नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३
Summary
नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३. नेपाल नागरिकता नियमावली, २०६३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, नेपाल नागरिकता ऐन, २०६३ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम "नेपाल नागरिकता (पाँचौ संशोधन)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e746e43f-fc71-451e-968a-3af341d95615.pdfPDF · 21 pages · 587 KBOpen
Key details
- Organization
- Ministry of Home Affairs
- Industry
- Ministry
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार गृह मन्त्रालयको सूचना नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३. नेपाल नागरिकता नियमावली, २०६३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, नेपाल नागरिकता ऐन, २०६३ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम "नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३" रहेको छ। (२) यो नियमावली तुरून्त प्रारम्भ हुनेछ। २. नेपाल नागरिकता नियमावली, २०६३ को नियम २ मा संशोधन : नेपाल नागरिकता नियमावली, २०६३ (यसपछि "मूल नियमावली" भनिएको) को नियम २ खण्ड (क) पछि देहायको खण्ड (क१) थपिएको छ :- "(क१) “नागरिकता सूचना व्यवस्थापन प्रणाली" भन्नाले नागरिकता सम्बन्धी सेवा प्रवाहको क्रियाकलापलाई सहज, प्रविधिमैत्री बनाई सोको विवरण तथा अभिलेखलाई सुरक्षित र प्रभावकारी रूपमा व्यवस्थापन गर्न मन्त्रालयले निर्माण गरेको विद्युतीय प्रणाली सम्झनु पर्छ। " ३. मूल नियमावलीको नियम ३ मा संशोधन : मूल नियमावलीको नियम ३ को,- (१) उपनियम (१) पछि देहायको उपनियम (१क) थपिएको छ :- "(१क) विवाह हुनुअघि नागरिकताको प्रमाणपत्र प्राप्त नगरेको महिला नेपाली नागरिकले नेपाली नागरिक पतिको ठेगानाबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्न चाहेमा उपनियम (१) बमोजिमका कागजातका अतिरिक्त देहाय बमोजिमका कागजातसमेत पेस गर्नु पर्नेछ :- (क) विवाह दर्ता प्रमाणपत्र, (ख) पतिको नागरिकताको प्रमाणपत्र, (ग) पतिको मृत्यु भएकोमा मृत्युदर्ता प्रमाणपत्र । " (२) उपनियम (२) पछि देहायको उपनियम (२क) थपिएको छ :- "(रक) उपनियम (qe) बमोजिम पतिको ठेगानाबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागि निजको पति, सासू, ससुरा, जेठाजु, देवर, छोरा वा छोरीमध्ये कम्तीमा एक जनाले नागरिकता प्रदान गर्ने अधिकारीसमक्ष उपस्थित भई सनाखत गर्नु पर्नेछ। " 'मूल नियमावलीको नियम ७ मा संशोधन : मूल नियमावलीको नियम ७ को,- (१) उपनियम (१ख) को खण्ड (ङ) मा रहेका "अनुसूची-७क. बमोजिमको" भन्ने शब्दहरूको सट्टा "अनुसूची-७ग. बमोजिमको" भन्ने शब्दहरू राखिएका छन्। (२) उपनियम (१ग) पछि देहायको उपनियम (१घ) थपिएको छ :- "(१घ) उपनियम (१ग) बमोजिम छानबिन गर्दा विदेशस्थित कूटनीतिक नियोगबाट कुनै बिवरण माग गर्नु पर्ने भएमा प्रमुख जिल्ला अधिकारीले मन्त्रालयमा अनुरोध गर्नु पर्नेछ र त्यसरी अनुरोध भई आएमा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत त्यस्तो विवरण माग गर्नेछ। " मूल नियमावलीको नियम ९ मा संशोधन : मूल नियमावलीको नियम ९ को,- (१) उपनियम (४) मा रहेका "नेपाली नागरिकता समाप्त हुनेछ" भन्ने शब्दहरूको सट्टा "नेपाली नागरिकता कायम रहने छैन" भन्ने शब्दहरू राखिएका छन्। (२) उपनियम (४) पछि देहायको उपनियम (५) थपिएको छ :- "(झ) उपनियम (४) बमोजिम नेपाली नागरिकता कायम नरहेको जानकारी जिल्ला प्रशासन कार्यालयले अनुसूची-१०क. बमोजिमको ढाँचामा सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ। " मूल नियमावलीको नियम १३ मा संशोधन : मूल नियमावलीको नियम १३ को सट्टा देहायको नियम १३ राखिएको छ :- "१३. अभिलेख राख्ने तथा बिवरण पठाउने : (१) नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यालयले नागरिकताको प्रमाणपत्र जारी भएको अभिलेख रजिष्टर अनुसूची-१ २क. बमोजिमको ढाँचामा सुरक्षित तरिकाले राख्नु पर्नेछ। (२) ऐन तथा यस नियमावलीबमोजिम नागरिकता प्राप्तिका लागि निवेदकले पेश गरेको विवरण तथा कागजात नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अपलोड गर्नु पर्नेछ। (३) नेपाली नागरिकताको प्रमाणपत्रमा कायम हुने जिल्ला तथा कार्यालयगत कोड नम्बर, जारी वर्ष र क्रमसङ्ख्या अनुसूची-१२ख. मा उल्लेख भएबमोजिम हुनेछ। (४) जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र वितरणको मासिक विवरण मन्त्रालयमा पठाउनु पर्नेछ। " मूल नियमावलीको नियम १६क. मा संशोधन : मूल नियमावलीको नियम १६क. को उपनियम (४) पछि देहायका उपनियम (४क), (४ख) र (४ग) थपिएका छन् :- २ "(४क) उपनियम (३) बमोजिम जारी भएको नाबालक परिचयपत्रको अभिलेख त्यस्तो परिचयपत्र जारी गर्ने कार्यालयले अनुसूची-१५ बमोजिमको ढाँचामा राख्नु पर्नेछ। (४ख) उपनियम (३) बमोजिम जारी भएको नाबालक परिचयपत्र हराएमा, च्यातिई काम नलाग्ने भएमा, आगलागी भई वा पानीले भिजी नष्ट भएमा त्यस्तो नाबालक तथा निजको बाबु वा आमाले कारण खुलाई नाबालक परिचयपत्रको प्रतिलिपिको लागि प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ। (४ग) उपनियम (४ख) बमोजिमको निवेदन व्यहोरा मनासिब देखिएमा सोको व्यहोरा अभिलेखमा जनाई प्रमुख जिल्ला अधिकारीले त्यस्तो परिचयपत्रको प्रतिलिपि जारी गर्न सक्नेछ। " मूल नियमावलीमा नियम १६ख., १६ग.. १६घ. र १६ङ, थप : मूल नियमावलीको नियम १६क. पछि देहायका नियम १६ख., १६ग.,१६घ. र १६ङ. थपिएका छन् : - "१६ख. नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि निवेदन दिनसक्ने : (१) देहायको अवस्थामा ऐन तथा यस नियमावलीबमोजिम जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र वा गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन सकिनेछ :- (क) आगलागी भई वापानीले भिजी नष्ट भएमा, (ख) च्यातिई काम नलाग्ने भएमा, (ग) हराएमा, (घ) बसाईसराई भएमा, वा (ङ) नयाँ ढाँचामा आवश्यक भएमा । (२) उपनियम (१) को अवस्था सृजना भई नेपाली नागरिकताको प्रमाणपत्र वा गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन चाहने व्यक्तिले देहायको कागजात संलग्न गरी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ : - (क) ऐनको दफा ३ र ५ बमोजिम जारी भएको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिको हकमा,- (१) उपनियम (१) को खण्ड (ख), (घ) र (ङ) को अवस्था भएमा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र खण्ड (क) र (ग) को अवस्था भएमा सोको प्रतिलिपि र सोसमेत नभएमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जामध्ये कुनै एक प्रमाणपत्र, (२) बसाइँ सराइ भएको भए सोको प्रमाणपत्र, १६ग. (३) सम्बन्धित स्थानीय तहको सिफारिसपत्र । (ख) ऐनको दफा ७क. बमोजिम जारी भएको गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिको हकमा,- (१) गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल भए सोको सक्कल प्रति र सक्कल प्रति उपलब्ध हुन नसकेमा सोको प्रतिलिपि, (२) हाल नागरिक रहेको मुलुकको नागरिकता वा राहदानी, (३) सम्बन्धित स्थानीय तहको सिफारिस | (३) उपनियम (२) को खण्ड (क) को उपखण्ड (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित व्यक्तिको वैयक्तिक विवरण नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग र जैविक विवरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी प्रचलित कानून बमोजिमको राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा भएको विवरणसँग रुजु भएमा स्थानीय तहको सिफारिस आवश्यक पर्ने छैन। (४) उपनियम (२) को खण्ड (क) बमोजिम दिने निवेदनको ढाँचा अनुसूची-१६ बमोजिम र सोही उपनियमको खण्ड (ख) बमोजिम दिने निवेदनको ढाँचा अनुसूची-१७ बमोजिम हुनेछ। प्रतिलिपि जारी गर्न सकिने : नियम १६ख. बमोजिम प्रतिलिपि लिनका लागि निवेदन परेमा प्रमुख जिल्ला अधिकारीले निवेदनको विषय तथा कार्यालयको अभिलेख यकिन गरी देहायको प्रक्रिया पूरा गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जारी गरी अभिलेख राख सक्नेछ :- (क) नागरिकताको अभिलेखमा रहेको विवरणसँग रूजु गरी पुरानो नागरिकताको प्रमाणपत्रको नम्बर जनाई प्रतिलिपि जारी गर्ने र सक्कल नागरिकताको प्रमाणपत्र पेश भएकोमा सो प्रमाणपत्र खिच्ने, स्पष्टीकरण : यस नियमको प्रयोजनको लागि "नागरिकताको अभिलेख" भन्नाले कार्यालयमा रहेको अभिलेख किताब, नागरिकता सूचना व्यवस्थापन प्रणाली वा साबिकको नागरिकताको प्रमाणपत्र लिँदाका बखत पेश भएको अभिलेखमा रहेको निवेदन सम्झनु पर्छ। (ख) नागरिकताको प्रमाणपत्रको सक्कल प्रति पेश भएको तर नागरिकताको अभिलेख नभएको अवस्थामा नयाँ नागरिकता प्रमाणपत्र दिँदा अपनाउनु पर्ने सरहको सम्पूर्ण कार्यविधि पूरा गरी अभिलेखमा पुरानो नागरिकताको अभिलेख फेला नपरेको व्यहोरा उल्लेख गरी नागरिकताको प्रमाणपत्रमा ¥