Notice Park
Gaurishankar Rural Municipality
Guidelines

कृषि तथा पशुजन्य वस्तुको उत्पादनमा आधारित अनुदान सम्बन्धी कार्यविधि, २०८३

Summary

गौरीशंकर गाउँपालिकाको गाउँ कार्यपालिकाद्वारा तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। a seth सम्वत्‌ २०८३ सालको कार्यविधि सङ्ख्या-रे कृषि तथा पशुजन्य वस्तुको उत्पादनमा आधारित अनुदान सम्बन्धी कार्यविधि- २०८३ परिच्छेद १ प्रारम्भिक १. प्रारम्भः - . ; गौरीशंकर…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaurishankar Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र गौरीशंकर गाउँपालिका द्वारा प्रकाशित = _| खण्ड-९ सङ्ख्या-२५ मितिः २०८३/०५/२५ Le a TE ae सुन एक RN 1] गौरीशंकर गाउँपालिका गौरीशंकर गाउँपालिकाको गाउँ कार्यपालिकाद्वारा तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। a seth सम्वत्‌ २०८३ सालको कार्यविधि सङ्ख्या-रे कृषि तथा पशुजन्य वस्तुको उत्पादनमा आधारित अनुदान सम्बन्धी कार्यविधि- २०८३ परिच्छेद १ प्रारम्भिक १. प्रारम्भः - . ; गौरीशंकर गाउँपालिका कृषि तथा पशुपन्छीपालन क्षेत्रमा प्रशस्त सम्भावना बोकेको गाउँपालिका हो | यहाँका अधिकांश मानिसहरुले मुख्य पेशाको रुपमा कृषि तथा पशुपालन पेशालाई अवलम्बन गरेका छन्‌ | यसरी यस पालिकाका कृषकहरुलाई व्यावसायीक र प्रतिस्पर्धी बनाई उनीहरुको आयआर्जन वृद्धि गरि स्वावलम्बी बनाउन अत्यावश्यक भएकाले यो कार्यविधि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ र गौरीशंकर गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरि गौरीशंकर गाउँ कार्यपालिकाले देहायको कार्यविधि जारी गरेको छ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमाः क) “गाउँपालिका” भन्नाले गौरीशंकर गाउँपालिका सम्झनु पर्दछ। ख) “अध्यक्ष” भन्नाले गौरीशंकर गाउँपालिकाको अध्यक्षे सम्झनु पर्दछ | ग) “उपाध्यक्ष” भन्नाले गौरीशंकर गाउँपलिकाको उपाध्यक्ष सम्झनु पर्दछ | घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले गौरीशंकर गाउँपलिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्दछ। ङ) “वडा” भन्नाले गौरीशंकर गाउँपालिकाको सम्पूर्ण वडाहरु सम्झनु पर्दछ | ु च) “सहकारी” भन्नाले कृषि तथा पशुजन्य वस्तु उत्पादनमा संलग्न गौरीशंकर गाउँपालिको भित्रका सहकारीहरू लाई जनाउने छ। , / छ) “तरकारी” भन्नाले काउली, बन्दा, बोडी, fer, am, गौँलभेंडा, आलु, लौका, चिचिण्डा, घिरौँला, करेला, भन्टा, चिप्लेभेडी, फर्सी, काँक्रा, स्कुस, परबल, पिँडालु, भडे खुर्सानी, लगायतका तरकारीको रुपमा प्रयोग हुने वस्तुलाई जनाउछ | ज) “फलफूल” भन्नाले कागती, सुन्तलाजात, अम्बा, आँप, लिची, किवी, लगायतका फलफूलको रुपमा प्रयोग हुने वस्तुलाई जनाउँछ । झ) “मसलाजन्य वस्तु” भन्नाले लसुन, प्याज, धनियाँ, खुर्सानी, अदुवा, हलेदो, टिमुर लगायतका मसलाको रुपमा प्रयोग हुने वस्तुलाई जनाउँछ | ज) “अन्य बाली” भन्नाले चिया, कफी, अलैंची लगायतका बालीलाई सम्झनु पर्दछ । ट) “पशुजन्य उत्पादन” भन्नाले पशुपन्छीबाट उत्पादन हुने अन्डा, मासु, दुध तथा दुधजन्य उत्पादनलाई सम्झनु पर्दछ। ठ) “वनजन्य उत्पादन” भन्नाले बाँस, निगालोबाट बनेको हस्ताकलाका सामाग्रीलाई सम्झनु पर्दछ। ड) “समूह” भन्नाले कृषि तथा पशुजन्य वस्तु उत्पादनमा: संलग्न गौरीशंकर गाउँपालिका भित्रका कृषक समूहहरुलाई जनाउने छ। : ढ) “ब्यापारी” भन्नाले गौरीशंकर गाउँपालिकामा व्यवसाय दर्ता गरि पान नं. लिएको गौरीशंकर गाउँपालिका भित्र उत्पादित कृषि तथा पशुजन्य सामाग्रीलाई व्यापार गर्न सहयोग पुर्याउने व्यवसायीलाई जनाउने छ । ण) “निजि फर्म” भन्नाले कृषि तथा पशुजन्य वस्तु उत्पादनमा संलग्न गौरीशंकर गाउँपालिका भित्रका कृषि फर्महरु लाई जनाउनेछ | : त) “उत्पादनमा आधारित अनुदान” भन्नाले कृषकले वास्तविक रूपमा उत्पादन तथा बिक्री गरेको परिमाणका आधारमा निश्चित दरमा उपलब्ध गराइने प्रोत्साहन रकम सम्झनु पर्दछ | १ a) “उत्पादन अभिलेख” भन्नाले कृषकले गरेको उत्पादन, बिक्री तथा आम्दानी सम्बन्धी प्रमाणित विवरण सम्झनु पर्दछ। d द) “समिति” भन्नाले यस कार्यविधि अनुसार उत्पादन प्रमाणीकरण तथा अनुदान सिफारिस गर्न गठित समिति सम्झनु पर्दछ। _ परिच्छेद-२ दृष्टिकोण तथा उद्देश्यहरु कृषि तथा पशुपन्छीजन्य वस्तुको उत्पादनमा वृद्धि, कृषकको आयआर्जन तथा रोजगारी प्रवर्द्धन गर्दै वास्तविक उत्पादनका आधारमा परिणाममुखी, पारदर्शी र न्यायोचित अनुदान वितरण गर्ने । स्थानीय उत्पादनको व्यावसायिकीकरण, बजारीकरण र आत्मनिर्भरता बढाई कृषि तथा पशुपन्छी क्षेत्रलाई दिगो र उत्पादनमुखी बनाउने | ४. उद्देश्यहरु: यस कार्यविधीका उद्देश्यहरु देहाय बमोजिम रहेका छन्‌: - १. कृषि तथा पशुजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु | २. वास्तविक उत्पादन गर्ने कृषकलाई उत्पादनमा आधारित अनुदान उपलब्धे गराउनु | a र)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report