Notice Park
Ministry of Home Affairs
Gen Info

सन् २०२७ (हज १४४८) को हजयात्राका लागि आवेदन दिने सम्बन्धी सूचना।

सन् २०२७ (हज १४४८) को हजयात्राका लागि आवेदन दिने सम्बन्धी सूचना।

Summary

सन्‌ २०२७ (हज १४४८) को हजयात्राका लागि आवेदन दिने सम्बन्धी स्‌चना । सन्‌ २०२७ (हज १४४८) का लागि नेपालबाट १,२०० जना नेपाली मुस्लिम धर्मावलम्बीले हजयात्रा गर्नसक्ने गरी कोटा निर्धारण भएको र हजयात्राको अवधि ४० (चालीस) दिनको हुने भएकोले उक्त हजयात्रामा जान इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीले नेपाल हज…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Home Affairs
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार गृह सन्त्रालय नेपाल हज सामिति सिंहदरबार, काठमाडौँ सन्‌ २०२७ (हज १४४८) को हजयात्राका लागि आवेदन दिने सम्बन्धी स्‌चना । प्रकाशित मिति : २०८३०५।०३ गते सन्‌ २०२७ (हज १४४८) का लागि नेपालबाट १,२०० जना नेपाली मुस्लिम धर्मावलम्बीले हजयात्रा गर्नसक्ने गरी कोटा निर्धारण भएको र हजयात्राको अवधि ४० (चालीस) दिनको हुने भएकोले उक्त हजयात्रामा जान इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीले नेपाल हज समितिको सचिवालयको वेबसाइट nepalhajj.moha.gov. np मा रहेको हज आवेदन फाराम Download गरी पहिलो किस्ताको हज शुल्क रु. २,००,०००।- (अक्षरुपी दुई लाख मात्र) नेपाल हज समितिको नाममा राष्ट्रिय वाणिज्य बैंक, पुतलीसडक शाखा, काठमाडौँको चल्ती खाता नं. ११३०१०००००३९६००१ मा बुझाई आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा मिति २०८३/०५/०३ गतेदेखि मिति २०८३/०६/०१ गते (तदनुसार २०२६ अगष्ट १९ देखि सेप्टेम्बर १७) भित्र निम्न कागजातहरू संलग्न राखी हजयात्राका लागि आवेदन गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू : १. नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी ०१ प्रति २. राहदानी (MRP वा e-passport) को फोटोकपी ०१ प्रति ३. हज शुल्क बापत पहिलो किस्ता बुझाएको सक्कल बैंक भौचर ०१ प्रति '४. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (सेतो पृष्ठभूमिमा खिचेको मात्र मान्य हुने) -२ प्रति ५. Covid-19 विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्रको फोटोकपी ०१ प्रति ६. आवेदकको बैंक खाताको चेकको फोटोकपी (सगोलको परिवारका सदस्यको एउटा भए हुने) -१ प्रति साथै, हिँडडुल गर्ने असक्षम आवेदक वा सत्तरी वर्षमन्दा माथि उमेर मएका आवेदकको हकमा अनिवार्य रूपमा एक जना सहयोगी लैजानुपर्नेछ | विगतका वर्षहरूमा हजमा जान आवेदन गरेका तर जान नपाएका र प्रथम पटक हजयात्राका लागि आवेदन गरेका आवेदकलाई प्राथमिकतामा दिइने एवं आवेदकको छनोट पहिला आउनेलाई प्राथमिकताका आधारमा हुने व्यहोरा समेत अनुरोध छ | थप जानकारीका लागि नेपाल हज समितिको सचिवालय, सिंहदरबारको सम्पर्क फोन नं. ०१-४२१११०४।७२ वा इमेलः [email protected] मार्फत सम्पर्क गर्ने सकिनेछ | (मोहमद फाजील) अध्यक्ष

Like

0

Views

7

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.