Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Court Order

काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसमेत ४ जना उपर सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा आरोपपत्र दायर।

Summary

fava: आरोपपत्र दायर गरिएको | काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर प्रतिवादी रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसमेत रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्वन्धमा मिति २०८२।०२।२६ गते (स.फौ.द.नं. ०८5१- 0२-०११६) सम्मानित विशेष अदालतसमक्ष आरोप पत्र दर्ता भएको र गैरकानुनी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०५।२६ TAI काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर प्रतिवादी रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसमेत रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्वन्धमा मिति २०८२।०२।२६ गते (स.फौ.द.नं. ०८5१- 0२-०११६) सम्मानित विशेष अदालतसमक्ष आरोप पत्र दर्ता भएको र गैरकानुनी सम्पत्ति आर्जनलाई सम्वद्ध कसुर मानी सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुँदा प्रतिवादी रामबाबु महतो भन्ने रामबाबु महतो कोइरी उपर गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा यस आयोगको निर्णयानुसार बिगो रु.४,५८,९७,४०३ । ८८ कायम भएर श्री विशेष अदालतमा विचाराधीन रहेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ जारी हुनुपूर्व निजले कसुरबाट प्राप्त गरेको रकम रु.१९,१५,५१४।८६ देखिन आएको र निजले उक्त रकम आर्जन गर्दाका बखत सम्पत्ति शुद्धीकरण गर्ने कार्यलाई कसुर कायम नगरिएको हुँदा सो बराबरको रकम बिगोमा कायम गर्न मिल्ने नदेखिएकोले उक्त रकमलाई बाहेक गरी बाँकी रहन आउने रकम रु.४,३९,८१,८८८ । १४ र प्रतिवादीले स्रोत प्रमाणित गराउन नसकेको तर कसुरबाट बढे बढाएको देखिन आएको रकम रु.८,९७,९५३ 1 ८४ समेत गर्दा हुन आउने कूल रकम रु.४,४८,७९,८४१/९८ (चार करोड अड्चालीस लाख उनासी हजार आठसय एकचालीस रुपैया अन्ठानब्बे पैसा) कसुरबाट प्राप्त गरी कसुर र सम्पत्ति अलग गरी कसुरबाट प्राप्त सम्पत्तिको रुपान्तरण एवं स्वरुप परिवर्तन गर्नुका साथै स्वामित्व परिवर्तन गर्ने, सम्पत्तिको कारोवार र भुक्तानीमा तेस्रो पक्षका रुपमा साली एवं साडुभाइ नाताका रीना कुशवाह र निजका पति कृष्ण प्रसाद मेहता समेतलाई प्रयोग गरी भ्रष्टाचारबाट आर्जित रकम आफू समेतका नामका बैंक र सहकारीको खातामा जम्मा गरी Placement गरेको, श्रीमती/साली/साडुभाइमार्फत जग्गा खरिदमा लगानी गरेको, वास्तविक मूल्यभन्दा कम थैली कायम गरी नगद र बैंक चेकबाट मिश्रितरुपमा भुक्तानी गरेको, wort wu, बैंक कर्जा, बैनाबट्टा कागज प्रयोग गरी रकमको तहतह Ua फरक फरक ढाँचामा कारोवार गरी Layering गरी अन्ततः कसुरबाट प्राप्त रकमबाट खरिद गरेको जग्गा वैध सम्पत्तिको रूपमा देखाएको, सोही रकम नै मुद्दति निक्षेपमा राखी व्याज आम्दानी गरी आम्दानीका रुपमा दावी गर्ने झुट्टा सामर्थ्य खडा गरेको र अन्य बिगोमा दावी गरेअनुसार सम्पत्ति समेत बढेबढाएको तथा आफ्नो सम्पत्ति विवरणमा समेत उल्लेख गरेको देखिएकोले प्रतिवादीले गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी कसुर मुद्दामा केवल कसुरबाट प्राप्त रकमबाट बढेबढाएको सम्पत्ति मात्र रुपान्तरण, हस्तान्तरण, स्रोत, स्वरुप र स्वामित्व परिवर्तन गर्ने नभई समुच्चा सम्पत्ति नै लुकाउने, छल्ने, रुपान्तरण, हस्तान्तरण, स्रोत, स्वरुप र स्वामित्व परिवर्तन गर्ने लगायतका निषेधित कार्यहरु गरी गराई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क)(ख)(ग) ले निषेधित कार्यहरु गरी गराई गैरकानुनी आर्जनको समुच्चा रकमकै शुद्धीकरण गरेको तथ्य पुष्टि हुन आएकाले निज प्रतिवादी रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीलाई कुल बिगो रु.४,४८,७९,८४१। ९८ (चार करोड अङ्चालीस लाख उनासी हजार आठ सय एकचालीस रुपैयाँ अन्ठानब्बे पैसा) कायम गरी सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कैद सजाय गरी पाउनका साथै, सोही ऐनको दफा २८(२) र दफा ३४ को उपदफा (१) बमोजिम जग्गाहरूसमेत जफत गरी पाउन र दफा ३० को उपदफा (७) बमोजिम उल्लिखित सजायमा थप दश प्रतिशत सजायसमेत हुन मागदाबी लिइएको छ। प्रतिवादी रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीकी श्रीमती माला कुमारी महतोको हकमा प्रतिवादी रामबाबु महतो कोइरीले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार समेतको सम्बद्ध कसुर (Predicate Offence) गरी आर्जन गरेको अवैध सम्पत्तिबाट घर जग्गा लगायतको कारोबारमा प्रतिवादी माला कुमारी महतोको नामबाट सम्पत्तिको कारोवार एवं लगानी गरेको देखिँदा प्रतिवादी माला कुमारी महतोले आफ्नो पतिले भ्रष्टाचारको कसुरबाट प्राप्त गरेको एवं सो कसुरबाट आय आर्जन भएको सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै त्यस्तो सम्पत्तिको उत्पत्तिको वास्तविक स्रोत लुकाउने, छल्ने, कसुरबाट प्राप्त सम्पत्तिको रुपान्तरण गर्ने वा रुप परिवर्तन गर्ने समेतका सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ मा निषेधित एवं सोही दफा ३ को उपदफा (१) को देहाय खण्ड (क), (ख), (ग) मा परिभाषित कसुरजन्य कार्यहरु गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको पुष्टि भएको देखिन्छ। यसर्थ प्रतिवादी माला कुमारी महतोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा इई मा निषेधित एवं सोही दफा ३ को उपदफा (१) को खण्ड (क) (ख)र (ग) मा परिभाषित कसुर गरेको पुष्टि भएको हुँदा प्रतिवादी माला कुमारी महतोलाई बिगो रु.४,४८,७९,८४१ । ९८ (चार करोड अड्चालीस लाख उनासी हजार आठ सय एकचालीस रुपैयाँ अन्ठानब्बे पैसा) कायम गरी सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कैद सजाय गरी पाउनका साथै, सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम जग्गाहरू समेत जफत गरी पाउन मागदाबी लिइएको छ। माला कुमारी महतोकी सहोदर बहिनी रीना कुशवाहा र निजको श्रीमान कृष्ण प्रसाद मेहताको हकमा मुख्य कसुरदार रामबाबु महतो भन्ने रामबाबु महतो कोइरी र निजकी श्रीमती माला कुमारी महतोले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिबाट जग्गा खरिदमा लगानी गरेको र उक्त सम्पत्ति रुपान्तरण, हस्तान्तरण गर्ने, त्यस्तो सम्पत्ति उपरको अधिकार लुकाउने, छल्ने, बदल्ने, प्राप्त गर्ने, प्रयोग गर्ने, धारण गर्ने एवं गैरकानुनी आर्जनको सम्पत्तिको स्रोत बदल्ने र शुद्धीकरण गर्ने कार्य कसुरमा मद्दत, दुरुत्साहन, सहजीकरण, मतसल्लाह, सम्वद्धता एवं सहभागिता जनाई मतियारको कार्यकसुर गरेकोले निज प्रतिवादीहरुको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (२) र (३) बमोजिमको कसुर गरे भएको पुष्टि भएको हुँदा सोही ऐनको दफा ३० को उपदफा (२) बमोजिम मुख्य कसुरदार रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीलाई हुने सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने

Like

0

Views

0

Comments

0

Share

0

Save

Report