उपभोक्ता समितिमार्फत् आयोजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि (SOP) - २०८३
Summary
गंगादेव गाउँपालिकाको उपभोक्ता समितिमार्फत् योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि,२०८३ १. पृष्ठभूमि नेपालको संविधान, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा स्थानीय तहमा उपभोक्ता समितिबाट योजना सञ्चालन गर्ने सम्बन्धमा विद्यमान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 673fca0e-f266-4a4e-bb21-798d99484d5a.pdfPDF · 33 pages · 2.5 MBOpen
Key details
- Organization
- Gangadev Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गंगादेव गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सानडाँडा, रोल्पा लुम्बिनी प्रदेश, नेपाल स्थानीय राजपत्र खण्ड: १० संख्या:१ मितिः२०८ ३/०४/०१ भाग-२ गंगादेव गाउँपालिका गंगादेव गाउँपालिकाको उपभोक्ता समितिमार्फत् योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि,२०८३ chad मितिः 2057/03/08 १. पृष्ठभूमि नेपालको संविधान, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा स्थानीय तहमा उपभोक्ता समितिबाट योजना सञ्चालन गर्ने सम्बन्धमा विद्यमान कानूनको अधीनमा रही स्थानीय तहद्वारा स्वीकृत योजना तथा कार्यक्रमहरू उपभोक्ता समितिमार्फत् सञ्चालन गर्दा सहज, प्रभावकारी, पारदर्शी र सहभागितामूलक रूपमा सञ्चालन गर्न यो कार्यसञ्चालन विधि गंगादेव गाउँपालिकाले तयार गरिएको हो। २. उद्देश्य क) उपभोक्ता समितिमार्फत् सञ्चालन हुने योजना तथा कार्यक्रमको कार्यान्वयनमा एकरूपता कायम गर्नु, ख) उपभोक्ता समितिबाट हुने कार्यहरुलाई सहज र प्रभावकारी बनाउनु, ग) पारदर्शिता, जवाफदेहिता र गुणस्तर सुनिश्चित गर्नु, घ) समय, लागत र स्रोतको प्रभावकारी उपयोग गर्नु, ङ) विकासमा सरोकारवालाहरुको अर्थपूर्ण र सक्रिय सहभागिता एवम् अपनत्व कायम गर्नु ३. कार्यक्षेत्र यो कार्यसञ्चालन विधि (standard Operating Procedure- SOP) स्थानीय तहद्वारा स्वीकृत भौतिक पूर्वाधार र अन्य विकास निर्माणसम्बन्धी आयोजनाहरूमध्ये उपभोक्ता समितिमार्फत् हुने आयोजनाहरुमा लागू हुनेछ । सार्वजनिक खरिद नियमावलीको नियम ९७ को उपनियम (९) मा उल्लेख भए अनुसार उपभोक्ता समितिबाट सञ्चालित हुने निर्माण कार्यमा लोडर, एक्साभेटर, roller, डोजर, ग्रेडर, विटुमिन डस्ट्रीब्युटर, विटुमिन ब्वाइलरजस्ता हेभी मेशीनहरु प्रयोग गर्न सकिने छैन । तर लागत अनुमान तयार गर्दाको समयमा हेभी मेशिन प्रयोग गर्नुपर्ने जटिल प्रकृतिको कार्य भनी उल्लेख भएकोमा सम्बन्धित प्राविधिकको सिफारिसमा स्थानीय तहबाट सहमती लिई त्यस्तो मेशिन प्रयोग गर्न सकिनेछ। ४. परिभाषा क) "स्थानीय तह": भन्नाले गंगादेव गाउँपालिकालाई बुझिने छ | ख) "उपभोक्ता समिति": भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन र T Og ङ मर्मत सम्भार गर्नका लागि उपभोक्ताहरुले भेलाबाट गठन गरेको योजनासँग सम्बन्धित समितिलाई जनाउँछ । यस शब्दले स्थानीय तहको कार्यपालिकाबाट उपभोक्ता समितिको काम गर्ने सम्बन्धमा निर्णय भए बमोजिमका टोल विकास संस्था, कानून बमोजिम दर्ता भएका विभिन्न संरक्षण समिति र व्यवस्थापन समिति वा यस्तै प्रकृतिका समितिलाई समेत जनाउनेछ | "योजना": भन्नाले स्थानीय तहबाट स्वीकृत विकास कार्यक्रम वा परियोजना, संघ र प्रदेशबाट विनियोजित रकमबाट स्थानीय तहले उपभोक्ता समितिमार्फत सञ्चालन गरिने योजना, आयोजना वा परियोजनालाई सम्झनु पर्छ। "प्राविधिक"; भन्नाले स्थानीय तहका इञ्जिनियर/सब-इञ्जिनियर वा सम्बन्धित प्राविधिक वा स्थानीय तहले जिम्मेवारी तोकेको कानून बमोजिमको प्राविधिकलाई बुझिन्छ । "लागत अनुमान": भन्नाले श्रमिकहरुको खर्च, निर्माण सामग्रीको खर्च, यान्त्रिक उपकरण आवश्यक भए सोको भाडासमेत समावेश गरी निर्माण कार्य गर्न लाग्ने अनुमानित कूल खर्चलाई सम्झनुपर्छ र सो शब्दले प्रचलित कानून बमोजिम मूल्य अभिवृद्धि कर, गुणस्तर परीक्षण खर्च र रोयल्टी समेत समावेश गरिएको कूल रकमलाई बुझाउँछ। ५. उपभोक्ता समिति गठन प्रक्रिया क) कार्यपालिकाको कार्यालयले उपभोक्ता समितिबाट कार्यान्वयन हुने आयोजनाहरुको सूची तयार गरी उपभोक्ता समिति गठनको लागि सम्बन्धित वडा कार्यालयहरुमा लेखी पठाउनुपर्नेछ । उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडा कार्यालयले आयोजना सञ्चालन हुने सम्बन्धित वडामा वा एक भन्दा बढी वडामा लागू हुने आयोजना भए सम्बन्धित सबै वडाहरुमा कम्तिमा ७ दिन अगावै उपभोक्ता समिति गठनका लागि उपभोक्ता भेला गर्न सार्वजनिक सूचना प्रकाशन गर्ने वा प्रचारप्रसार गरिनुपर्छ। यसरी सूचना प्रवाह गर्दा आम भेला हुने समय, मिति, स्थान र भेलाको विषय स्पष्ट हुने गरी जानकारी गराउनुपर्नेछ । आयोजनाबाट प्रत्यक्ष लाभ पाउने उपभोक्ताहरुको आम भेलाबाट अधिकतम सहभागितामा सम्बन्धित आयोजना स्थलमै कम्तिमा ७ जना सदस्य भएको उपभोक्ता समिति गठन गरिनुपर्छ। यसरी उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाको प्रतिनिधिको रोहवरमा गर्नुपर्छ । ag T उपभोक्ता समिति गठनको लागि बोलाइएको भेलामा योजनाको संक्षिप्त विवरण र समितिको संरचना सहितको जानकारी वडाको प्रतिनिधिले गराउनुपर्छ । उपभोक्ता समिति गठन गर्दा समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व गराउनुपर्छ। कम्तिमा ३३ प्रतिशत महिला सदस्य राखिनुपर्छ। साथै, अध्यक्ष, कोषाध्यक्ष र सचिव मध्ये कम्तिमा एकजना महिला हुनुपर्छ । घ J