री तथा शुल्क उठाउने सम्बन्धी सूचना ।

Deadline 14 Oct 2026The deadline has passed.
नदीजन्य पदार्थ आन्तरिक बिक्री तथा शुल्क उठाउने सम्बन्धी सूचना ।

Summary

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को घ(६), मधेश प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-६ तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्‌, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ तथा पहिलो संशोधन, २०७९ मा भएको व्यवस्थाबमोजिम यस नगरपालिकाबाट स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Golbazar Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2081/82
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ak he गोलबजार नगरपालिका दै < ; नगर कार्यपालिकाको कार्यालय ¢ RU id ही गोलबजार, सिरहा a — मधेश प्रदेश, नेपाल "जिते नदीजन्य पदार्थ आन्तरिक बिक्री तथा शुल्क उठाउने सम्बन्धी सूचना | प्रथम पटक प्रकाशित मिति २०८३।०६।२२ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को घ(६), मधेश प्रदेश आर्थिक ऐन, २०८३ को अनुसूची-६ तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्‌, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ तथा पहिलो संशोधन, २०७९ मा भएको व्यवस्थाबमोजिम यस नगरपालिकाबाट स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनअनुसार मैनावती खोलाका तोकिएका स्वीकृत घाटहरूबाट निर्धारित मापदण्ड तथा स्वीकृत परिमाणको अधीनमा रही नदीजन्य पदार्थ उत्खनन्‌ गरी मधेश प्रदेश आर्थिक ऐन, २०८३ मा तोकिएको दरमा बिक्री गर्ने प्रयोजनका लागि ठेक्का बन्दोवस्त नभएसम्मको अवधिका लागि शुल्क उठाउने व्यवस्था गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति, फर्म वा कम्पनीले फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र तथा आ.व. २०८१/०८२ सम्मको करचुक्ता प्रमाणपत्र संलग्न गरी तपसिलमा उल्लिखित शर्तहरूको अधीनमा रही यस नगरपालिकामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। १. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ (सात) औँ दिनसम्म अर्थात्‌ मिति २०८३।०६।२८ गते दिनको १२ बजेसम्म निवेदन दर्ता गराई राजस्व शाखामा पेश गर्नुपर्नेछ | २. यसरी पेस भई दर्ता भएका निवेदन सोही दिन दिनको दिउँसो १:०० बजे बढी कबोलकर्तालाई स्वीकृत गरी १५ दिन बराबरको हुने रकम अग्रीम बुझाएपपश्चात्‌ सम्झौता गरी चलनपूर्जी दिइनेछ र सोपश्चात्‌ १५ दिन अग्रीम रकम जम्मा गर्नुपर्नेछ। ३. निवेदन दिँदा आफूले कबोल गरेको रकम मूल्य अभिवृद्धि करसहित अङ्क र अक्षर दुवैमा स्पष्ट हुने गरी उल्लेख भएको हुनुपर्नेछ । अङ्क र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ। ४. निवेदनकर्ताको तर्फबाट कुनै किसिमको शर्त मान्य हुनेछैन | शर्त सहितको निवेदनलाई बदर गरिनेछ । साथै रीत नपुगी वा म्याद नाघी आएको निवदेन उपर कुनै कारवाही हुने छैन । प्राप्त निवेदन कुनै पनि कारण जनाई / नजनाई आंशिक रुपमा स्वीकृत गर्ने / नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित हनेछ। ५. नदीजन्य सामग्रीहरु निकाल्दा स्वीकृत प्रारम्भिक वातावरणणीय परीक्षण (IEE) प्रतिवेदन अनुसार तोकिएको परिमाण र नाकाभित्र मात्र सीमित रही निकाल्नु पर्नेछ । वातावरणमा प्रतिकुल प्रभाव पर्नेगरी कुनै कार्य गर्न पाइनेछैन | साथै EE प्रतिवेदनमा उल्लेखित शर्तहरु पूर्ण रुपमा पालना गर्नुपर्नेछ | साथै यस कार्यालयबाट समय समयमा दिएका निर्देशनहरु पालना गर्नुपर्नेछ। ६. ठेक्का सम्बन्धी कुनै समस्या आइपरेमा वा यसमा उल्लेख भएका कुराहरुमा सोही बमोजिम र यसमा उल्लेख नभएका कुराहरुको हकमा सार्वजनिक खरिद नियमावली, २०६४ तथा नेपाल सरकारबाट समय समयमा भए गरेको आदेश, निर्देशन र परिपत्रको आधारमा नगरपालिकाले समाधान गर्ने छ र सोही समाधान अन्तिम पनि हुनेछ। ७. यसमा उल्लेखित बाहेक अन्य कुराहरु प्रचलित कानुन बमोजिम हुनेछ र ठेक्काका अन्य शर्तहरु सम्झौताका बखत निर्धारित हुनेछन्‌ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report