ड्रोन (Drone) मार्फत सहरी क्षेत्रको हवाई सर्वेक्षण सम्बन्धी अत्यन्त जरूरी सूचना !

Summary
यस बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्रको सम्पूर्ण भवनहरुमा घर नम्बर बितरण गर्ने कार्यका लागि साथै सहरी योजना, पूर्वाधार विकासलाई थप व्यवस्थित र वैज्ञानिक बनाउनका लागि ड्रोन (Drone) प्रविधि मार्फत हवाई सर्वेक्षण (Aerial Survey) गरी भू-स्थानिक तथ्याङ्क (Geospatial Data) सङ्कलन गर्ने कार्य सञ्चालन हुन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0803361a-cfc2-4251-aa12-57541e3d5171.jpgJPEG · 1700×2338 · 732 KBOpen
Key details
- Organization
- Budhanilkantha Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
टोल फि नं. 98800900032 बुढानीलकण्ठ' pl fe "स्वच्छ, शान्त, AG, पर्यटकीय नजर बुढानीलक। फोन न 0१-४३७२५२५ Grr he बुढानीलकण्ठ नगरपालिका an ९ 12२५ लिक), हर x0 — ५6५५ oS 4 दुख €? नगर कार्यपार्तिँछ्ैको कार्यालय ु ar Cai emiioitay, pats, ro छ र (020 Sey algae SS 4 = ’ Zz waar: her कालो, ® foal) F oP बागमती घ्रदेशः“नेपाल ड्रोन (Drone) मार्फत सहरी क्षेत्रको हवाई सर्वेक्षण सम्बन्धी अत्यन्त जरुरी सूचना - सूचना प्रकाशित मितिः २०८३/६/१६ यस बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्रको सम्पूर्ण भवनहरुमा घर नम्बर बितरण गर्ने कार्यका लागि साथै सहरी योजना, पूर्वाधार विकासलाई थप व्यवस्थित र वैज्ञानिक बनाउनका लागि ड्रोन (Drone) प्रविधि मार्फत हवाई सर्वेक्षण (Aerial Survey) गरी भू-स्थानिक तथ्याङ्क (Geospatial Data) सङ्कलन गर्ने कार्य सञ्चालन हुन गइरहेको छ। उक्त हवाई सर्वेक्षणको आधार तय गर्न र प्राविधिक शुद्धता (Accuracy) कायम गर्नका लागि नगरका विभिन्न स्थानहरूमा हवाई सर्वेक्षण नियन्त्रण सञ्जाल (Aerial Survey Control Network) स्थापना गर्ने र Ground Control Points (GCPs) राख्ने कार्य भइरहेको व्यहोरा सम्पूर्ण नगरवासीहरूमा जानकारी गराइन्छ । सम्बन्धित सबैको जानकारीका लागि निम्नानुसारको अनुरोध गरिन्छः १. उडान क्षेत्र र समयः यो सर्वेक्षण कार्य मिति २०5३/६/१६ देखि आगामी ३० दिनसम्म यस नगरपालिकाको : वडा नं. १ देखि १३ सम्मका सम्पुर्ण आवासीय क्षेत्रहरूमा सञ्चालन हुनेछ । २. प्राविधिक चिन्ह (GCP Marks) को संरक्षण: प्राविधिक टोलीद्वारा सडक, खुला चौर, पार्क वा केही वडा कार्यालय भवनका छतहरूमा लगाइएका सेतो/कालो रङका क्रस (+) वा वर्गाकार चिन्हहरू हवाई सर्वेक्षणका लागि अति आवश्यक “Control Network Point हुन् । तसर्थ, ती चिन्हहरूलाई नमेट्न, नहटाउन र कुनै क्षति नपुर्याउनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ । ३. सुरक्षा तथा अनुमति: यो सर्वेक्षण नेपाल सरकार गृह मन्त्रालयको “मानवरहित हवाई उपकरण (Drone) उडान सम्बन्धी कार्यविधि-२०७५“ बमोजिम सम्बन्धित निकायहरूबाट आवश्यक पूर्वस्वीकृति र समन्वय लिई, पूर्ण रूपमा नगरको विकास प्रयोजनका लागि मात्र गर्न लागिएको हो । ४. गोपनीयता र सहयोग: सर्वेक्षणका क्रममा ड्रोन तल्लो उचाइमा उड्दा आउने सामान्य आवाज वा प्राविधिक टोलीको आवतजावतबाट पर्न जाने असुविधालाई स्वभाविक रूपमा लिई प्राविधिक कर्मचारीहरूलाई आवश्यक सहयोग पुर्याइदिनु हुन सम्पुर्णमा अनुरोध गरिन्छ | नगरवासीको गोपनीयता सम्बन्धीको सुरक्षामा नगरपालिका पुर्ण जिम्मेवार रहनेछ । यस नगरपालिकाको विकास र समृद्धिको लागि चालिएको यो महत्त्वपूर्ण कदममा यहाँहरूको रचनात्मक सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ। ॥ थप जानकारीका लागि सम्पर्क: ONZE बुढानीलकण्ठ नगरपालिका । | - फोन नं: 01-4372725 tent इमेलः [email protected] प्रमुख प्रशासकीय अधि रि वेब साईट : www.budhanilkanthamun.gov.np, Email: [email protected], budhanilkanthamun@gmailcom २.